काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान नेपाल आउँदै छन्। मोदीको भ्रमणटोलीमा एकजना पनि मन्त्री सहभागी हुने छैनन्।भारतीय प्रधानमन्त्रीले १७ वर्षपछि गर्न लागेको नेपालको औपचारिक भ्रमणमा राष्ट्रिय सुरक्षा सल्लाहकार, सचिव र सहसचिवहरू मोदीका साथमा रहनेछन्। प्रधानमन्त्रीको औपचारिक भ्रमणमा विदेशमन्त्री सँगै जाने कूटनीतिक अभ्यास छ।
‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण दलमा उहाँका मन्त्री एकजना पनि आउनुहुन्न,' शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘प्रधानमन्त्री मोदीको साथमा भारतीय सुरक्षा सल्लाहकार, सचिव, सहसचिवहरू आउनुहुन्छ।'
साउन २६ र २७ गते काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा सहभागी हुँदा नै भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफू प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा आउन नसक्ने जानकारी दिएको उनले जनाए। मोदीको भ्रमणमा ठूला सहमति तथा सम्झौता नहुने भएपछि अन्य मन्त्री पनि भ्रमण दलमा नसमेटिएको हो।
‘भारतीय विदेशमन्त्रीले आगामी कात्तिक महिनामा काठमाडौंमा हुने सार्क शिखर सम्मेलनमा आउँछु भन्नुभएको छ। भ्रमण बेला कुनै सहमतिपत्रमा हस्ताक्षर गर्नुपरे दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धित मन्त्रालयका सचिवले गर्नुहुनेछ,' उनले भने।
मोदीले गत असार १ र २ गते प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण छिमेकी भुटानको गर्दा विदेशमन्त्री स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोमाल सँगै गएका थिए।
परराष्ट्रमन्त्री पाण्डेका अनुसार मोदीको नेपाल भ्रमणदलमा ७० देखि ७५ सदस्य रहने छन्। नेपाल–भारत द्विपक्षीय वार्तामा सहभागी हुने उच्च सरकारी अधिकारी, सञ्चारकर्मी, उद्योगी तथा व्यापारी र सुरक्षाकर्मीसमेत गरी मोदीको भ्रमण दलमा बढीमा ७५ जना रहने छन्। यीमध्ये २७ जनालाई मात्र नेपालले सेवा–सुविधा प्रदान गर्ने उनले जनाए।
आइतबार सिंहदरबारमा हुने नेपाल–भारत द्विपक्षीय वार्तामा दुवै देशबाट ९/९ जना प्रतिनिधि सहभागी हुने परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिए।
नेपालको दुईदिने भ्रमण सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आइतबार बिहान १०:५० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नेछन्। अतिविशिष्ट कक्षको प्रांगणमा भारतीय प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारत र १९ तोपको सलामी दिनेछ। विमानस्थलबाट सीधै बौद्धस्थित होटल ह्यात जाने मोदीलाई त्यहीँ परराष्ट्रमन्त्री पाण्डले शिष्टाचार भेट गरी कार्यक्रमबारे जानकारी गराउने छन्।
आइतबारै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोइराला र सिंहबीच आधा घन्टा एक्लाएक्लै (वान टु वान) भेटवार्ता हुनेछ। त्यसपछि सिंहदरबारमै नेपाल–भारत द्विपक्षीय वार्ता हुने परराष्ट्रमन्त्री पाण्डेले जनाए। वार्तामा सहमति जुटेका मुद्दामा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धीत मन्त्रालयका सचिवहरूले हस्ताक्षर गर्नेछन्।
द्विपक्षीय वार्ता सकिएपछि मोदी नयाँबानेश्वरस्थित संसद भवन पुगी सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गर्नेछन्। त्यहाँ उनले संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालको संसदीय इतिहासमा संसदभित्र सम्बोधन गर्ने उनी पहिलो विदेशी हुन्।
संसदलाई सम्बोधन गरेलगत्तै उनी होटल ह्यात फर्कने छन्। आइतबार साँझ नै उनी प्रधानमन्त्री कोइरालाले होटल सोल्टीमा दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।
सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ गई दर्शन र पूजाअर्चना गर्नेछन्। त्यसपछि शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने जनाइएको छ। भेटपछि राष्ट्रपतिले मोदीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसवादी दलका नेताहरू जानेछन्। सोमबार साँझ उनको स्वदेश फर्कने कार्यक्रम छ।