काठमाडौं - झोले विद्यालय खडा गरेर रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका पूर्व प्रमुख जिल्ला शिक्षा अधिकारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।नक्कली विद्यालय खडा गरेर नेपाल सरकारको रकम विनियोजन गरेको पुष्टि भएको दावी गर्दै अख्तियारले जिल्ला शिक्षा कार्यालय, पर्साका तत्कालीन जिशिअ सदानन्द झा, कामु जिशिअहरू रामविनय कुमार सिंह र केदार तिवारी, निमित्त जिशिअ सुरेश प्रसाद सिंह, श्रोत व्यक्ति ईन्द्रजित श्रीवास्तव, ईन्जिनियर नविन कुमार सिंह, तत्कालीन प्रधानाध्यापकहरु जितेन्द्र यादव र गगनदेव यादव, निर्माण समितिका अध्यक्ष पन्नालाल यादव, र तत्कालीन अस्थायी शिक्षक रामपुकार यादवसमेत १० जनाविरुद्ध मुद्दा दायर गरेको हो।
मुद्दामा उनीहरुसँग ८७ लाख ७३ हजार ८ सय ३३ रुपियाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९,१२,१७ तथा ३(१), ३(१)(ख), ३(१)(घ), ३(१)(ङ) र ३(१)(च) बमोजिम सजायको माग गरिएको छ।
मुद्दामा उनीहरुसँग ८७ लाख ७३ हजार ८ सय ३३ रुपियाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९,१२,१७ तथा ३(१), ३(१)(ख), ३(१)(घ), ३(१)(ङ) र ३(१)(च) बमोजिम सजायको माग गरिएको छ।