केयुमा मेडिकल कजेल सम्बन्धन खुला
२० साउन २०७१
•
१० मिनेट पाठ
केयुमा मेडिकल कजेल सम्बन्धन खुला
काठमाडौं-काठमाडौं विश्वविद्यालयले क्षमता नभएको भन्दै बन्द गरिएको सम्बन्धन खुला गरेको छ। सम्बन्धन खुलापछि विराटनगरस्थित विराट मेडिकल कलेज र भैरहवास्थित देवदह मेडिकल कलेजले सम्बन्धन पाएका छन्।

केयुका एकेडेमिक म्यानेजर दीपकप्रसाद दाहालले पछिल्लो बैठकले दुई कलेजलाई सम्बन्धन दिने सैद्धान्तिक निर्णय गरेको जानकारी दिए। 'आगामी अगस्टमा सुरु हुने भर्ना प्रक्रियामा नै भर्ना खोल्न मिल्ने–नमिल्नेबारे भने थप अनुगमनपछि निर्णय हुन्छ,' उनले नागरिकसँग भने। केयुले सम्बन्धन दिने निर्णय भएको जानकारी नेपाल मेडिकल काउन्सिललाई समेत दिइसकेको छ।

सम्बन्धन दबाब थेग्न नसकेकै कारण तत्कालीन उपकुलपति डा. सुरेशराज शर्माले २०६९ कात्तिक २४ गते राजीनामा दिएका थिए। माओवादीनिकटले सञ्चालन गरेको देवदहलाई सम्बन्धन दिन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र शिक्षामन्त्री दीनानाथ शर्माले सिनेट बैठकमा दबाब दिएपछि शर्माले त्तकालै राजीनामा दिएका थिए।

लामो विवादपछि शर्माको ठाउँमा उपकुपति नियुक्त भएका डा. रामकष्ठ माकाजुले पनि दबाबमा आएर सम्बन्धन नदिने दाबी गरेका थिए। तर, अहिले माकाजुले नै नेतृत्व गर्ने सिनेटले सम्बन्धन दिने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालयको भन्दा कमजोर पूर्वाधार भएको केयुअन्तर्गत धुलिखेलसहित आठ मेडिकल कलेज सञ्चालनमा छन्।

दाहालका अनुसार विश्वविद्यालयले केही दिनभित्रै सम्बन्धन पाएका कलेजमा भर्नाका लागि सिट तोकेर काउन्सिलमा पठाउँछ। त्यसपछि काउन्सिलले पुनः अनुगमन गरेर अन्तिम सिट निर्धारण गर्छ। दाहालले यसअघि सिनेटले परीक्षालगायत एकेडेमिक गतिविधि सञ्चालन गर्ने क्षमता नभएको भन्दै सम्बन्धन नदिइएको बताए। 'अब केही वर्ष अरू कलेजलाई दिन सकिन्न,' दाहालले भने, 'हाल केयुबाट सम्बन्धन लिन कुनै निवेदन परेको पनि छैन।'

उनले प्रारम्भिक रिपोर्टका आधारमा सम्बन्धन दिइएको भन्दै केही पूर्वाधार पूरा गर्न बाँकी भए अर्को वर्षदेखि मात्रै भर्ना अनुमति दिन सकिने बताए।

केयु स्रोतका अनुसार २०६९ मा डा. शर्मा उपकुलपति रहेका बेलाको केयुको मेडिकलतर्फ प्राज्ञिक र भौतिक पूर्वाधारमा कुनै परिवर्तन आएको छैन। तर, राजनीतिक दबाब र ठूलो आर्थिक चलखेलमा केयुले पुनः सम्बन्धन खोलेको स्रोतले दाबी गरेको छ।

त्रिविले सम्बन्धन दिन नमानेपछि केयुले सन् १९९४ पहिलोपटक मणिपाललाई सम्बन्धन दिएको थियो। आफ्नै शिक्षण अस्पताल र मेडिकल फ्याकल्टी नभए पनि केयुले सम्बन्धन खोलेको थियो। केयुले पछिल्लोपटक सन् २००९ मा पाल्पास्थित लुम्बिनी मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो। सम्बन्धनका लागि देवदहले २००८ मा र विराटले २००९ मा केयुमा निवेदन दिएका हुन्।

केयुको ४७ औं सिनेट बैठकले २०६५ सालमै टोली खटाएर देवदह कलेजको पूर्वाधारको अनुगमन गरेको थियो। काउन्सिलले कहिले पूर्वाधार नपुगेको भन्दै त कहिले ती विश्वविद्यालयले नसक्ने भन्दै सम्बधन दिन आनाकानी गरेको थियो। त्यसको केही वर्षपछि नोबल मेडिकल कलेजसँगको विवादपछि छुट्टिएको समूहले नै विराट खोलेका हो।

अरू कलेज सलबलाउँदै

भएकै मेडिकल कलेजलाई विद्यार्थी र शिक्षक पाउन धौ–धौ भइरहेका बेला १५ मेडिकल कलेज शिक्षा मन्त्रालयबाट सञ्चालन अनुमति मनसायपत्र (लेटर अफ इन्टेन्ड) लिएर विश्वविद्यालयको सम्बन्धन कुरेर बसेका छन्।

पछिल्ला समय टियु र केयुले सम्बन्धनको ढोका बन्द गरेका थिए। डा. गोविन्द केसीले दुईपटक गरी २२ दिन अनशन बस्दा पनि थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने प्रमुख माग राखेका थिए।

उक्त माग सम्बोधन गर्न गठित पूर्व शिक्षासचिव डा.जयराम गिरीको समितिले पनि अर्को मेडिकल कलेज सञ्चालन भइरहेको क्षेत्रमा नयाँ सम्बन्धन नदिन सिफारिस गरेको थियो। भर्खरै सम्बन्धन पाएका दुवै कलेज भएका ठाउँमा एक–एक मेडिकल कलेज सञ्चालनमा छन्।

केयुले सम्बन्धन खोलेसँग त्रिविअन्तर्गत सम्बन्धनको पर्खाइमा रहेका चार विवादित मेडिकल कलेज मनमोहन, काठमाडौं नेसनल, पिपल्स डेन्टल र नेपाल प्रहरीको मेडिकल कलेजले सम्बन्धन प्रक्रिया ब्युँताउन लबिङ थालेका छन्।

आइओएम (चिकित्सा शास्त्र अध्ययन संस्थान) का एक सहायक डिनले दिएको जानकारीअनुसार मनमोहनले प्रस्ताव संसदमै लगेर प्रतिष्ठानका रूपमा सम्बन्धन लिने तयारी गरेको छ। 'अन्य कलेज सञ्चालकले समेत मन्त्रिपरिषदमै प्रस्ताव लगेर आइओएमलाई विशेष निर्देशन दिएरै सम्बन्धन खोल्ने तयारीमा लागेका छन्,' ती अधिकारीले भने, 'अब रोक्न सकिन्नजस्तो छ,'

सम्बन्धनका लागि दबाब दिएको भन्दै गत वर्ष आइओएमका डिन डा. प्रकाश सामयीले समेत फ्याकल्टी बोर्डबाट सम्बन्धन बन्द गराएका थिए। त्यसको विकल्पमा त्रिविले चोरबाटोबाट सम्बन्धन दिलाउन खोजेपछि अख्तियारले हस्तक्षेप गरेको थियो। त्यसपछि डा. केसी अनशन बसेका थिए।

निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) का सम्बन्धमा बनेको आधारभूत नीति २०६३ ले यस्ता कलेज सञ्चालनका लागि विभिन्न स्वायत्त निकायको भूमिका तय गरेको छ। शिक्षा मन्त्रालयबाट मनसाय पाएपछि लागानीकर्ताले प्रत्येक वर्ष गरेको पूर्वाधार विकासका आधारमा तेस्रो वर्षभित्र काउन्सिलले प्रारम्भिक अनुगमन गरेर सञ्चालन हुन सक्ने/नसक्ने सुझाव एवं स्वीकृति दिन्छ। त्यसका आधारमा विश्वविद्यालयले सम्बन्धन दिन्छ र त्यसपछि काउन्सिलले विद्यार्थी कोटा तोकेपछि काउन्सिलले नै अन्तिम स्वीकृति दिन्छ।

शिक्षा मन्त्रालयबाट ८ वर्षयता मनसायपत्र लिएका १५ मेडिकल कलेजमध्ये झन्डै आधाले नेपाल मेडिकल काउन्सिलबाट समेत स्वीकृत पाइसके पनि विश्वविद्यालयले सम्बन्धन दिएका छैनन्। विश्वविद्यालयका अधिकारी र हाल रहेका मेडिकल कलेजका सञ्चालकहरू अब थप मेडिकल कलेज नेपालले धान्न नसक्ने भन्नेमा एकमत छन्।

करोडौंको लगानी जोखिम मोलेर कलेज अगाडि आउने क्रमले अझै कमजोर विद्यार्थीले पैसाका भरमा पढ्ने मौका पाउने चिकित्सकहरू बताउँछन्। कलेज सञ्चालकहरू भने प्रशस्त आम्दानी हुने देखेर सम्बन्धन एवं स्वीकृतिका लागि प्रत्येक स्टेपमा 'पैसा खुवाउन' तयार हुने गरेको जानकारहरू बताउँछन्। मन्त्रालयदेखि, काउन्सिल र विश्वविद्यालयमा कलेज खोल्न दिने र नदिने पक्षका दलालहरू सक्रिय रहेको उनीहरूको भनाइ छ। पछिल्ला दिनमा राजनीतिक नेतृत्वलाई विश्वासमा लिएर हिँड्ने चलन बढेको छ।

नेपालमा त्रिवि, केयु, पाटन, धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय धुलिखेल र नेपाली सेनाको समेत गरी १७ वटा मेडिकल कलेज छन्। मेडिकल पढ्ने विद्यार्थी मात्रै २ हजार हाराहारीमा छन्। तीमध्ये झन्डै ६ देखि ७ सय भारतीय विद्यार्थी कोटामा अध्ययन गर्छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस