काठमाडौं - आज बिहान बसेको मन्त्रिपरिषदले १४ औं श्यामार्पा रिम्पोछे पार्थिव शरीर भुटानबाट नेपाल ल्याएर शदगत गर्न दिने निर्णय गरेको छ। गैर नेपाली नागरिकको अन्त्यस्टिका लागि नेपालमा शव ल्याउन मिल्ने कानुनी प्रावधान नरहेकाले श्यामर्पाको शव ल्याउने विषय जटिल बनेको थियो।शव ल्याउन दिनकै लागि आज बिहान मन्त्रिपरिषद बैठक बोलाइएको थियो।
श्यामर्पाको इच्छाबमोजिम उनको शव रानीबनको गुम्वामा अन्त्यष्टि गरिनेछ। यसअघि गृह मन्त्रालयले उनको शव नेपाल ल्याउन रोक लगाएको थियो।
रिम्पोछेको अन्त्येष्टि नेपालमा गर्न दिन मन्त्रिपरिषद्द्वारा अनुमति प्रदान
मन्त्रिपरिषद्को आजको बैठकले नीतिगत व्यवस्था गरेर विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिने निर्णय गरेको हो।
नेपालको धार्मिक र सांस्कृतिक विकासमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तिले मृत्युपूर्व नेपालमा अन्त्येष्टिका लागि इच्छ्याएमा उसको शव नेपाल ल्याउन सकिने व्यवस्था गरिएको छ।
सञ्चार मन्त्री मीनेन्द्र रिजालका अनुसार विदेशीको शव शरीर ल्याउँदा सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने छ।