काठमाडौं— दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराई केन्द्रित विकासको प्रस्ताव गर्ने मधेसवादी दलका नेताहरुलाई निरास पारेका छन्। भारत फर्किनु केही बेर अघि बौद्ध स्थित होटल हायतमा मधेसवादी नेताहरुसँग भेट गर्दै उनले क्षेत्रीयताको कुरा मात्र नगरी समग्र नेपालको सम्वृद्धिमा लाग्न आग्रह गरेका हुन्।
यसअघि भारतीय प्रधानमन्त्रीसँग नेताहरुले तराईमा विभेद हुने गरेकाले त्यसको अन्त्यका लागि नयाँ संविधानमा अधिकार सम्पन्न मधेशको व्यवस्था गर्न भारतको सहयोग होस् भन्ने प्रस्ताव राखेका थिए। मोदीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाउँदै हिमाल, पहाड, मधेस सबैतिरको विकासमा जोड दिए।
मोदीसँगको भेटमा सहभागी संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाका अनुसार उनी समक्ष मधेसी नेताहरुले हुलाकी राजमार्गको प्रस्ताव पनि गरेका थिए। 'जवाफमा उहाँले मधेस मात्र नभइ पहाड, हिमाल सबैतिर विकास हुनुपर्छ। मधेसको मात्र छुट्टै कुरा नगरी समग्र नेपालको सम्वृद्धि हुने प्रस्ताव ल्याउनोस् भन्नु भयो', उनले भने।
भेटमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता सहितका नेताहरु सहभागी थिए।