काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला हुने बैठक तथा भेटघाटमा निजी मिडियालाई प्रवेश नदिने भएको छ। सुरक्षा संवेदनशिलताका कारण बैठक तथा भेटघाटमा सरकारी मिडियालाई मात्र प्रवेश दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदी दुई दिनको औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउँदैछन्।
नेपाल भ्रमणका बेला मोदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मेधसवादी दलका नेताहरुसँग छुट्टा-छुट्टै भेटघाट गर्ने कार्यक्रम छ। मोदी र कोइराला नेपाल–भारतबीच हुने द्विपक्षीय बैठकमा पनि सहभागी हुनेछन्। निजी मिडियाहरुले यी सबै कार्यक्रमको तस्बिर तथा भिडियो सरकारी मिडियाबाट लिनुपर्नेछ।
सुरुमा सेक्युरिटी कार्डका आधारमा निजी मिडियालाई बैठक तथा भेटघाट कार्यक्रममा सहभागी हुन दिने योजना बनाइए पनि मिडियाको संख्या धेरै र उपयुक्त ठाउँ नहुँदा सरकारी मिडियालाई मात्र प्रवेश दिने निर्णय गरिएको हो। प्रत्येक भेटघाट तथा बैठकबारे निजी मिडियालाई परराष्ट्रका सहसचिवद्वय अमृत राई र खगनाथ अधिकारी र परराष्ट्रकै सहायक प्रवक्ता भरतकुमार रेग्मीमध्ये एक जनाले ब्रिफिङ गर्ने जनाइएको छ। बैठक तथा भेटघाट सकिएको १० मिनेटभित्र उनीहरुले मिडियालाई ब्रिफिङ गर्नेछन्।
निजी मिडियालाई बैठक तथा भेटघाटमा भित्र प्रवेश नदिने भएकाले मिडियालाई जारी गर्ने भनिएको सेक्युरिटी कार्ड वितरण कार्यसमेत रोकिएको छ। मोदीको भ्रमणका बेला हुने कार्यक्रममा समाचार संकलन गर्न जाने निजी मिडियाका सञ्चारकर्मीले सूचना विभागले जारी गरेको विशेष पास भने साथमा बोक्नु पर्नेछ।
भारतीय प्रधानमन्त्री मोदी आइतबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भने सरकारी तथा निजी मिडिया दुवैले प्रवेश पाउनेछन्। तर, सरकारी मिडियालाई केही अगाडि र निजी मिडियालाई केही पछाडि राखिने तारतम्य मिलाइएको परराष्ट्रका सहायक प्रवक्ता रेग्मीले बताए। 'अतिविशिष्ट कक्षमा भारतीय प्रधानमन्त्रीज्यूले बोल्ने/नबोल्ने केही जानकारी आएको छैन,' उनले भने।
मोदीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ।