काठमाडौं-संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधान निर्माणमा देखिएका मुलभूत विवादमा ‘ट्र्याक टु' वार्तामार्फत साउनभरिमै सहमति जुटाउने प्रयास थालेको छ।समितिका सभापति बाबुराम भट्टराईले संघीयता, शासन प्रणाली र निर्वाचन प्रणालीका विषयमा प्रमुख दलका शीर्ष र प्रभावशाली नेतासँग अनौपचारिक वार्ता अघि बढाएका छन्। सँगसँगै, संवाद समितिकै प्रारम्भिक वार्ता उपसमितिले संविधानसभा निर्वाचनमा सहभागी नभएका विभिन्न समूहसँग वार्ता थाल्दैछ। उपसमिति पूर्वका विभिन्न जिल्लामा संघर्षरत समूहसँग वार्ता गर्न इलाम पुगेको छ।
नेता भट्टराई केही दिनदेखि कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी दल र साना दलका शीर्ष नेतासँग अनौपचारिक छलफलमा छन्। तर, उनले वार्ताका विषयमा सबै कुरा बताउन चाहेनन्।
‘तत्कालीन विवाद समाधान उपसमितिको प्रतिवेदनमा रहेका विषयको स्वामित्व ग्रहण पनि हामीले गरेका छौं,' सभापति भट्टराईले शनिबार नागरिकसँग भने, ‘आउँदो सातामा यी सबै विषयको टुंगो लगाई जेठ २ गतेको सहमतिलाई आधार मानेर वार्ता प्रक्रिया अघि बढाउँछौं। अहिले पनि विवादित विषयमा प्रमुख दलका शीर्ष नेतासँग ‘ट्र्याक टु' मार्फत वार्ता जारी छ।'
२०६९ जेठ २ मा राजनीतिक दलहरुबीच संघीयता, शासनप्रणाली, निर्वाचन प्रणालीलगायत सबै विषयमा सहमति भएको थियो। संघीयतामा जाँदा ११ प्रदेश हुने, प्रदेशहरू बहुजातीय पहिचानका हुने, मिश्रित प्रणालीको शासन व्यवस्था रहने, राष्ट्रपति र प्रधानमन्त्रीका अधिकार स्पष्ट रूपमा विभाजन गर्ने, संसदको निर्वाचन पनि मिश्रित प्रणालीका आधारमा गर्ने, न्यायाधीशहरूको नियुक्ति न्यायपरिषदले नै गर्ने, प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक अदालत रहने विषयमा सहमति भएको थियो।
भट्टराईले साउनभरमा वार्ता सकेर प्रमुख विवादका विषय समितिमा प्रवेश गराएपछि सहमति कायम हुने विश्वास व्यक्त गरे। ‘मुख्य विवाद संघीयता, शासन प्रणाली र निर्वाचन प्रणालीमै हो,' भट्टराईले भने, ‘यी विषयमा प्याकेजमै सहमति कायम गरेर परिणाम निकाल्छौं।'
उनका अनुसार पहिले शीर्ष नेताहरूसँग छुट्टाछुट्टै र त्यसपछि सामूहिक छलफल गरेपछि समितिमा प्रवेश गराइनेछ। भट्टराईले यसअघि समितिको बैठकमै आफूले ‘ट्र्याक टु' वार्ता थाल्ने जानकारी गराएका थिए।
सभापति भट्टराईले संघीयतासम्बन्धी विवादमा बीचबाट समाधान निकाल्न तत्कालीन कार्यदलमा रहेका सदस्य र विज्ञसँग पनि अनौपचारिक छलफल थालिसकेको जानकारी गराएका छन्। ‘हामीले विज्ञसँग पनि छलफल गरेर बीचको बाटोबाट समाधान निकाल्नुपर्छ,' भट्टराईले भने, ‘सबैको माग सम्बोधन हुने गरी सम्झौता हुन सक्छ भनेर नै ‘ट्र्याक टु' वार्ता प्रक्रिया रोजिएको हो।'
पुनःसंरचनाको स्वामित्व ग्रहण
संवाद समितिले शुक्रबार तत्कालीन विवाद समाधान उपसमितिले तयार पारेको राज्य पुनःसंरचनासँग सम्बन्धित २५ बुँदाको स्वामित्व ग्रहण गरेको छ। संविधानसभाले पठाएका राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँटसम्बन्धी ७८ वटा प्रश्नलाई पुनर्व्यवस्थित गरी २५ वटामा कायम गरिएको थियो।
२५ बुँदामा प्रदेश निर्माण, संघको राजधानी, स्थानीय तहको सरकारसम्बन्धी प्रस्तावित व्यवस्था, विशेष संरचनासम्बन्धी व्यवस्था, राजनीतिक अग्राधिकारलगायत विषय छन्।