एमाओवादीमा धमाधम समानान्तर समिति
१२ साउन २०७१
•
६ मिनेट पाठ
एमाओवादीमा धमाधम समानान्तर समिति
काठमाडौं- एकीकृत नेकपा माओवादीमा आन्तरिक विवाद हल हुन नसक्दा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षधरले छुट्टाछुट्टै जिल्ला समिति गठनलाई तीव्रता दिएका छन्। विराटनगर सम्मेलनपछि मकवानपुरबाट सुरु भएको समानान्तर समिति गठन गर्ने क्रम सिन्धुली, पर्सा, गोरखा हुँदै धनुषासम्म पुगेको छ।  धनुषाको समानान्तर समितिको औपचारिक घोषणा भट्टराई पक्षले साउन १७ गते गर्ने भएको छ। विराटनगर सम्मेलनअघि नै केही जिल्लामा समानान्तर समिति गठन भएका थिए। 
भट्टराईको गृहजिल्लामा दाहाल पक्षधरले लेखबहादुर थापालाई अध्यक्ष चयन गरेलगत्तै भट्टराई पक्षले यानप्रसाद भट्टराईको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो। 'गोरखामा पार्टीको नीति र योजनाविपरीत पार्टी फुटाउने षड्यन्त्र गर्दै आमक्रान्तिकारी जनसमुदायको भावना र सहिद, बेपत्ता योद्धाहरुको सपनाविपरीत केही अराजक र फुट परास्त साथीले साउन १० गते गोरखामा छुट्टै जिल्ला भेला गरी समानान्तर जिल्ला समिति गठन गरेका छन्। यसले पार्टी विधि र पद्धतिको ठाडो उल्लंघन गरेको छ,' थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। थापाले अर्का समितिका अध्यक्ष भट्टराई, पूर्व सभासद ज्ञानेन्द्र कुमाल र रमेश पोखरेललाई निष्काशन गरिएको जनाएका छन्। 
एमाले छाडी माओवादी प्रवेश गरेको रामचन्द्र झाको गृहजिल्ला धनुषामा १७ गते समानान्तर समिति घोषणा हुँदैछ। 'भ्रष्टाचार र अन्य कयौं आरोप' मा मुछिएका रामचन्द्र मण्डललाई जिल्ला इन्चार्जमा दोहोर्याँएपछि त्यसलाई अस्वीकार गर्दै पूर्वसभासद शिला यादवको नेतृत्वमा अर्को समिति घोषणा हुन लागेको हो। 
सिन्धुलीमा दाहाल पक्षका राजन दाहाललाई अस्वीकार गर्दै भट्टराई पक्षले दीर्घराज श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाएको छ। भट्टराई प्रधानमन्त्री हँुदा मुख्यसचिवको जिम्मेवारी पाएका गंगानारायण श्रेष्ठको गृहजिल्ला सिन्धुलीमा दुइटा समिति गठन भएपछि त्यसलाई मिलाउने प्रयत्न जारी रहेको माओवादीले जनाएको छ। 
पर्सामा बलराम साह, बाबुराम कौशिक र जोगेन्द्र साहलगायत नेतृत्वमा छुट्टाछुट्टै तीन जिल्ला समिति बनेका छन्। बारामा रञ्जित पट्टेल र जयराम दाहालको नेतृत्वमा छुट्टाछुट्टै समिति लामो समयदेखि सक्रिय छन्। 
रौतहटमा विराटनगर सम्मेलनअघि नै विन्देश्वर यादव र धीरज पट्टेलको नेतृत्वमा अलग–अलग जिल्ला समिति गठन भएका थिए। उक्त विवादलाई हल गर्ने भन्दै केन्द्रले केन्द्रीय सदस्य उपेन्द्र साहलाई जिम्मेवारी तोकेको थियो। तर, सभासदद्वय अशोक जयसवाल र सत्यनारायण भगत, पूर्वसभासद देवेन्द्र पट्टेललगायतले भने त्यसलाई अस्वीकार गरी छुट्टै भेला गर्दै आएका छन्।
मकवानपुरमा पूर्वसभासद प्रह्लाद लामिछाने र प्रेमबहादुर पुलामीको अध्यक्षतामा दुइटा समिति छन्। लामिछाने भट्टराईनिकट र पुलामी दाहालनिकट नेता हुन्। जिल्लामा दुवै समिति सक्रिय भएपछि माओवादीको संगठन अस्तव्यस्त बनेको कार्यकर्ताले बताएका छन्। 
बैतडीमा केन्द्रीय सदस्य रेणु चन्द र नरेन्द्र कँुवरको नेतृत्वमा दुई अलग समिति सक्रिय छन् भने बाँकेमा वामदेव क्षेत्री र उमेश खनालको नेतृत्वमा गठन भएका दुई समितिमध्ये कुन आधिकारिक हो भन्ने विषय अझै टुंगिएको छैन। 
सांगठानिक विवाद मिलाउने भन्दै आयोजना गरिएको विराटनगर सम्मेलनले थप विवाद र कलह निम्त्याएपछि त्यसलाई हल गर्न केन्द्रीय कार्यालयले वर्षमान पुन, देवेन्द्र पौडेललगायत सदस्य रहेको कार्यदल बनाए पनि त्यसले समस्या हल गर्न सकेको छैन। विवाद मिलाउन कार्यदल गठन भएलगत्तै चार जिल्लामा समानान्तर समिति बनेका हुन्। 
पार्टी प्रवक्ता दीनानाथ शर्माले समानान्तर समिति गठन भएका जिल्लाका समस्या समाधान गर्न कार्यदललाई सक्रिय बनाउने निर्णय भएको बताए। 'समानान्तर समिति गठन भएका जिल्लामा कार्यदलका सदस्य गएर विवाद मिलाउने निर्णय भएको छ,' शर्माले नागरिकसँग भने, 'पार्टी विधान र नीतिविपरीत गठन भएका कुनै पनि समितिलाई केन्द्रले मान्यता दिँदैन, आफूखुसी समिति घोषणा गर्नेलाई पार्टीले कारबाही गर्ने प्रक्रिया अघि बढाउँछ।' उनका अनुसार ढिलासुस्ती गर्दा केही समस्या आएकाले भूगोलमै पुगेर समस्या समाधान गर्न केन्द्रले कार्यदललाई निर्देशन दिइसकेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस