पोलिटब्युरोमा 'ओली पक्ष कमजोर'
१२ साउन २०७१
•
८ मिनेट पाठ
पोलिटब्युरोमा 'ओली पक्ष कमजोर'
काठमाडौं- नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीका दुईतिहाइ सदस्य पोलिटब्युरो सदस्य हुन अयोग्य देखिएका छन्। नवौं महाधिवेशनले संशोधन गरेको पार्टी विधानको नयाँ व्यवस्थाले उनीहरुलाई 'अघि बढ्न' छेक्छ।




विधानअनुसार पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल केन्द्रीय सदस्य रहिसकेको हुनुपर्छ। धारा ३८ (ग) मा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्य हुन कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य रहिसकेको हुनुपर्ने व्यवस्था छ। यसअघिको विधानमा पूर्ण केन्द्रीय सदस्यमध्ये जोकोही पोलिटब्युरोमा पुग्न सक्थे। 
विधान संशोधन भएपछि १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीबाहेक ३९ जना केन्द्रीय सदस्यको मात्रै पोलिटब्युरो सदस्य बन्न योग्यता पुग्छ। बाँकी सबै पहिलोपटक केन्द्रीय कमिटी पुगेका हुन्।
वरिष्ठ नेतासहित १५ जना पदाधिकारी भने स्वतः पोलिटब्युरो सदस्य हुन्छन्। निवर्तमान अध्यक्ष दोस्रो वरीयताका साथ वरिष्ठ नेता हुने प्रावधान छ। 
विधानले केन्द्रीय कमिटी संख्याको एकतिहाइ पोलिटब्युरो सदस्य हुने व्यवस्था गरेको छ। यही विधानअनुसार गठन हुने पोलिटब्युरोको संख्या १५ वैकल्पिकसहित ५३ सदस्यीय हुनेछ। नवौं महाधिवेशनले १ सय १५ पूर्ण र ४४ वैकिल्पकसहित १५९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान लागू गरेको छ। जसअनुसार १५७ निर्वाचित (स्वतः वरिष्ठ नेता भएका पूर्वअध्यक्ष झलनाथ खनालसमेत) भइसकेका छन् भने पूर्ण खुलातर्फ बराबरी मत ल्याएका नागेन्द्र चौधरी र खिमलाल भट्टराई तथा मुस्लिम कोटामा बराबरी मत ल्याएका महमद महफुज अन्सारी र सिराज अहमत फारुकीमध्ये दुईजना केन्द्रीय सदस्य छानिन बाँकी छ। 
चौधरी छनोट भए पोलिटब्युरो सदस्य हुन योग्यता पुग्ने केन्द्रीय सदस्यको संख्या ४० हुनेछ। अन्सारी र फारुकी जो छानिए पनि पहिलोपटक केन्द्रीय कमिटी पुग्नेछन्।
केन्द्रीय कमिटीको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीतबाट कटौती हुने गरी बराबरी मत ल्याउने चारैजनालाई सदस्य बनाउनुपर्ने बताएका थिए। विधानमा केन्द्रीय कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ। 
साउन २५ बाट हुने केन्द्रीय कमिटीको दोस्रो बैठकले पोलिटब्युरो गठन गर्नेछ। विधानका कारण ओली पक्ष पोलिटब्युरोमा अल्पमतमा पर्ने देखिएपछि यो विषय पेचिलो बनेको हो।
अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रमुख पोलिटब्युरोका पदेन सदस्य हुन्छन्। पोलिटब्युरोका लागि योग्यता पुगेका नेतामा माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, प्रकाश ज्वाला, टंक कार्की, अरुण नेपाल, विजय पौडेल, पर्शुराम मेघी गुरुङ, बेदुराम भुसाल, रघुजी पन्त, गंगालाल तुलाधर, शंकर पोखरेल र प्रदीप नेपाल रहेका छन्। त्यसैगरी, छविलाल विश्वकर्मा, अग्नि खरेल, किरण गुरुङ, काशीनाथ अधिकारी, महेन्द्र पाण्डे, बिन्दा पाण्डे, मुकुन्द न्यौपाने, तुलबहादुर गुरुङ, विष्णु रिमाल, वंशीधर मिश्र, भानुभक्त ढकाल, युवराज कार्की, कर्ण थापा, राधा ज्ञवाली, थममाया थापा मगर, जयन्ती राई, गौरा प्रसाईं कोइराला, श्रीमाया थाकाली, दलबहादुर राना, सानु श्रेष्ठ, रामप्रित पासवान, सत्यनारायण मण्डल, जगन्नाथ खतिवडा, पशुपति चौलागार्इं, यमलाल कँडेलको पनि पोलिटब्युरो हुने योग्यता पुग्छ। 
टंक कार्की र यमलाल कँडेल एमाले विभाजित भएर नेकपा माले गठन हुँदा केन्द्रीय सदस्य थिए। योग्यता पुगेका केन्द्रीय सदस्यमा माधव नेपाल पक्षका २० र ओली पक्षका १९ जना छन्। 
१५ सदस्यीय पदाधिकारीमा ओली र नेपाल पक्षका सात–सात जना छन्। वरिष्ठ नेता खनाल कतै खुलेका छैनन्। महासचिव ईश्वर पोखरेलले विधानमा आएको सुझाव समेटेर अन्तिम रूप दिन बाँकी रहेको बताएका छन्। 'संशोधन प्रस्तावमा आएका सुझावमा समेत छलफल गरेर विधानलाई अन्तिम रूप दिन्छौं। संशोधन विधानमा छलफल हुनेछ,' पोखरेलले नागरिकसँग भने, 'एक पूर्णकालको व्यवस्थाले केन्द्रीय कमिटीमा पुगेका सिनियर पनि छुट्न सक्छन्। पदाधिकारीमा उठ्न पोलिब्युरो सदस्य रहिसक्नुपर्ने विषय आएको थियो। तर, त्यो लागू भएन। सबै कुरा एक रूपमा ल्याउनुपर्छ।' 
पहिलो केन्द्रीय कमिटी बैठकले महासचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय राजनीतिक तथा विधान संशोधन कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य रहेका सचिव योगेश भट्टराईले महाधिवेशनको स्टेयरिङ कमिटीले गरेको निर्णयलाई नै आधार मानेर अघि बढ्ने विषयमा सहमति भइसकेकाले एक कार्यकाल केन्द्रीय सदस्य भएको व्यवस्था लागू हुने धारणा राखे। 
'स्टेयरिङ कमिटीले निर्णयलाई आधार बनाएर विधानसहितका विषय परिमार्जन गर्ने सहमति भइसकेको छ,' भट्टराईले नागरिकसँग भने, 'स्टेयरिङ कमिटीको निर्णयलाई मान्दिनँ भन्ने हो भने धेरै कुरा उल्टिन सक्छ।' महाधिवेशनमा आएका विवाद समाधान गर्न दुवै पक्षका नेतालाई राखेर महाधिवशेनमा स्टेयरिङ कमिटी गठन गरिएको थियो।
केन्द्रीय कमिटी कार्यकारी हुने भएपछि राजनीतिक विषयको नेतृत्व भने पोलिटब्युरोले गर्नेछ। 
केन्द्रीय सदस्य भानुभक्त ढकालले एक कार्यकाल काम गरिसकेको हुनुपर्ने व्यवस्था लोकतान्त्रिक नभएको धारणा राखे। 'योग्यता र क्षमता देखाएर केन्द्रीय कमिटीका पूर्ण केन्द्रीय सदस्यलाई बाटो–बाटोमा छेकबार लगाउने कार्य लोकतान्त्रिक होइन,' ढकालले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस