विराटनगर- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको कामबाट पार्टी सन्तुष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले नियमित रूपमा कार्य गरिरहेको र चाँडै २६ सभासद्को मनोनीत र राजदूतको नियुक्ति हुने जानकारी गराए।
अब बन्ने संविधान समावेशी एवम् लोकतान्त्रिक हुने उल्लेख गर्दै उपसभापति पौडेलले नयाँ संविधानमा सातदेखि आठ प्रदेश निर्माण गर्न पार्टीले सुझाव दिएको बताए।
उनले भावनामा बगेर प्रदेशको निर्माण गर्नु नहुने स्पष्ट पार्दै जनताका सुविधा, क्षमता तथा विकासको सहजतालाई बुझेर प्रदेश निर्माण गर्नुपर्ने आवश्यकता औल्याए।
राष्ट्रपतिको अनुमोदनको सम्बन्धमा उनले राष्ट्रपतिले संसद्मा सम्बोधन गरिसक्नु भएकाले यो आफैँमा एक किसिमको अनुमोदन भएको प्रस्ट र अब यो विषयमा विवाद उठाउनुको कुनै अर्थ नरहेको बताए।
उनले सरकारद्वारा सार्वजनिक गरिएको यस आर्थिक वर्षका बजेट समावेशी रहेको र किसानको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथ कृषिमा ६ प्रतिशतभन्दा बढी ब्याज नलिने निर्णयले किसान उत्साहित भएको छ भने।
नेता पौडेलले तोकिएको समयमा संविधान निर्माणका लागि विभिन्न राजनीतिक पार्टीभित्र आन्तरिक छलफल गरी सहमतिको बिन्दु पत्तो लगाई निर्धारित कार्यतालिकाभित्र बसेर संविधान निर्माणको काम भइरहेको उल्लेख गरे।
नेकपा (एमाले)ले ७० वर्ष लागेको नेतालाई केन्द्रीय समितिबाट अवकाश दिने निर्णयको सन्दर्भमा उनले भने, “मान्छे विचारले बुढो हुन्छ, उमेरले होइन, बुढो मान्छेको ताजा विचार छ भने युवा नै ठान्नु पर्दछ।”