'सबैको भावना जोड्ने संघीय राज्य बनाउनुस्'
१९ साउन २०७१
•
१३ मिनेट पाठ
'सबैको भावना जोड्ने संघीय राज्य बनाउनुस्'
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाल, पहाड र तराईको भावना जोडेर संघीय राज्य निर्माण गर्न नेपाली नेतालाई सुझाव दिएका छन्। दुईदिने नेपाल भ्रमणको अन्तिम दिन सोमबार स्वदेश फर्किनुअघि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग होटल ह्यातमा भएको भेटघाटमा उनले संकुचित नभई समग्र राष्ट्रको हित चिताउन आग्रह गरे।




'हिमाल, पहाड र तराईको भावना जोडेर संघीयताको मोडल बनाउँदा फाइदा हुन्छ। त्यसमा तपाईंहरूको ध्यान जानुपर्छ,' मोदीको भनाइ उद्धृत गर्दै मधेसकेन्द्रित दलका एक नेताले नागरिकसँग भने, 'तीन प्रकारको भूगोलको फाइदा एकअर्काले लिन सक्ने गरी संघीय राज्य बनाउँदा राम्रो हुन्छ।' 
नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरूले भेटेपछि मधेसी नेताहरूले सामूहिक रूपमा मोदीसँग भेटवार्ता गरेका थिए। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई–मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनधिकार फोरम, गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता, एकीकृत नेकपा माओवादीका नेता प्रभु साह, नेपाली कांग्रेसका नेता अमरेश सिंहलगायतले मोदीलाई भेटेका हुन्। 
करिब ४० मिनेट भएको भेटघाटमा मधेसी नेताहरूले अधिकारसम्पन्न मधेस, विकास निर्माण, चुरे संरक्षण, मधेसमा हुलाकी मार्ग निर्माण पूरा गर्न, विद्युतीय रेलमार्ग निर्माणका लागि सहयोग गर्न मोदीलाई आग्रह गरेका थिए। 
जवाफमा मोदीले क्षेत्र र दलगत स्वार्थभन्दा माथि उठ्न नेताहरूलाई आग्रह गरे। 'संघीय गणतन्त्रको कुरामा मेरो समर्थन छ। मधेसको मात्र कुरा नगरौं, समग्र नेपालको कुरा गर्नुहोस्। समग्र देशकै विकास हुनुपर्छ,' मोदीको भनाइ उद्धृत गर्दै संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, 'हिमाल, पहाड र तराई जोड्ने गरी नेपालको विकास हुनुपर्छ भन्ने पक्षमा छु।' 
भेटमा नेपाली कांग्रेसका नेता सिंहले आइतबार संसदमा सम्बोधन गर्दा मधेस शब्द प्रयोग नगरी तराई भनेको भन्दै मोदीसमक्ष दुःखमनाउ गरेका थिए। 'हजुरले संसदलाई सम्बोधन गर्दा मधेसको ठाउँमा तराई शब्द मात्र प्रयोग गर्नाले हामीलाई कमजोर बनायो। तपार्इंले मधेसलाई अस्वीकार गर्नुभएको हो?' सिंहले जिज्ञासा राखेका थिए। 
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले 'त्यस्तो होइन' मात्र बताएका थिए। 'भेटमा मधेसी नेताहरूले नेपालको राज्यसत्ताबाट मधेसी समुदायलाई विभेद गर्ने गरिएको, भारतले नेपालको विकासका लागि दिने सहयोग बढी मात्रामा पहाडकेन्द्रित योजनामा खर्च गर्ने गरिएको तथ्य बताए,' तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले भने, 'उहाँ (मोदी) ले नेपालको विकासका लागि पहाड र मधेसबीचको दूरी घटाउँदै जानु उपयुक्त हुने बताउनुभयो।' 
भेटमा मधेसवादी दलका नेताले चुरे विनास हुँदा तराई र भारतको बिहार दुवैलाई असर गर्ने बताउँदा मोदीले चुरे संरक्षणमा आफू 'पोजेटिभ' रहेको बताए। भेटमा फोरम नेपालका अध्यक्ष यादवले आदिवासी जनजातिले उठाएका मुद्दालाई सहयोग गर्न मोदीसँग आग्रह गरेका थिए। जवाफमा मोदीले 'यो लोकतन्त्रको प्रक्रिया नै हो' भनी संक्षिप्त जवाफ दिएका थिए। 
'सबैलाई समेट्ने संविधान बनाउनुस्। संघीय लोकतान्त्रिक गणतन्त्रबाट नभाग्नुस्,' मोदीको भनाइ उद्धृत गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने। 
मधेसवादी दलका नेताहरूले आफूहरूलाई राज्यले विभेद गरेको भन्दै विचार गरिदिन मोदीलाई आग्रहसमेत गरेका थिए। 'दलभन्दा माथि उठेर देशबारे सोच्नुहोस्, मेरो सहयोग छ,' राजनीतिक दलका नेतासँग भएको भेटमा मोदीको भनाइ उद्धृत गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अबकरुदिनले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने। 
मोदीले सबैभन्दा पहिला नेकपा एमालेका नेताहरूसँग कुराकानी गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीका साथमा वामदेव गौतम, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली, विद्या भण्डारी, ईश्वर पोखरेल, भीम रावल र राजन भट्टराई मोदी भेट्न सोमबार दिउँसो होटल ह्यात पुगेका थिए। एमाले अध्यक्षमा निर्वाचित भएकोमा ओलीलाई मोदीले बधाई दिएका थिए। 
३० मिनेट जति भएको भेटमा ओलीले नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै दुई देशबीचका समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताए। समस्या समाधानका लागि पनि उच्चस्तरीय राजनीतिक भेटघाट भइरहनुपर्ने उनले जनाए। संविधान निर्माण कार्य निर्धारित समयभित्रै हुने आश्वासन ओलीले दिएका थिए। ओलीले भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) गर्न नेपाल सकारात्मक रहेको समेत जनाए। एमाले नेताहरूसँगको भेटमा मोदीले नेपालको संविधान निर्माणमा भारतको कुनै हस्तक्षेप नहुने स्पष्ट पारेका थिए। 
भेटघाटमा सहभागी एमालेका उपाध्यक्ष भीम रावलका अनुसार मोदीले पारस्परिक हितका आधारमा समझदारी बनाई अघि बढ्नुपर्ने बताएका थिए। एमाले नेताहरूले पिटिए र पिडिएको कुरा उठाउँदा मोदीले पिडिए राम्रोसँग हेर्न नभ्याएको जनाए। 'अब जतिसक्दो छिटो ऊर्जाका विषयमा दुई देशले निर्णय गरी अघि बढ्नु राम्रो हुन्छ। निर्णय तपार्इंको हातमा छ सहयोग गर्न हामी तयार छौं,' मोदीको भनाइ उद्धृत गर्दै रावलले भने। 
परराष्ट्रमन्त्रीसमेत रहेका एमाले नेता महेन्द्रबहादुर पाण्डेका अनुसार मोदीलाई सार्क सचिवालय काठमाडौंमा रहेकोले सार्क बैंकको कार्यालय पनि काठमाडौंमा राख्न आग्रह गरिएको थियो। 'हाम्रो प्रस्ताव उहाँले स्विकार्नुभयो। अन्य सार्क सदस्य राष्ट्रसँग छलफल गरेर निर्णय लिने कुरा भएको छ,' पाण्डेले भने। 
एमाले नेताहरू बाहिरिएपछि मोदीलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका साथमा नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका थिए। भेटघाटबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले मोदीसँगको भेटलाई 'उपलब्धिमूलक र ऐतिहासिक' भएको बताए। 'भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ,' दाहालले संक्षिप्त प्रतिक्रिया जनाए। 
नेपालमा स्थायित्व र आर्थिक समृद्धि हुनुपर्छ भन्नेमा मोदी स्पष्ट रहेको माओवादी नेताहरूको धारणा थियो। मोदीको चाहना संविधान समयमै बनोस् भन्ने थियो। माओवादीसँग मोदीले शान्ति प्रक्रिया र संविधान लेखनमा केन्द्रित भई कुराकानी गरेका थिए। माओवादी नेताले आफूहरू शान्ति प्रक्रियाबाट नभाग्ने र समयमै संविधान जारी गर्ने विश्वास मोदीलाई दिए। 'शान्ति प्रक्रियाप्रति प्रतिबद्ध छौं भन्ने विश्वास हामीले दिलायौं,' एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री भट्टराईले भने। 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सोमबार नै मोदीसँग २० मिनेट भेटवार्ता गरेका थिए। भेटमा थापाले नेपालमा दुईवटा धार रहेको जनाउँदै त्यसमध्ये एउटा धारको नेतृत्व आफूले गरेको दाबी गरेका थिए। 'संविधान निर्माणका सन्दर्भमा गणतन्त्र कि राजासहितको प्रजातन्त्र, धर्म निरपेक्षता कि हिन्दुराष्ट्र, संघीयता कि स्थानीय स्वायत्त शासन भन्ने जस्ता विषय छलफलकै क्रममा छन्। यी विषय आन्तरिक मामिला भएकाले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले सकारात्मक र रचनात्मक धारणा दिनुपर्छ,' थापाले भनेका थिए।
जवाफमा मोदीले असल छिमेकीका हिसाबले नेपालमा यथाशक्य चाँडो संविधान निर्माण हुन सकोस् भन्ने कामना गरेका थिए। मोदीले संविधान निर्माणमा भारतको भूमिका तटस्थ रहनेसमेत थापालाई स्पष्ट पारेका थिए। थापाले नेपालमा केही समयदेखि संगठित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन भइरहेको, धर्म परिवर्तनको निशानामा आदिवासी, दलित, जनजाति र अल्पसंख्यक समुदाय परिरहेको जानकारी मोदीलाई दिएका थिए। प्रत्युत्तरमा मोदीले यस विषयमा आफूलाई थाहा भएको र विषय गम्भीर भएकाले यस सम्बन्धमा थप जानकारी हासिल गर्ने जनाएका थिए। 
यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला र पूर्णबहादुर खड्काले पनि मोदीसँग भेटवार्ता गरेका थिए। मोदी र कांग्रेस नेताहरूबीच द्विपक्षीय सम्बन्ध, संविधान लेखनलगायत विषयमा छलफल भएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस