काठमाडौं– सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
साउन ६ गते सिंगापुर गएका उनी भोलिपल्टै अस्पताल भर्ना भएका थिए। फंगल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन ओली सो अस्पताल भर्ना भएका थिए। चेकअप सकिएको र रिपोर्ट पनि सामान्य आएकाले आज डिस्चार्ज भएको ओलीका सहयोगी इन्द्र भण्डारीले जनाए।
उनका अनुसार केही दिन सिंगापुरमा आराम गरी अध्यक्ष ओली सम्भवतः आउँदो मंगलबार स्वदेश फर्कनेछन्। रासस