काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ जनाको टोली अनियमितता छानवीनका लागि वीर अस्पताल आएको छ। आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सकलाई तत्काल काममा फर्किन अख्तियारको टोलीले आग्रह गरेको छ।
हड्तालमा उत्रिएका अधिकांश सरकारी खर्चमा पढ्न आएको हुनाले उनीहरुको दायित्व जनताप्रति हुनुपर्ने निष्कर्ष निकाल्दै तत्काल हड्ताल रोकेर काममा फर्किन अख्तियारले आग्रह गरेको हो। तत्काल काममा नफर्किए जुन जुन निकायमार्फत् उनीहरु यहाँ पढ्न आएका हुन् त्यही निकायमार्फत् कारवाही गराउन बाध्य हुने अख्तियारका सह न्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाले नागरिकन्युजलाई बताए।
मंगलबार दिउसो अस्पताल आइपुगेको अख्तियार टोलीले सबै हाजिर कपी चेक गर्नुका साथै, विभागको जिम्मेवारी पाएका चिकित्सक ड्युटीमा भए नभएको जाँच गरेको छ। टोलीले दुई वर्षयता अस्पतालले खरिद गरेका सम्पूर्ण फायल समेत नियन्त्रणमा लिएको छ।
छानवीनका क्रममा अधिकांश चिकित्सक, बरिष्ठ चिकित्सकले हाजिर नगरेको पाइएको छ।
केही दिन अघि पनि अख्तियारको टोली वीर अस्पताल आएर चिकित्सकको माग पूरा गर्ने अग्रसरता अख्तियारले लिने भन्दै आन्दोलनरत चिकित्सकलाई काममा फर्किन आग्रह गरेको थियो।
सिटी सक्यान खरिद, दीक्षान्त समारोह र पदाधिकारी नियुक्ति लगायतका माग गर्दै २७० आवासीय चिकित्सकहरु काम बन्द गरी आन्दोलनमा छन्।