काठमाडौं– राप्रपा नेपालले दिलविकास राजभण्डारीलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले राजभण्डारीको विषयमा छानविन गरी थप कारबाहीका लागि प्रस्ताव प्रस्तुत गर्न निर्देशन समेत दिएको छ।पार्टीको विधान हित र एकता विपरित गतिविधमा प्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै निलम्बन गरिएको राप्रपाका सहप्रवत्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी राप्रपाले केन्द्रीय सदस्य सगुन लावती र राजाराम श्रेष्ठलाई तीन दिन भित्र लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। उनीहरुलाई पार्टीको एकता र हितमा असर पुग्ने गरी समानान्तर संगठन र भेला गर्ने कार्यमा संलग्न रहेको आरोप लागेको छ। राजभण्डारीको होटलमा अध्यक्ष थापासँग असन्तुष्ट पक्षले बैठक गरी असोजको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो।