काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आसन्न नेपाल भ्रमण क्रममा आधा घन्टा 'वान टु वान' (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन्। दुवै देशका प्रधानमन्त्रीले केही समय एक्लाएक्लै कुराकानी गर्न चाहेपछि आधा घन्टा समय निकालिएको हो। मोदी नेपाल आएकै दिन साउन १८ गते आइतबार दिउँसो साढे २ देखि ३ बजेसम्म सिंहदरबारमा 'वान टु वान भेटवार्ता' तय भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए।त्यसपछि प्रधानमन्त्रीको उपस्थितिमै दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुने र सहमति बनेका (सम्झौतापत्र) विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उनले बताए।
प्रधानमन्त्री स्तरमा एक्लाएक्लै भेटवार्ता हुँदा कुनै विशेष प्रस्ताव वा एजेन्डामा छलफल हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको परराष्ट्र अधिकारीहरू बताउँछन्। त्यसपछिको द्विपक्षीय बैठकमा त्यही प्रस्ताव वा एजेन्डालाई सहमतिमा लगेर सार्वजनिक गरिन्छ।
मोदीले भोलिपल्ट सोमबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। त्यसै दिन उनले राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्नेछन्। लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ। मधेसवादी दलका नेताले सामूहिक रूपमा मोदीसँग भेटवार्ता गर्ने तय भएको छ। संविधानसभाबाहिर रहेको नेकपा–माओवादीका नेतासँग भेटघाट कार्यक्रम छैन।
भ्रमण बेला दुई देशबीच सहमति हुने मुद्दाको भने टुंगो लाग्न बाँकी छ।
परराष्ट्रमन्त्री पाण्डेले जलविद्युत, विद्युत प्रसारण लाइन, सडक निर्माणलगायत पूर्वाधार निर्माण क्षेत्रमा सम्झौता हुनसक्ने बताए। 'विद्युत व्यापार सम्झौता (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) हुनसक्छ,' उनले भने, '९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी गराउनेछौं।'
भारतीय सञ्चार माध्यमका अनुसार मोदी सात मन्त्री, उच्च सरकारी अधिकारी, ठूला उद्योगी, सञ्चारकर्मीसहित १ सय १ सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै विशेष विमानमा नेपाल आउनेछन्। यहाँ रहँदा उनका लागि दुईवटा 'बुलेटप्रुफ' गाडी भारतले नै ल्याउँदैछ। भ्रमण सकिएपछि ती गाडी भारतले फिर्ता लग्नेछ।
नेपालले पछिल्लोपटक सन् १९९९ मा किनेको बुलेटप्रुफ गाडीमा भरपर्ने अवस्था नभएकाले मोदीका लागि गाडी व्यवस्था गर्न भारतलाई नै भनिएको हो।
परराष्ट्रमन्त्री पाण्डले भने नेपाल–भारतबीच सहमतिपत्रमा हस्ताक्षर हुने भए मात्र सरोकारवाला भारतीय मन्त्री सँगै आउने बताए। 'सहमतिपत्रमा हस्ताक्षर नहुने भए भारतीय प्रधानमन्त्री मन्त्रीहरू नलिई आउनुहुन्छ,' उनले भने। उनका अनुसार द्विपक्षीय बैठकमा सहभागी हुने भारतीय औपचारिक प्रतिनिधिमण्डल २५ जनाको हुनेछ।
सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपालको औपचारिक भ्रमण गरेयता कुनै भारतीय प्रधानमन्त्री औपचारिक भ्रमणमा आएका छैनन्।
सञ्चारकर्मीलाई सेक्युरिटी कार्ड
मोदीको नेपाल भ्रमण बेला समाचार संकलन गर्ने सञ्चारकर्मीले सूचना विभागले दिने विशेष कार्ड र सूचना तथा सञ्चार मन्त्रालयले उपलब्ध गराउने सेक्युरिटी कार्ड साथमा बोक्नुपर्नेछ। दुवै कार्ड साथमा नराखे कार्यक्रम स्थलमै गएर समाचार संकलन गर्न पाइनेछैन।
सूचना विभागले वितरण गरेको विशेष कार्डका आधारमा परराष्ट्रले सेक्युरिटी कार्ड बनाएर सञ्चार मन्त्रालयमार्फत वितरण गर्नेछ। 'विभागको विशेष र सेक्युरिटी दुवै कार्ड साथमा नहुने सञ्चारकर्मीले कार्यक्रमस्थलमा गएर समाचार संकलन गर्न पाउनेछैन,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'भारतीय प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर यसो गरिएको हो।'
यो अभ्यास आगामी कात्तिक महिनामा काठमाडौंमा हुने सार्क शिखर सम्मेलनका बेला पनि काम लाग्ने भएकाले अहिल्यै कार्यान्वयनमा ल्याउने निर्णय गरिएको स्रोतले बतायो।
सञ्चारकर्मीसँगै सुरक्षा निकाय, मन्त्रालयका कर्मचारी सबैलाई सेक्युरिटी कार्ड अनिवार्य गरिएको छ। सेक्युरिटी कार्डबिना प्रहरी प्रमुखले पनि कार्यक्रममा प्रवेश नपाउने स्रोतले बतायो।
मौसमसम्बन्धी जानकारी
भ्रमण बेला 'इन्डोर' (घरभित्र) र 'आउटडोर' (खुला ठाउँ) दुवैखाले कार्यक्रम रहेकाले परराष्ट्र मन्त्रालयले मौसम पूर्वानुमान महाशाखासँग मौसमबारे 'मिल्दो अनुमान' मागेको छ। परराष्ट्रले मोदीको भ्रमणतालिका उपलब्ध गराई कुन–कुन कार्यक्रमका बेला पानी पर्ने सम्भावना छ भनी सूचना मागेको हो।
'खुला ठाउँमा कार्यक्रम आयोजना गरिने बेला पानी पर्ने सम्भावना रहेछ भने विकल्पका रूपमा इन्डोर कार्यक्रमको पनि व्यवस्था गर्न मौसमसम्बन्धी जानकारी मागिएको हो,' परराष्ट्र स्रोतले भन्यो।
विमानस्थलको अतिविशिष्ट कक्षमा हुने सम्मान कार्यक्रम, राष्ट्रपति यादवले शीतलनिवासमा दिने दिवाभोज, पाटन र भक्तपुर दरबार अवलोकन, लुम्बिनी दर्शनलगायत कार्यक्रममा पानी परे असर गर्ने भएकाले महाशाखासँग सही पूर्वानुमान मागिएको हो।
विशेष शाकाहारी परिकार
प्रधानमन्त्री कोइरालाले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा मोदीका लागि विशेष साकाहारी परिकार बनाउन भनिएको छ। मोदी साकाहारी भएकाले यस्तो व्यवस्था गरिएको हो।
नेपालको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्केकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको सम्मानमा परराष्ट्रमन्त्री पाण्डले होटल याक एन्ड यतिमा दिएको रात्रिभोजमा पनि साकाहारी परिकार राखिएको थियो।
दिल्लीस्थित नेपाली दूतावास सुनसान
भारतीय प्रधानमन्त्रीले १७ वर्षपछि गर्न लागेको नेपालको औपचारिक भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासलाई चटारो परे पनि दिल्लीस्थित नेपाली दूतावास भने सुनसान छ। करिब तीन वर्षदेखि नेपाली दूतावास राजदूतविहीन छ। यही कारण मोदीको भ्रमणका लागि दिल्लीस्थित नेपाली दूतावासबाट हुनुपर्ने काम काठमाडौंस्थित भारतीय दूतावासबाट भइरहेको स्रोत बताउँछ।
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा भारतका लागि नेपाली राजदूत उनलाई स्वागत गर्न यहाँ आउनु अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास हो। कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै तत्कालीन नेपाली राजदूत रुक्मशम्शेर राणालाई सरकारले फिर्ता बोलाएपछि उनको ठाउँमा अर्को राजदूत नियुक्त गरिएको छैन।
'राजदूतको सम्पर्क गर्ने पहुँच बेग्लै हुन्छ। त्यो पहुँचमा कार्यवाहक राजदूत पुग्न सक्दैन। त्यसै कारण जुन काम हामीले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयसँग गर्नुपर्ने हो, त्यो काम काठमाडौंमा रहेको भारतीय दूतावासमार्फत गर्नुपरेको छ,' स्रोतले भन्यो, 'भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणबारे कुनै पनि कागज अहिलेसम्म दिल्लीस्थित हाम्रो दूतावाससँग आदानप्रदान भएको छैन। यो हाम्रालागि लज्जाको विषय हो।'
मोदीको दुईदिने कार्यक्रम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमण सिलसिलामा आउँदो आइतबार बिहान १०:५० बजे विशेष विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्।
विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई प्रधानमन्त्री कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अन्य मन्त्री, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायतले स्वागत गर्नेछन्।
विमानस्थलबाट मोदी सिधै आफू बस्ने होटल ह्यात रिजेन्सी पुग्नेछन्। परराष्ट्रमन्त्री पाण्डेले बौद्धस्थित ह्यात रिजेन्सी पुगेर मध्याह्न मोदीसँग आधा घन्टा कुराकानी गर्नेछन्।
दिउँसोको खाना होटलमै खाएपछि नेपाली समकक्षी सुशील कोइरालालाई भेट्न मोदी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नेछन्। आधा घन्टा एक्लाएक्लै भेटवार्ता गरेपछि दुवै प्रधानमन्त्री सिंहदरबारमै हुने द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। त्यसपछि कोइराला र मोदीको उपस्थितिमा दुई देशका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
आइतबारै मोदी नयाँबानेश्वरस्थित संसद भवन जाने कार्यक्रम पनि छ। संसद भवनमा सभामुख सुवासचन्द्र नेम्वाङसँग १५ मिनेट कुराकानी गरेपछि मोदीले ४:५० बजे संसदलाई ४० मिनेट सम्बोधन गर्नेछन्। साँझ होटल ह्यातमा भारतीय राजदूत रेले आयोजना गर्ने रिसेप्सनमा उनी सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री कोइरालाले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।
दोस्रो दिन सोमबार बिहान साढे ९ बजे उनी पशुपतिनाथ मन्दिर पुग्नेछन्। उनको सोमबारको कार्यक्रम पशुपतिमा पूजापाठबाट सुरु हुनेछ। उनले ४५ मिनेट पशुपतिनाथको दर्शन तथा पूजापाठ गर्ने कार्यक्रम छ। त्यहाँबाट होटल फर्केर राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतलनिवास जानेछन्। उनी ३० मिनेट राष्ट्रपतिसँग कुराकानी गरेर शीतलनिवासमै राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। मोदीले शीतलनिवासमा पौन २ घन्टा बिताउनेछन्।
दिउँसो सवा १ बजे ह्यात होटलमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। त्यसपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्नेछन्। दुवैसँग आधा घन्टा भेटघाट हुनेछ। मधेसवादी दलका नेताहरूसँग सामूहिक रूपमा ४५ मिनेट कुराकानी गर्नेछन्।
राजनीतिक भेटघाटपछि मोदीले ह्यातमै आयोजित कार्यक्रममा व्यापारिक समुदायलाई सम्बोधन गर्नेछन्। त्यसपछि पाटन र भक्तपुर दरबारको दृश्यावलोकन गर्ने कार्यक्रम छ। उनी सोमबार ५:३५ बजे स्वदेश फर्कनेछन्। 'उहाँ (मोदी) को जनकपुर जाने कार्यक्रम सम्भव भएन। लुम्बिनी पनि सोमबार मौसमले साथ दिए मात्र जानुहुनेछ,' परराष्ट्रमन्त्री पाण्डेले भने।