काठमाडौं - भवन निर्माण संभार डिभिजन कार्यालयका तीन जना कर्मचारीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको टोलीले प्रमुख लेखा नियन्त्रक (उप सचिव) सुरेश किष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र प्रशासकीय अधिकृत रोशनकुमार कठायतलाई घुस लिएको ५० हजार रुपियाँसहित पक्राउ गरेको जनाएको छ।उनीहरुलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ।
यसैगरी विशेष भौतिक पुर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका अधिकृत कोमनन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई घुस लिएको रकम ४०-४० हजार रुपियाँसमेत पक्राउ गरेको छ।
यसैगरी विशेष भौतिक पुर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका अधिकृत कोमनन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई घुस लिएको रकम ४०-४० हजार रुपियाँसमेत पक्राउ गरेको छ।