काठमाडौं - नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराज र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भएको छ।शान्ति प्रकृया, जलविद्युत आयोजना र संविधान निर्माणको विषयमा दुई नेताबीच छलफल भएको एमाओवादी सचिव गिरिराजमणि पोखरेलले जानकारी दिए।
संविधानसभा भवन नयाँ वानेश्वरमा माओवादी नेता र स्वराजबीच ३० मिनेट कुराकानी भएको थियो। भेटमा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले नयाँ सरकार आएसँगै नेपाल - भारतबीच नयाँ शिराबाट सम्वन्ध विस्तार हुनुपर्ने धारणा राखेका थिए। उनले शान्ति प्रकृयाको काम पूरा भएको र परिवर्तनगामी संविधान लेखनका लागि आफूहरु सक्रिय रहेको दाहालले बताएका थिए।
उनले ठूला जलविद्युत आयोजनाहरुमा भारतीय सहयोग हुनुपर्नेमा जोड दिए। त्यस्तै हुलाकी राजमार्ग र संविधान निर्माणमा पनि भारतीय सहयोग आवश्यक रहेको बताएको पोखरेलले जानकारी दिए।
स्वराजले भने दाहालको सुझावलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राख्ने बताएकी थिइन्। स्वराजले नेपालमा उत्पादन हुने विद्युत नेपालमै प्रयोग गरी बाँकी भारतमा बिक्री गर्नुपर्ने बताएकी थिइन्। भेटमा एमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा र पोखरेल सहभागी थिए।