प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति
१७ असोज २०७८
•
४ मिनेट पाठ
प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति
मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ।  




विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले शनिबार नागरिकसँग भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण नियमनसम्बन्धी कार्यक्षेत्र र नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी वायुयान तथा त्यसका चालक दलका सदस्यहरूका साथै वायु सेवाको प्राविधिक क्षेत्रका कार्यसमेत उक्त समितिलाई सुम्पिएको छ।’

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा बनाइएको पाँच सदस्यीय समितिलाई दिइएको कार्यक्षेत्रका आधारमा अब नागरिक उड्डयन प्राधिकरणको कुनै काम नभएको देखाउन खोजिएको पर्याप्त छ। यस क्षेत्रको नियमनसम्बन्धी सम्पूर्ण जिम्मेवारी प्राधिकरणको हो। तर, मन्त्रालयको कुनै एउटा महाशाखा हेर्ने कर्मचारीबाट नियमन गर्ने निकायको सम्पूर्ण काम गराउन खोज्नुको तात्पर्य नबुझिएको विज्ञहरूले बताएका छन्। काठमाडौंबाट विराटनगरको उडानमा रहेको बुद्ध एयरको एटिआर एवान वायुयानमा आएको प्राविधिक समस्याका कारण चालक दलका सदस्यले काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराएपछि उत्पन्न प्रतिक्रियास्वरूप उक्त समिति बनाएको देखिन्छ। यस्तो घटना हुनासाथ प्राधिकरण र सम्बन्धित विमान कम्पनी आफैंले आन्तरिक छानबिन सुरु गरिसकेका छन्। छानबिन प्रतिवेदन प्राप्त भएपछि भविष्यमा आउन सक्ने यस्ता समस्याका निम्ति पहिल्यै तयारी गरिन्छ।  

उक्त जहाजका यात्रुलाई जहाजमा उत्पन्न प्राविधिक समस्याका कारण ठूलो मानसिक समस्या भयो। वायुयानको सुरक्षित अवतरणपछि यात्रुले चालक दलको व्यापक प्रशंसा पनि गरेका थिए। चालकले बताएको समस्याबारे प्रारम्भिक अध्ययन गर्ने बुद्ध एयरको उडान सुरक्षा विज्ञ एवं नागरिक उड्डयन प्राधिकरणको सम्बन्धित विज्ञबाट भएको जाँचमा चालकले व्याख्या गरेजस्तो कुनै प्राविधिक समस्या नदेखिएका कारण जहाजलाई उडान योग्य भनी ‘रिलिज’ गरिएको छ। चालक दलका सदस्यलाई केही समयका लागि उडानमा रोक लगाइएको छ।  

नागरिक उड्डयनको क्षेत्रमा हुने यस्ता समस्या समाधान गर्ने निश्चित प्रक्रिया र मापदण्ड छन्। यसलाई अनुशरण गरेर नै उडान सुरक्षाको प्रत्याभूति गरिन्छ। यसलाई देशको कानुनी सीमाभित्र रहेर समाधान गरिन्छ। यो नियमित र सामान्य प्रक्रिया हो। जहाजमा प्राविधिक समस्या आउनु र त्यसको समाधान खोज्नुलाई स्वाभाविक घटनाक्रममा मात्र यस क्षेत्रका विज्ञले लिने गरेका छन्। उक्त घटनालाई आधार मान्दै मन्त्रालयले छानबिन समिति बनाई तोकेको कार्यक्षेत्रले भने मुलुकको कानुनकै उल्लंघन गरेको विज्ञहरू ठान्छन्। समितिलाई दिइएको कार्यक्षेत्रमा भनिएको छ, ‘नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज/हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन, अनुसन्धान गरी प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्ने।’  

तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई दिइएको कार्यक्षेत्रको सम्पूर्ण विवरण हेर्दा भने यो असम्भव देखिन्छ। प्राधिकरण आफैंले गर्ने यस्तो नियमित कामको जिम्मेवारी यो तहको समितिका निम्ति किन दिइयो भन्ने प्रश्न उठेको छ। ‘नेपालमा नागरिक उड्डयनको क्षेत्रमा नियमन गर्ने सम्पूर्ण जिम्मेवारी संविधान तथा त्यसअन्तर्गत बनेका ऐन एवं नियमले प्राधिकरणलाई दिएको छ,’ गौतमले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विभिन्न समयमा गरेका विश्वव्यापी उडान सुरक्षा निगरानी गर्ने आइकाओ अडिटले देखाएको परिणामले स्पष्ट पार्छ।’

गौतमका अनुसार नेपालको आइकाओ मापदण्ड पूर्ण पालना प्रतिशत ६७ रहेको छ, जुन आइकाओमा रहेका विश्वका १ सय ९४ राष्ट्रको विश्व औसतभन्दा माथि छ। नेपालमा दर्ता भएका वायुयान उडान योग्य छन्छै/नन् भनी प्रमाणीकरण गर्ने जिम्मेवारी कानुनतः प्राधिकरणलाई दिएको छ। यसैले विमान सञ्चालनको अनुमतिसमेत दिने गर्छ।  

समितिले पाएको कार्यक्षेत्रको बुँदा नम्बर २ मा आइकाओबाट स्वीकृत मापदण्डहरू र वायुयान उत्पादक कम्पनीहरूको म्यानुअल व्यवस्था वायुसेवा कम्पनीहरूले कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको पुनरवलोकन गर्नेसमेत भनिएको छ। वास्तवमा यो जिम्मेवारी प्राधिकरणबाहेक अर्को निकाय खडा गरेर प्रदान गर्न सकिन्न। ‘आइकाओबाट जारी भएका मापदण्डहरू नेपालको कानुनी सीमाभित्र ल्याएर परिपालना गर्ने जिम्मेवारी प्राधिकरणको भएकाले त्यसका लागि आवश्यक दक्ष जनशक्ति पनि त्यहीं हुन्छन्,’ गौतमले भने, ‘यो जिम्मेवारी समिति सदस्यलाई दिँदा यसले मुलुकको हवाई सुरक्षामै अन्योल सिर्जना गर्छ।’
अर्को समाचार
विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट
१३ माघ २०८०
•
४ मिनेट पाठ
विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ। अन्तर्राष्ट्रिय ‘डिपार्चर’ क्षेत्रमा पुगेका अध्यागमन कर्मचारीलाई ‘स्टेराइल जोन’मा जाँच गर्ने/नगर्ने विषयमा विवाद हुँदा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको हो। यस विषयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थल सुरक्षा कार्यालयले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।




अध्यागमन कार्यालयका कर्मचारी आफूमाथि प्रहरीले कुटपिट गरेको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर दोषी प्रहरीमाथि कारबाहीको माग राखेका छन्। गृह मन्त्रालयले घटना छानबिनका लागि समिति गठन गरेको छ।

यसरी भयो घटना

अध्यागमन कार्यालयका अनुसार अध्यागमन अधिकृत छायालाल मोक्तान विमानस्थलको ‘अराइभल’ क्षेत्रबाट लुगा परिवर्तन गर्न डिपार्चरतिर गएका थिए। उनीसँगै अन्य तीनजना कर्मचारी पनि गएको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए। त्यसक्रममा ‘मेटल डिटेक्टर’ भएको स्थानमा प्रहरीले जाँचका क्रममा अभद्र व्यवहार गरेपछि घटना भएको हमालले बताए।

‘ड्युटी चेन्ज हुँदा सधैं अराइभल क्षेत्रबाट डिपार्चरमा गएर कपडा फेर्नुपर्छ। त्यसैले सधैजसो ओहोरदोहोर भइरहन्छ,’ अध्यागमन प्रमुख हमाल भन्छन्, ‘यसरी ओहोरदोहोर गर्दा प्रहरीले कहिले जाँच गर्छ, कहिले गर्दैन। फेरि अध्यागमनका कर्मचारीलाई जाँच गरे पनि प्रहरीले आफ्नै कर्मचारीलाई भने गर्दैन। उहाँ (मोक्तान) ले त्यही कुरा उठाउँदा प्रहरीले अभद्र व्यवहार गर्‍यो।’

त्यहाँ विवाद भइरहँदा नजिक रहेका थप पाँच जवान पनि आएर अध्यागमन अधिकृत मोक्तानमाथि रगताम्य हुनेगरी कुटपिट गरेको अध्यागमन प्रमुख हमालले दाबी गरे।
त्यसपछि घटनाबारे सत्यतथ्य बुझ्न आफूसहित कर्मचारी सिसिटिभी रेकर्ड शाखामा पुगेको अध्यागमन प्रमुख हमालले बताए। ‘त्यहाँ पुग्दा प्रहरी कर्मचारीहरूले सहयोग गर्नुको साटो उल्टै विवाद झिके। त्यहाँ पनि मोक्तानजीमाथि हातपात भयो। मलाई पनि कहाँबाट हानेको लात्ती लागेको छ,’ उनले भने।

प्रहरीले भने ड्युटीमा रहेको प्रहरीमाथि पहिले अध्यागमन कर्मचारीबाटै हातपात भएको दाबी गरेको छ। ‘त्यो घटना स्टेराइल जोनमा भएको हो। जहाँ प्रहरीले जोकोही भए पनि जाँच गर्छ। अहिले त मेटल डिटेक्टरले बडीसमेत जाँच गर्ने भनिएको छ,’ विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपशमशेर राणाले भने, ‘ड्युटीमा बस्नेले त्यसो गर्न खोज्दा अध्यागमन कर्मचारीबाट मलाई किन जाँच गरिस् भनेर आक्रमण गर्दा प्रतिरक्षा मात्रै गर्न खोजेको देखिन्छ।

’त्यसपछि अध्यागमन प्रमुख हमालसहितको टोली सिसिटिभी जाँच गर्ने भन्दै आएको एसएसपी राणाले बताए। उनले भने, ‘त्यहाँ पनि एकदुईजना नभई १५/२० जनाको हुलमूल ल्याउनुभएछ। शान्तिपूर्वक सिसिटिभी हेर्नुको साटो त्यहाँ पनि होहल्ला, चर्काचर्की गर्दै ड्युटीमाथि खनिन थाल्नुभयो। सिसिटिभी फुटेजमै क्षति हुने अवस्था आएपछि प्रहरीले थोरै बल प्रयोग गरेको हो।’ 

सिसिटिभीमै हेर्दा पनि अध्यागमन कार्यालयका अधिकारीले प्रहरीमाथि पहिला हातपात र दुव्र्यवहार गरेको देखिने एसएसपी राणाले बताए। ‘ड्युटीमा बस्नेलाई जाँच नगर भन्ने हो भने एउटा कुरा, नत्र ड्युटी गर्न खोज्दा हातपात भयो। त्यसैको प्रतिरक्षा गरेको मात्रै देखिन्छ,’ उनले भने।
अध्यागमन कार्यालयका प्रमुख हमाल भने कर्मचारीले प्रहरीमाथि पहिले हातपात गर्ने कुरा सोच्न पनि नसकिने बताउँछन्। उनले भने, ‘वाहियात कुुरा हो, निजामती कर्मचारीले प्रहरीमाथि आक्रमण गर्ने कुरै आउँदैन। सिसिटिभीले नै त्यो कुरा देखाइहाल्छ नि !’

यो घटनालाई सामान्य रूपमा लिन नसकिने उनी बताउँछन्। ‘यो त सरासर प्रहरीको ज्यादती हो, अत्याचार हो। प्रहरीले आफू हाबी हुन र निजामती क्षेत्रलाई कमजोर पार्न भनेर यो आक्रमण गरेको हो,’ हमालले भने।

आफूहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराउँदै दोषी प्रहरी कर्मचारीलाई कारबाहीको माग गरेको हमालले बताए। उनले भने, ‘गृहमन्त्रीज्यूलाई भेटेर प्रस्ट कुरा राखेका छौं। उहाँले कारबाही गर्छौं भन्नुभएको छ।’

छानबिन समिति गठन

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको जानकारी दिएका छन्। समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत उपसचिव कुलबहादुर जिसी छन्। समितिलाई आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस