काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा दीपक बोहरालाई चयन गरेको छ। संविधान सभा निर्वाचन भएको ८ महिनापछि संसदीय दलको नेता चयन भएका हुन्।
उप नेतामा विक्रम पाण्डे चयन भएका छन्। बोहरा र पाण्डे दुबैले संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका थिए। तीन जना प्रत्यक्ष निर्वाचित भएकामध्ये दुई जना संसदीय दलको नेतृत्त्वमा छन् भने तेस्रो जित हासिल गर्ने सुनील थापा मन्त्री छन्।
राप्रपा नेता किरण गिरीले दिएको जानकारीअनुसार परशुराम तामाङ पार्टीको प्रमुख सचेतक बनाइएका छन्। संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसद छन्।