नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता
०८ साउन २०७१
•
१३ मिनेट पाठ
नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता
काठमाडौं- काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेको कालापानी र सुस्ता सीमा विवादलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने भएको छ।

'बैठकमा हामी कालापानी र सुस्ताको सीमा विवाद उठाउँछौं, कालापानी साँध हो भन्नेमा नेपाल र भारत दुवै सहमत छन्। तर, कहाँनेर हो भन्नेमा विवाद छ। नापी भइसेकेको ठाउँमा पिल्लर गाडी सीमा छुट्याउने प्रस्ताव राख्छौं,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नागरिकसँग भने, 'सुस्तामा पनि नदी कटानले बिगारेको छ। कहाँनेर सीमा पिल्लर राख्ने भन्ने विवाद त्यहाँ पनि छ। यसको समाधान खोज्ने प्रयास गर्छौं।'

२३ वर्षपछि हुन लागेको तीनदिने आयोगको बैठकमा छलफल गर्न कालापानी र सुस्ता विवादलगायत समेटेर पाँचवटा विषयगत क्षेत्र निर्धारण गरिएको छ। परराष्ट्रमन्त्री पाण्डेका अनुसार नेपाल र भारत दुवैले आ–आफ्ना एजेन्डालाई यिनै पाँच क्षेत्रभित्र समावेश गरी छलफलबाट सहमति निकाल्ने छन्।

दुवै देशले आफ्ना एजेन्डा समावेश गर्न सहमतिमा तय गरेको पाँचवटा विषयगत क्षेत्रमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा र मिडिया छन्।

सन् १९८७ मा गठनसँगै आयोगलाई राजनीतिक, आर्थिक, सुरक्षालगायत सम्पूर्ण द्विपक्षीय विषयमा छलफल गर्नसक्ने कार्यादेश दिइएकोे छ। यसैअनुरुप बैठकमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न मुद्दा समेटिएको हो। बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव नेपालले लाने परराष्ट्रमन्त्री पाण्डेले जनाए। आपसी सहमतिमा सन्धिमा भएका बुँदा संशोधन गरिने उनले जनाए।

'राजनीतिक, सुरक्षा, सिमाना तथा सिमाना व्यवस्थापन क्षेत्रअन्तर्गत सन् १९५० को सन्धि, सुस्ता र कालापानीको सीमा विवाद, सुपर्दगी सन्धि, पारस्परिक कानुनी सहायता सम्झौतालगायत मुद्दा उठाउँछौं,' परराष्ट्रमन्त्री पाण्डेले भने, 'यी मुद्दा उठाए पनि बैठकबाटै सम्पूर्ण समाधान निस्कन्छ भन्नेमा म छैन। तर, बैठकले छिटोभन्दा छिटो यस्ता विवादास्पद मुद्दा किनारा लगाउन साझा टिम बनाएर काम गर्ने एउटा वातावरण बन्छ भन्ने मेरो विश्वास छ।'

नक्कली भारतीय रुपैयाँ कारोबार, सीमा सुरक्षा, सिमानामा हुने धार्मिक अतिवादी समूहको गतिविधि, सीमा सुरक्षा संयन्त्र, लागुपदार्थ कारोबार, मानव तस्करीलगायत मुद्दा पनि बैठकमा उठ्नेछन्। 'भोलि (शुक्रबार) नेपाल–भारत संयुक्त आयोगको तयारी बैठक सुरु हुन्छ। बैठकमा दुवै देशका उच्चपदस्थ अधिकारी तथा क्षेत्रगत विज्ञ सहभागी हुनेछन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बैठकका बारेमा जानकारी दिए, 'पाँचवटा क्षेत्रगत समूहले छलफलपश्चात एजेन्डालाई अन्तिम रुप दिने छन्। सहमति भएका एजेन्डा शनिबार दुई देशको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा पेस गरिनेछ।'

तयारी बैठक काठमाडौंको होटल याक एन्ड यतिमा शुक्रबार बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ। नेपाल–भारत बहुआयमिक सम्बन्ध भएका कारण बैठकमा दर्जनौं एजेन्डा पेस हुनेछन्। उच्चपदस्थ अधिकारी तथा विज्ञको बैठकले तीमध्येबाट दुवै देशको हितमा हुने मुद्दालाई अघि बढाउने छन्।

ऊर्जा तथा जलस्रोतका क्षेत्रमा नेपालले गण्डक विद्युतगृह, कुशहा–कटैया विद्युत प्रसारण लाइन, रक्सौल–परवानीपुर विद्युत प्रसारण लाइन, विद्युत व्यापार सम्झौता, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई विशेष एजेन्डाको रुपमा पेस गर्ने जनाइएको छ। यस्तै, पुराना थाती रहेका सीमाक्षेत्र डुबान समस्या, कपिलवस्तुको मौलीसागर बाँध र लक्ष्मणपुर बाँध, मेची, कोसी, कन्काई, कमला, पश्चिम राप्ती तटबन्धलगायत मुद्दा पनि नेपालको प्राथमिकतामा परेका छन्।

स्रोतका अनुसार नेपालले गण्डक विद्युतगृह पुनर्स्थापना प्रस्ताव बैठकमा गर्नेछ। १५ मेगावाट क्षमताको उक्त प्रोजेक्टका तीनमध्ये हाल पानीको मात्रा कम हुँदा एउटामात्र टर्बाइन सञ्चालनमा छ। भारतले आवश्यक पानी नछोड्दा हिउँदमा दुई मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ।

नेपालले सुनसरीमा भारतबाट विद्युत ल्याउन कुसहा–कटैया १५ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण गर्न पनि भारतलाई आग्रह गर्नेछ। यो रुटमा अहिले एउटा प्रसारण लाइन सञ्चालनमा भए पनि नेपालले थप १ सय ३२ केभी क्षमताको अर्को प्रसारण लाइन निर्माणको लागि आग्रह गर्न लागेको हो। अहिले भएको लाइनबाट ७० देखि ८० मेघावाटसम्म विद्युत भारतबाट नेपाल निर्यात हुने गर्छ। यस्तै, रक्सौल–परवानीपुर १ सय ३२ केभीको नयाँ विद्युत प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव पनि नेपालले बैठकमा लग्नेछ।

बैठकमा लैजानुअघि नै विवादमा तानिएको नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) मुद्दामा पनि बैठकमा छलफल हुने जनाइएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पूर्व सहमतिअनुसार कार्यान्वयन गर्न पनि नेपाली पक्षले भारतलाई आग्रह गर्नेछ। ६ हजार ४ सय मेगावाट क्षमताको उक्त आयोजना कार्यान्वयनमा आए त्यसबाट उत्पादन हुने विद्युत दुवै देशले आधा–आधा बाँड्ने सहमति पहिल्यै भइसकेको छ। तर, पानी कति नेपालले र कति भारतले लैजाने भन्ने कुरा मिल्न नसक्दा सहमति भएको लामो समय पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

परराष्ट्रमन्त्री पाण्डेका अनुसार आर्थिक सहयोग तथा पूर्वाधार क्षेत्रअन्तर्गत नेपालले हुलाकी राजमार्ग र फास्ट ट्र्याक योजना पेस गर्नेछ। बैठकमा भारतलाई यी योजनामा आर्थिक सहयोग गर्न आग्रह गरिने छ। व्यापार तथा पारवहनअन्तर्गत भारत निर्यात हुने सामग्रीमा लाग्दै आएको कर घटाउन र पेट्रोलियम पदार्थ सहज र सरल रुपमा पठाउन सहयोग गरिदिन आग्रह गरिने छ। 'नेपाली सामानमा लाग्दै आएको कर घटाउन हामी आग्रह गर्छौं। यसले भारतसँगको व्यापार घाटा कम गर्ने छ,' उनले भने।

यस्तै, संस्कृति, शिक्षा र मिडिया क्षेत्रअर्न्तगत नेपालमा टेक्निकल इन्स्टीच्युट निर्माण गर्न भारत समक्ष प्रस्ताव लगिने छ। त्यतिमात्र होइन त्रिभुवन विश्वविद्यालय र भारतका विश्वविद्यालयबीच विद्यार्थी आदान–प्रदान गर्ने कार्यक्रम पनि नेपालले उठाउने जनाइएको छ। नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कोटा वृद्धि गर्न पनि बैठकमा भारतलाई आग्रह गरिने परराष्ट्रमन्त्री पाण्डेले जनाए।

नेपाल–भारत संयुक्त आयोगको पहिलो बैठक सन् १९८८ मा नेपालमा र दोस्रो बैठक १९९१ मा भारतमा भएको थियो। बर्सैपिच्छे आलोपालो बैठकको आयोजना गर्ने सहमति गठनका बेला भए पनि त्यसपछि यसको बैठक बस्न सकेको थिएन। यसैबीच शुक्रबारबाट आयोगको तेस्रो बैठक काठमाडौंमा सुरु हुन लागेको हो।
स्वराज विशेष विमानमा आउने
भारतीय विदेशमन्त्री सुषमा स्वराज शनिबारबाट सुरु हुने परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विशेष विमानमा शुक्रबार साँझ ६ बजे काठमाडौं आउँदै छिन्। उनको साथका विदेश सचिव सुजाता सिंह, विदेश मन्त्रालयका आर्थिक सम्बन्ध हेर्ने सचिव सुजाता मेहतालगायत उच्चपदस्थ अधिकारी रहनेछन्। भारतीय प्रतिनिधि मण्डलमा नेपालका लागि भारतीय राजदूत रणजीय रे पनि सहभागी हुनेछन्।

शनिबार बिहान बैठकको सुरुमा सहभागी भएपछि उनले केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछिन्। शनिबार उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष तथा व्यवस्थापिका संसदका सभामुख सुवासचन्द्र नेम्वाङ, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रमुख दलका शीर्ष नेतासँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजनीतिक भेटघाट सकेपछि उनी पुनः संयुक्त आयोगको बैठकमा सहभागी हुनेछिन्। शनिबार साँझ परराष्ट्रमन्त्री महेन्द्रबहादु पाण्डेले समकक्षी स्वराजको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्। त्यहाँ उनले नेपालका पूर्व परराष्ट्रमन्त्रीलगायत विभिन्न दलका नेतासँग पनि कुराकानी गर्नेछिन्। नेपाल–भारत संयुक्त आयोगको बैठक समापन पश्चात संयुक्त प्रेस विज्ञप्ति जारी गरिने छ। आइतबार बिहान पशुपतिनाथको दर्शन गरी स्वराज स्वदेश फर्किने कार्यक्रम छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस