काठमाडौँ- नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पूर्व निर्धारित यही साउन २५ को सट्टा २७ गते हुने भएको छ। साउन २५ गते जनैपूर्णिमा परेका कारण बैठक दुई दिनपछि सरेको हो।एमालेका सचिव योगेश भट्टराईले बैठक दुई दिनपछि सरेको जानकारी केन्द्रीय कार्यालयबाट आएको बताए। एमालेको यही साउन २ गतेको पहिलो बैठकले कार्यसूची निर्धारण गरी दोस्रो बैठक तय गरेको थियो।
एमालेले दोस्रो बैठकका लागि महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरुको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थिति, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसद्को कामलगायतका कार्यसूची तय गरिएको छ।
एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराईले बैठकका लागि अन्य तयारीका कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार पहिले बैठकले निर्णय गरेअनुसार महाधिवेशनबाट पारित विधान संशोधन र दस्तावेजलाई अन्तिम रुप दिन गठित कार्यदलले आफ्नो काम गरिरहेको छ।
महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरुप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन भएका थिए। यसका राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली छन् भने सङ्गठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।
एमालेको नवौँ महाधिवेशन गत असार १९ देखि साउन १ गतेसम्म सञ्चालन भएको थियो।