काठमाडौं - इजरेलले प्यालेस्टेनी गाँजा क्षेत्रमा आक्रमण गरेको भन्दै नेपालका लेखक, कवि र कलाकारहरुले विरोध कार्यक्रम आयोजना गरेका छन्। अनामनगरमा बिहीबार बिहान भेला भएर उनीहरुले इजरेली कदमको आलोचना गरेका हुन्।उनीहरुले इजरेली हमला अमानवीय र क्रुरतापूर्ण भएकोसमेत दावी गर्दै हस्ताक्षर संकलनसमेत गरेका छन्।
लेखक खगेन्द्र संग्रौला, कवि श्रवण मुकारुङ, नाट्यकर्मी सुनील पोखरेल, लेखक नारायण ढकाल, श्यामल, नरेन्द्रजंग पिटरलगायतका लेखक कलाकार विरोध कार्यक्रममा उपस्थित थिए।
कार्यक्रममा प्यालेस्टेनी कवि मोहम्मद दार्वसको 'परिचयपत्र' भन्ने कविता संगीत स्रोताले बाचन गरेर सुनाएका थिए।