काठमाडौं-प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा उपचार गराएर फर्किएपछि बस्ने मन्त्रिपरिषद पहिलो बैठकले बढुवा विवाद सुल्झाउने आसले ढुक्क डिआइजीहरू शुक्रबार निराश बन्न पुगे।प्रधानमन्त्री फर्किएपछि शुक्रबार मन्त्रिपरिषद बस्यो, नेपाल–भारत संयुक्त आयोग बैठकमा एजेन्डा निर्धारणसहित थुप्रै महŒवपूर्ण निर्णय भए, तर डिआइजी बढुवा विषयले बैठकमा प्रवेशै पाएन।
नेपाल प्रहरीमा आठ महिनादेखि सात एआइजी दरबन्दी रिक्त छ। बढुवा सिफारिस समितिले बढुवाका लागि तीन महिनाअघि नै सिफारिस सूची सार्वजनिक गरेको थियो। सूचीमा चित्त नबुझेका केही अधिकारी बढुवा सिफारिस पुनरावलोकन समिति गए। उक्त समितिले पहिलो सूची संशोधन गरेपछि विवाद चुलिँदै गयो। राजनीतिक पक्षहरु त्यसैमा खेल्न थाले। निर्णय प्रक्रिया झन्झन् पेचिलो बन्दै गयो।
सूचीमा परेका आकांक्षीहरूलाई सरकारका उच्च तहका अधिकारीले प्रधानमन्त्री कोइराला स्वदेश फर्किएलगत्तै विवाद टुंगिने आश्वासन दिएका थिए। बढुवा समितिको सिफारिसमा परेका राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद तथा पुनरावलोकन समितिको संशोधनमा थपिएका गणेश राई र नारायण बस्ताकोटीको पर्खाइ शुक्रबार पनि टुंगिएन।
गृहस्रोतका अनुसार डिआइजी बढुवाको प्रस्ताव मन्त्रिपरिषद पठाउन मन्त्रालयले गृहकार्य टुंग्याइसकेको छ। बढुवा सिफारिस समितिकै सिफारिसलाई गृहले सदर गरेको स्रोतको दाबी छ। कोइराला स्वदेश फर्कनुअगाडि नै मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव टेबल गर्ने प्रयाससमेत भएको थियो। गृहको प्रस्ताव पुनरावलोकन समितिको संशोधनविपरीत रहेको सुइँको पाएपछि पुनरावलोकन समितिमा सदस्य रहेका मुख्य सचिव लीलामणि पौडेल झस्किएको स्रोत बताउँछ।
गृहमन्त्री गौतम अब पौडेलको असहयोग रहे पनि मन्त्रिपरिषदमा ठाडो बढुवा प्रस्ताव लैजाने तयारीमा रहेको उच्चस्रोतको दाबी छ। त्यसका लागि उनले कांग्रेसका तर्फबाट सरकारमा संलग्न प्रभावशाली मन्त्रीहरुसँग आन्तरिक छलफल गरिसकेका छन्। कानुनमन्त्री नरहरि आचार्यबाहेक अन्यले सुरुकै सूचीमा निर्णय गर्न असहमति नराखेको स्रोतले बतायो। कांग्रेसका मन्त्रीबाट ‘ग्रिन सिग्नल' पाए पनि प्रधानमन्त्री कोइरालाको सहमति अनिवार्य रहेकाले गौतमले कोइरालालाई कुरेका थिए। कोइराला मंगलबार स्वदेश फर्किए पनि केही दिन आराममा रहँदा गौतमले प्रधानमन्त्रीसँग बढुवाबारे परामर्श गर्न पाएनन्। त्यसैले शुक्रबारको मन्त्रिपरिषदमा प्रस्ताव जान नसकेको गृह उच्चस्रोतको भनाइ छ। स्रोतका अनुसार अब भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि मात्रै बढुवा प्रस्ताव अगाडि बढाउने गृहको तयारी छ।
कहाँ पर्योक गाँठो?
पुनरावलोकन समितिको सिफारिसअनुसार प्रक्रिया अगाडि बढाउने कि बढुवा सिफारिस समितिको सिफारिसलाई आधार मान्ने? डिआइजी बढुवा निर्णयमा कस्सिएको गाँठो यही हो। बढुवा रोक्न पुनरावेदन अदालत पुगेको विवादमा ‘प्रक्रिया जारी राख्न' आदेश आएपछि अल्पकालीन निकास पाएको थियो। तर, सिफारिस समितिले उजुरी छानबिनका क्रममा नम्बरको औचित्य पुष्टि नभएको भन्दै नामसँगै नम्बरसमेत संशोधन गरेपछि विवाद चर्कियो।
प्रहरी नियमावलीले उम्मेदवारको कार्यक्षमता, वरिष्ठता, दक्षता, शैक्षिक योग्यता, पुरस्कारलगायतको ८७.५ नम्बर पाउँछन्। १ सय पूर्णांकमा बाँकी १२.५ मध्ये ५ नम्बर जोखिमपूर्ण काम गरेको आधारमा प्रहरी महानिरीक्षकले दिन पाउँछन् भने ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिका संयोजक गृहसचिव, सदस्य मन्त्रिपरिषदका सचिव र सदस्यसचिव प्रहरी महानिरीक्षकलाई हुन्छ।
प्रहरी नियमावली २०७१ ले बढुवा सिफारिसविरुद्ध उजुरी परे सिफारिस समितिको मूल्यांकनका आधार पुनरावलोकन गर्ने अधिकार पुनरावलोकन समितिलाई हुन्छ। समितिको प्रमुखमा लोकसेवा आयोगका अध्यक्ष र सदस्यमा मुख्यसचिव तथा कानुन सचिव रहन्छन्। नियमावलीमा बढुवा समितिले दिएको नम्बरको औचित्य हेर्नसक्ने अधिकारसमेत तोके पनि औचित्यको आधार र प्रक्रियामा मौन छ।
औचित्यको अर्थ नम्बर नै हेरफेर गर्ने हो वा कार्यक्षमता र बढुवा समितिको नम्बरबीच तालमेल नदेखिए सच्याउन निर्देशन दिनेे हो भन्नेमा नियमावली प्रष्ट नहुँदा दुबै समितिका अधिकारीले आ–आफ्नै कोणले ब्याख्या गर्दै आएका छन्।
पुनरावलोकन समितिका अधिकारीले नम्बरको औचित्य हेर्ने अधिकार तोकेकाले औचित्य पुष्टि नभए हेरफेर गर्नसक्ने अधिकार पुनरावलोकन समितिलाई भएको तर्क गर्दै आएका छन्। पुनरावलोकन समितिकी संयोजक कयोदेवी यमीले कार्यक्षमताअनुसार पाएको नम्बर र बढुवा समितिले दिएको नम्बरबीच तालमेल नमिलेकाले सच्याएको नागरिकसँग बताएकी थिइन्। नम्बर हेरफेर गर्ने क्षेत्राधिकार पुनरावलोकन समितिमा नरहेको पनि स्वीकार गर्दै उनले बढुवा समितिले अन्याय गरेकाले संशोधनका लागि बाध्य भएको बताइन्।
बढुवा सिफारिस समितिका अधिकारीले भने नियमावलीले नम्बर दिने अधिकार प्रष्ट रुपमा बढुवा समितिलाई तोकेकाले सो अधिकार पुनरावलोकन समितिलाई नभएको तर्क गर्दै आएका छन्। पुनरावलोकन समितिको पत्र आएलगत्तै बढुवा समितिको बैठक बसेर सोही आधारमा टेक्दै प्रहरीसम्बन्धी नियमावली २०७१ ले बढुवाका आकांक्षीले पाउने ७.५ अंक दिने अधिकार सिफारिस समितलाई तोकेकोमा पुनरावलोकन समितिले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको निर्णय गरिसकेको छ।
सिफारिस समितिका संयोजक सूर्य सिलवालले बिबिसी नेपाली सेवासँगको कुराकानीमा बढुवा समितिको अधिकारभित्र प्रवेश गरेर पुनरावलोकन समितिले नाम संशोधन गरेको भन्दै असहमति जनाएका थिए।
अदालतको बाटो खुला
यसअगाडि सर्वोच्च अदालतमा परेको बढुवासम्बन्धी रिटबारे अदालतले बढुवा समितिले दिने नम्बर स्वविवेकको भएकाले त्यसको परीक्षण तथा संशोधन हुन नसक्ने ठहर गरिसकेको छ। तर, नजिर नेपाल प्रहरीसम्बन्धी नियमावली २०४९ अनुसार भएको बढुवा निर्णयका आधारमा बोलेको थियो। सो नियमावलीमा डिआइजी बढुवा अधिकार सरकारको तजबिजमा थियो। भएका डिआइजीमध्ये कार्यक्षमता, वरिष्ठता र नेतृत्व क्षमताका आधारमा सरकारले डिआइजीमध्येबाट छानेर एआइजी बनाउँदै आएको थियो।
सो नियमावली खारेज गर्दै वैशाखमा आएको नयाँ नियमावलीमा पहिलोपटक डिआइजी बढुवाको सिफारिसका लागि समितिको व्यवस्था गरिएको हो। पुनरावलोकन समितिको व्यवस्था पनि नयाँ हो। सिफारिस समितिका पक्षधरले सर्वोच्चको सोही नजिरलाई समेत आधार बनाउँदै बढुवा समितिको नम्बरमा अरुले हस्तक्षेप गर्न नसक्ने तर्क गर्दै आएका छन्।
बढुवाको सिफारिसमा परेका एक डिआइजी अहिलेको अवस्थामा पुनरावलोकन समितिको सिफारिस या बढुवा समिति जसको सिफारिस कार्यान्वयन भए पनि विवाद पुनः अदालतमा पुग्ने ठोकुवा गर्छन्। ‘बढुवामा नपर्ने पक्ष अदालत जान्छ,' उनले भने, ‘नम्बर दिने अधिकार बढुवा समितिको मात्रै हो कि पुनरावलोकन समितिले पनि हेरफेर गर्नसक्छ भन्ने विवाद समाधान गर्न पनि चाँडै बढुवा निर्णय हुन आवश्यक छ।'
विकल्प : राजनीतिक निर्णय
बढुवा समितिको सिफारिस अंकको आधारमा गरिएको तर्क गरिए पनि सत्ताधारी दल र प्रभावशाली निकायको प्रभाव प्रष्टै देखियो। पुनरावलोकन समितिको सिफारिस पनि विपक्षी दलको प्रभावबाट मुक्त छैन। कानुनी बाटो हुँदै विवाद राजनीतिक तहसम्म पुगेको छ। गृहका केही अधिकारीसँगै उच्च तहका प्रहरी अधिकारीसमेत विवाद राजनीतिक तहबाट समाधान गराउन सक्रिय छन्।
पुनरावलोकन समिति र बढुवा समिति दुवैको प्रस्ताव मन्त्रिपरिषदमा पठाएर स्वविवेकले निर्णय गराउने अभ्यासमा एउटा पक्ष लागेको छ। पुनरावलोकन समितिबाट नाम थपिएकाको राजनीतिक पहुँच र संशोधनमा हटेका डिआइजीको पहुँचसमेत उत्तिकै बलियो देखिन थालेको छ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस केदार साउदलाई छुटाएर बढुवा निर्णय गर्नसक्ने अवस्थामा देखिँदैन। बढुवा समितिको सिफारिसमा परेका साउदलाई मन्त्री एनपी साउदको समर्थन छ। देउवा समूहका तर्फबाट मन्त्री बनेका उनको विमतिमा निर्णय गर्न कोइरालालाई सहज देखिँदैन। पुनरावलोकन समितिको सूचीमा साउद अन्तिम अर्थात् तेह्रौं प्रतिस्पर्धी हुन्।
अर्का डिआइजी रमेशशेखर बज्राचार्य कांग्रेस र एमाले दुवैतिरको धागो समात्नसक्ने क्षमताका छन्। यही पृष्ठभूमिका कारण मन्त्रिपरिषद्मा स्वविवेकीय निर्णयका लागि प्रस्ताव पुगे सिफारिस समितिकै पक्षमा पल्लाभारी हुने निश्चित छ।
मध्यममार्गी बाटो
प्रहरी नियमावलीअनुसार डिआइजीको पदावधि ५ वर्षमात्रै हो। अहिले एआइजीको लाइनमा रहेका १३ जना डिआइजीको सो अवधि असोज २१ मा पूरा हुनेछ। असोज २० सम्ममा विवाद नसल्टिए अहिले एआइजीको लाइनमा सबैले अवकाश पाउने भएकाले विवादको गाँठो फुकाउन मध्यमार्गी बाटोको खोजी जारी छ।
विश्वस्तस्रोतका अनुसार नयाँ विकल्पका रुपमा एआइजीको दुई दरबन्दी थप्ने प्रस्तावबारे अनौपचारिक छलफल सुरु भइसकेको छ। अहिले रिक्त एआइजीको सात पदमा दुई पद बढाए पुनरावलोकन समिति र बढुवा समिति दुवैतिरको सिफारिसमा परेकाहरु समेटिने र विवाद पनि सकिने भन्दै यो नयाँ प्रस्ताव अगाडि बढाइएको स्रोतले बतायो।
प्रहरी नियमावलीमा क्षेत्रीय प्रहरी कार्यालयको प्रमुख एआइजी वा डिआइजीमध्ये एक भन्ने उल्लेख भए पनि डिआइजी खटिँदै आएका छन्। पाँच क्षेत्रीय प्रहरी कार्यालयमा एआइजी खटाउने, प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरी आयुक्त कार्यालयमा रहेको दरबन्दी कायमै राख्ने तथा हेडक्वार्टरमा रहेको एआइजीको चार दरबन्दी घटाएर दुई बनाउने वैकल्पिक प्रस्तावबारे छलफल भइरहेको एक डिआइजीले जानकारी दिए।