काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।नेपाल निवास कोटेश्वरमा बिहीबार विहान भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)ले भर्खरै सम्पन्न गरेको महाधिवेशन तथा नेपाल चीन सम्बन्धमा विविध विषयमा कुराकानी भएको छ ।
चिनियाँ राजदूतले नवौँ महाधिवेशन सम्पन्न गरेकोमा पूर्वप्रधानमन्त्री नेपाललाई बधाई दिएका थिए भने नेपालले महाधिवेशन सफल बनाउन प्राप्त चिनियाँ सद्भाव प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
नेपाल र चीनबीच रहिआएको गहिरो सम्बन्धलाई थप मजबूत बनाउन नयाँ नेतृत्वसँग सहकार्य गर्न चीन तयार रहेको कुरा समेत चिनियाँ राजदूत बताएका छन् । सो भेटमा पूर्व प्रधानमन्त्री नेपालले राजनीतिक क्रान्तिको एउटा चरण सम्पन्न भएको र अबको प्रमुख कार्यभार आर्थिक क्रान्ति रहेको विषय सहितको राजनीतिक दस्ताबेज महाधिवेशनबाट एकमना एकताका साथ पारित भएको जानकारी गराएको थिए । 'आर्थिक क्रान्ति र जनताको सम्बृद्धितर्फ केन्द्रित रहने जानकारी गराउनु भएको थियो,' नेपालका स्वकीय सचिव मोहन गौतमले भने, 'चिनियाँ राजदूतले उक्त प्रस्ताव पारित गरेकोमा बधाई ज्ञापन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न चीन सदा तत्पर रहेको जानकारी गराउनुभयो।'