काठमाडौं- भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)ले नेपालको आन्तरिक मामलामा कुनै हस्तक्षम नगर्नेमा विशेष जोड दिएको छ। भारतका प्रधानमन्त्री तथा बिजेपी नेता नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा सो कुरा बताएका थिए। उनले नेपाल भ्रमणका क्रममा व्यक्त गरेको विचारलाई बिजेपीको संसदीय दलको बैठकले अनुमोदन गरेको हो।
बिजेपी संसदीय दलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'बिजेपीले मोदीको नेपाल भ्रमण ऐतिहासिक र सफल भएकोमा बधाई दिन चाहन्छ। यसलाई सफल भ्रमणका रुपमा अनुमोदन गर्दछ।' नेपालको अन्तरिक मामलामा हस्तक्षप नगर्ने र नेपाले चाहेमा सहयोग तथा सहकार्य गर्ने भन्ने प्रधानमन्त्रीको भनाइलाई सर्वस्मत पारित गरेको विज्ञप्तिमा जनाइएको छ।
संसदीय व्यवस्था मन्त्री वेङ्केय नायडुले गरेको उक्त प्रस्ताव सर्वसम्मतले पारित गरिको हो। त्यस्तै बिजेपीले नेपालको संसदलाई संवोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।
मोदीले साउन १८ र १९ गते नेपालको औपचारीक भ्रमण गरेका थिए। उनले सोमबार नेपालको संसदलाई संवोदन गरेका थिए।