विराटनगर - वीपी कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले सुरु गर्न लागेको ‘वीपी विचार यात्रा’ विराटनगरबाट आज सुरु हुँदैछ। जुट मिलको हड्ताली हाटमा काँग्रेसले आयोजना गरेको सभामा कार्यवाहक सभापति रामचन्द्र पौडेलले वीपी विचार यात्राको शुभारम्भ गर्दैछन्।
विराटनगरमा वीपीलाई पक्राउ गरेर धनकुटा, भोजपुर हुँदै काठमाडौं लगिएको बाटोमा वीपी विचार यात्रा गरिनेछ। काँग्रेसका कार्यवाहक सभापति पौडेलले वीपी विचार यात्रा प्रारम्भ हुनुअघि जुट मिल एरियामा एकसय बृक्षारोपण समेत गरिने जानकारी दिए। ‘वीपीको विचारलाई फेरी देशव्यापी बनाउन विचार यात्राको थालनी गरिएको हो,’ मंगलबार विहान गुराँस पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘विचार यात्राले काँग्रेसलाई उर्जाशील बनाउनेछ।’
पौडेलले बामपन्थीहरु देशभर भ्रम छरिरहेको बेला काँग्रेसको विचार यात्राले त्यो भ्रमलाई समेत निवारण गर्ने दाबी गरे। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले वीपीको विचारलाई कम्युनिष्टहरुले आफू अनुकुल ब्याख्या गरिरहेकोमा आपत्ती जनाए।
वीपी विचार यात्रा प्रारम्भस्थललाई आकर्षक तरिकाले सजाइएको मोरङ काँग्रेसका सभापति अमृत अर्यालले जानकारी दिए। उनले भब्य समारोहका बीच वीपी विचार यात्राका सहभागीलाई विराटनगरबाट बिदाइ गरिने बताए।