काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा विरोधका कार्यक्रम गर्ने तय गरेको नेकपा-माओवादीले पूर्व घोषित सबै कार्यक्रम स्थगित गरेको छ।'आज १८ गते देशव्यापीरुपमा आयोजना गरिएका विरोधका कार्यक्रमहरु हालका लागि स्थगित गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरेको व्यहोरा जानकारी गरिन्छ,' पार्टी अध्यक्ष मोहन वैद्यद्वारा जारी वक्तव्यमा भनिएको छ। वक्तव्यमार्फत् नै वैद्यले पार्टीका मोर्चा र संगठनहरुलाई विरोधका कार्यक्रम नगर्न आग्रह गरेका छन्।
'भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा नेपाल–भारतबीचमा जलस्रोत र ऊर्जा व्यापारको विषयलाई लिएर राष्ट्रिय हित प्रतिकूलका असमान सन्धि–सम्झौताहरु नगरियोस् भनी नेपाल सरकारको ध्यानाकर्षणका लागि विभिन्न विरोधका कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको र त्यसक्रममा आज १८ गते देशका विभिन्न भागहरुमा विरोध कार्यक्रम आयोजना गरिएकोमा पछिल्लो समयमा नेपाल सरकारको तर्फबाट ती सम्झौताहरु हालको लागि थप अध्ययन गर्नुपर्ने भएकोले स्थगित भएको भन्ने कुरा सरकारी स्रोतका साथै विभिन्न सञ्चार माध्यमहरुले पनि उक्त समाचार दिइरहेको हुनाले राष्ट्रिय हित विपरीत सन्धि–सम्झौताहरु फेरि पनि भविष्यमा नहोस् र राष्ट्रिय हित अनुरुपको सन्धि–सम्झौता गर्नुपर्दा पनि विभिन्न राजनीतिक दलहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गरियोस् भन्ने हाम्रो मागलाई यथावत् राख्दै आज १८ गते देशव्यापी रुपमा आयोजना गरिएका विरोधका कार्यक्रमहरु हालका लागि स्थगित गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरेको व्यहोरा जानकारी गरिन्छ ,' भनिएको छ।