काठमाडौं— एकीकृत नेकपा माओवादीका असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षधरका छुट्टै भेला सानेपास्थित निवासमा जारी छ। संस्थापन पक्षले भट्टराई पक्षका नेतामाथि कारवाही गरेको सन्दर्भमा दिउसो १ बजेदेखि बैठक जारी छ।
आफू निकट दुई केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले निलम्बन गरेपछि भट्टराई पक्षले छुट्टै भेला बोलाएको हो। 'प्रचण्ड पक्षले हाम्रा नेतालाई कारवाही सुरु गरे पछि अब कसरी अघि जाने भन्ने बारेमा बैठकमा छलफल हुदैँछ', भट्टराई निकट एक केन्द्रीय सदस्यले नागरिकन्युजसँग भने, 'बैठकबाट आएको निष्कर्षसहित हामी अब अघि बढने छौ ।'
उनका अनुसार संस्थापन पक्ष पार्टी विभाजनको पक्षमा रहेको निष्कर्ष भट्टराई पक्षले निकालेको छ। भेलाका लागि हिजो साँझ नै भट्टराईको सचिवालयवाट केन्द्रीय तथा जिल्ला अध्यक्षलगायतका प्रभावशाली नेताहरुलाई खबर गरिएको थियो। काठमाडौंमा उपलब्ध रहेका केन्द्रीय नेताहरु सानेपामा छलफल गरिरहेको ती नेताले बताए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरबीच विवाद चुलिँदै गएको बेला एमाओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ। भदौ ११ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको हो।
'भदौं १० गते केन्द्रीय कार्यालयमा सम्पर्क गर्ने तथा ११ गतेबाट केन्द्रीय समिति बैठक गर्ने निर्णय भएको छ,' सचिव गिरिराजमणि पोखरेलले नागरिकन्युजसँग भने, 'पार्टी भित्रका सबै समस्याको समाधान सोही बैठकबाट खोजिनेछ।'
संस्थापन पक्षले भट्टराई पक्षका नेताहरु गंगानारायण श्रेष्ठ तथा रामरिझन यादवलाई कारवाही गरेपछि पार्टी विभाजनतर्फ लागेको भन्ने चर्चा भइरहेका बेला केन्द्रीय समिति बैठक मिति तय भएको हो।

केन्द्रीय समिति बैठक भदौ ११ देखि