काठमाडौं- युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाको गाउँ एउटै हो। बारा निजगढ–९ का पौडेल र ८ का लामाको घरबीच दुई सय मिटर पनि दूरी छैन। दुवैले पढेको स्कुल र कलेज पनि एउटै हुन्।
आगो नै एैंचोपैंचो चल्ने गरी नजिकै घर भएका उनीहरूले यतिबेला पनि अन्तरसम्बन्धित निकाय नै सम्हालेका छन्। तर, आपसमा प्रतिस्पर्धी र विरोधीका रूपमा उनीहरू प्रस्तुत हुँदा सिंगो मुलुककै खेलकुद क्षेत्र प्रभावित बनेको छ।
मन्त्री पौडेल र राखेप सदस्यसचिव लामाबीच विवाद यतिसम्म चुलिएको छ कि, अहिले दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुद प्रतियोगिताको तयारी नै आ–आफ्नै तरिकाले अघि बढाइएको छ। मन्त्री पौडेलले उपाध्यक्ष टेन्डी शेर्पाको नेतृत्वमा तयारी अघि बढाउन चाहेका छन् भने सदस्यसचिवले त्यसको विरोध गरिरहेका छन्।
पौडेल र लामाबीचको द्वन्द्व अहिले एकाएक देखिएको भने होइन। उनीहरूबीच लामो समयदेखि नै एकअर्कामा प्रतिस्पर्धी र विरोधीका रूपमा छन्।
.....
लामाले २०३७ सालतिर बारा निजगढमा कराते सिकाउँदा पौडेल नजिकैको गौरीशंकर विद्यालयमा पढ्थे। 'त्यतिखेर कराते सिकाएको हेर्न गाउँभरका केटाकेटी जान्थ्यौं,' स्थानीय पत्रकार गोकुल घोरसाइनेले नागरिकलाई सुनाए।
लामा गौरीशंकर स्थापनाकालकै विद्यार्थी हुन्।
रौतहटको हिमालीबासबाट उच्च शिक्षा अध्ययन गर्न पौडेल निजगढ आएका थिए। उनी मावलीमा बसेर पढ्थे। पौडेलको परिवार २०४२ मा हिमालीबासबाट लामाको घरनजिकै रहेको प्रभात बस्तीमा सरेको थियो। लामाको परिवार भने हमुनामगन्जबाट त्यस समयमा फलाइन भनिने अहिलेको निजगढमा बसाइँ सरेको हो।
'सुरुमै ५ कक्षामा भर्ना भएका पौडेल त्यस विद्यालयबाट एसएलसी दिने पहिलो ब्याजका विद्यार्थी हुन्,' घोरसाइनेले भने, 'पौडेलभन्दा पाँच–सात वर्षअघि लामाले पनि त्यही विद्यालयमा पढेका थिए।' तर, लामाले २०३२ सालमा काठमाडौंको दरबार हाइस्कुलबाट एसएलसी दिए।
दुवैले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढेका हुन्। त्यस समयमा रौतहट, बारा, पर्सा, मकवानपुरलगायत जिल्लाका विद्यार्थीका लागि सबैभन्दा राम्रो विकल्प ठाकुरराम क्याम्पस थियो।
पौडेल र लामाको पुर्ख्यौली थलो पनि एकै स्थान हो। पौडेलको परिवार काभ्रेको कानपुरबाट तराई झरेको हो भने लामाको परिवार पनि काभ्रेकै भीमपुरी भैंसेबाट।
पौडेल कलिलो उमेरदेखि नै राजनीतिमा संलग्न रहे। उनी २१ वर्षकै उमेरमा निजगढको जनपक्षीय प्रधानपन्च बने। त्यस समयमा लामाको समूहले भने सन्तबहादुर राउतलाई सघाएको थियो।
त्यसअघि नै विद्यालयमा हुने स्ववियु निर्वाचनमा पौडेल सभापतिमा निर्वाचित भएका थिए। तत्कालीन नेकपा मालेले पञ्चायतलाई उपयोग गर्ने नीतिअन्तर्गत त्यस समयमा संसद (राष्ट्रिय पञ्चायत) र स्थानीय निकाय (गाउँ पञ्चायत, नगर र जिल्ला) मा उम्मेदवार बनाउने गरेको थियो।
अन्तरजातीय विवाहपछि लामा निजगढ कम र बाहिर ज्यादा बस्न थाले। लामा काठमाडौंमा मार्सल आर्ट र सिनेमा सक्रिय रहे भने पौडेलले भने जिल्लामै बसेर राजनीतिलाई निरन्तरता दिए।
'लामा तटस्थजस्तै थिए। उनका चेला भने कांग्रेस बनेका थिए,' स्थानीय एक नेताले नागरिकसँग भने, 'लामा बाहिर खुलेर सक्रिय थिएनन्, तर उनको नाम बाराका कांग्रेस नेताहरू ऋषिकेश गौतम र फर्मुल्ला मन्सुरसँग जोडिने गर्दथ्यो।' लामाकी दिदी माला अहिले नेपाली कांग्रेसमा महासमिति सदस्य छिन्।
कलाकारितामा बढी सक्रिय हुन थालेपछि लामा एमालेका लागि पनि स्वीकार्य भइसकेका थिए। नारायणी–काठमाडौं अञ्चल सम्पर्क कमिटी र बारा सम्पर्क कमिटीले समेत उनलाई सम्मान गरेको थियो।
लामाका पिता दुतराजको पृष्ठभूमि भने वामपन्थी थियो। 'पञ्चायत ढलेपछि दुतराज र पौडेलबीच हिमचिम राम्रै थियो,' स्थानीय नेताले भने, 'लामा परिदृश्यमा नभए पनि निजगढको राजनीतिमा लामाका निकट र पौडेल तथा उनीपक्षबीचको सम्बन्ध सधैं प्रतिद्वन्द्वितामै रह्यो।'
मन्त्री पौडेल लामासँग सामान्य सम्बन्ध रहेको बताउँछन्। 'पहिलादेखि नै उनी (लामा) सँग सामान्य सम्बन्ध हो। तर, उनका पिता भने हाम्रो पार्टीका कार्यकर्ता हुन्,' पौडेलले भने।
२०४३ सालको पञ्चायतको स्थानीय चुनावपछि पौडेल अधिकांश चुनावमा प्रतिस्पर्धामा नै रहे। २०४८ सालमा संसदीय निर्वाचनमा पराजित भएपछि २०४९ को स्थानीय निकायको चुनावमा प्रतिस्पर्धा गरे। त्यस समय उनले वडाअध्यक्ष जितेका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा जितेर पौडेल त्यस समयका सबैभन्दा कान्छा सांसदका रूपमा प्रतिनिधिसभामा प्रवेश गरेका थिए।
'उहाँले मेरो बहिनीसँगै पढ्नुभएको हो। बुबा र बहिनीले चिनजान गराइदिएका हुन्। राजनीति खासै चासो थिएन,' लामाले नागरिकसँग भने।
विजय पराजय र चिनोसहितका फिल्ममा द्वन्द्व निर्देशक बनेका लामा देउता फिल्मबाट रजतपटमा उदाएका हुन्।
निजगढ छाडेर आएपछि दशरथ रंगशालामा कराते सिकाउन थालेका लामाले क्युरियो र थाङ्का व्यवसायबाट राम्रै पैसा कमाएका थिए। लामालाई उनकै चेला उदयसिंह बोहोराले फिल्म लाइनको तार जोडिदिएका थिए।
…..
पञ्चायतकालदेखि नै लामाको सम्बन्ध जोगमेहर श्रेष्ठसँग नजिक रह्यो। लामालाई तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले जागिरबाट निकाले पनि संरक्षणका लागि श्रेष्ठको शरणमा पुगेको बताएका छन्।
श्रेष्ठसँग पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहसँग लामो सम्बन्ध रह्यो। 'बहुदल आएपछि पनि उनको यो क्रम निरन्तर रह्यो,' लामालाई नजिकबाट चिनेका एक नेताले भने।
पछिल्लो समयमा एकीकृत नेकपा (माओवादी) मा कलाकर्मीलाई प्रवेश गराउन प्रमुख भूमिका लामाले खेले। चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले कृष्णबहादुर महरा हुँदै पुष्पकमल दाहालसँग सम्पर्क गराए। उनी अहिले माओवादीका अध्यक्ष दाहालनिकट मानिन्छन्। बाबुराम भट्टराई नेतृत्वको सरकारले लामालाई राखेपको सदस्यसचिवमा नियुक्त गरेको थियो।
सरकार परिवर्तनपछि पौडेल खेलकुदमन्त्री भए। त्यसपछि पौडेल–लामा द्वन्द्व चर्कियो। मन्त्री पौडेलले खेलकुदमा अनावश्यक हस्तक्षेप र राजनीति गरेको भन्दै लामाले आवश्यक परे दाहाल र भट्टराईलाई आफ्नो विषय संसदमा उठाउन लगाउने धम्कीसमेत दिए।
पौडेलको भने एमाले वरिष्ठ नेता झलनाथ खनालसँग नजिकको सम्बन्ध छ। उनी एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका अध्यक्ष पनि हुन्। बारा ६ बाट संविधानसभा सदस्यमा विजयी पौडेलले नयाँ सरकार गठन भएपछि युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन्।
…..
पौडेलले मन्त्री नियुक्तिसँगै खेलकुद परिषद छाडेर काममा सहयोग गर्न लामालाई भनेका थिए, तर चार वर्षका लागि नियुक्ति लिएको उनी नछाड्ने अडानमा छन्। मन्त्री पौडेलले लामालाई सदस्यसचिवबाट बर्खास्तसमेत गरे। तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै लामालाई थमौती गरिदियो। त्यसयता मन्त्री पौडेल र सदस्य सचिवबीचको द्वन्द्व अझै चर्केको छ। जसका कारण केन्द्रको खेलकुद ठप्प बनेको छ।