दाहाल संविधान लेखनबाट भाग्लान्?
२२ साउन २०७१
•
७ मिनेट पाठ
दाहाल संविधान लेखनबाट भाग्लान्?
काठमाडौं- एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधान लेखन प्रक्रियामा उदासीन बनेको र भाग्दै गरेको आरोप निरन्तर लगाउँदै आएका छन्। विराटनगर सम्मेलनमा पेस गरेको सातबुँदे टिप्पणी (फरक मत) मा भट्टराईले पहिला यो विषयमा लिखित रूपमै आरोप लगाएका थिए।त्यसयता उनले यो आरोप निरन्तर रूपमा लगाउँदै आएका छन्। पछिल्लो समय भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखे, 'मूल नेतृत्व संविधान लेखनप्रति उदासीन छ अर्थात भाग्दैछ, त्यसैले संविधान लेखनको कार्यनीति पार्टीले तत्काल अघि ल्याउनुपर्छ।' 
भट्टराईले उतिबेला विराटनगरमा भनेका थिए, 'पहिलो संविधानसभाको निर्वाचनमा पार्टीले उल्लेखनीय सफलता हात परेपछि मूलतः पार्टीभित्र कायम रहेको दुईलाइन संघर्षका कारणले पार्टीको नेतृत्वमा संविधान बन्न सकेन र त्यसले पार्टी तथा क्रान्तिलाई निकै ठूलो नोक्सान पुर्याटयो, दोस्रो संविधानसभा निर्वाचनमा पार्टीको स्थान निकै खस्किए पनि अझै संविधानसभाबाट संविधान बनाउने सम्भावना छ र त्यसनिम्ति इमान्दारीपूर्ण प्रयत्न गर्नु पार्टी र क्रान्तिको हितमा नै हुन्छ।' दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा संविधान निर्माण असम्भव भएको उल्लेख गरेपछि त्यसको प्रतिवाद गर्दै भट्टराईले संविधान लेखनबाट दायाँबायाँ लाग्न नहुने बताएका थिए। 
भट्टराईले लिखित रूपमा नै उक्त विषय राखेपछि दाहालले काठमाडौं आएर पटक–पटक आफू संविधान लेखनबाट भाग्न नखोजेको र त्यसमा कुनै सत्यता नभएको भन्दै प्रस्टीकरण दिए। तर, त्यसको छ महिनापछि संविधानसभा निर्वाचन बहिष्कार गरेको तथा हाल विघटनको माग राख्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग दाहालले कार्यगत एकताको घोषणा गरे। लगत्तै, उनले 'संविधानसभाको यही संरचनाबाट जनताको संविधान बन्ने सम्भावना छैन, त्यसका लागि बाहिर र भित्र दुवैतिरबाट दबाब दिनु अनिवार्य हुँदै गएको' बताए। नभन्दै, वैद्यसहित तराई–मधेसकेन्द्रित पाँच राजनीतिक दल तथा जातीय राज्यको एजेन्डा उठाउने अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग दाहालले मोर्चाबन्दी गरे। यो मोर्चाबन्दीमा 'मधेस मुद्दा सम्बोधन नभए संविधानसभाको प्रक्रियाबाट बाहिरिने' औपचारिक निर्णय गरिसकेको राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीलगायत तराई–मधेसकेन्द्रित दल पनि समावेश छन्। 
अहिले एमाओवादीभित्र विवाद बढेपछि भट्टराईले फेरि 'दाहाल संविधान लेखन प्रक्रियाबाट भाग्न खोजेको' आरोप लगाएका छन्। पार्टी पुनर्निर्माण र संविधान निर्माणमा लाग्नुपर्ने बेला संस्थापन पक्षले व्यक्ति छानी–छानी मनपरी कारबाही गरेको बताउँदै भट्टराई पक्षको भेलाले 'गंगा श्रेष्ठ र रामरिझन यादवमाथिको कारबाहीको प्रसंगले कतै संविधान निर्माण र पार्टी पुनर्निर्माण दुवै ऐतिहासिक दायित्वबाट पार्टीलाई भगाउन र मूल नेतृत्व भाग्न खोजेको त होइन?' भन्ने गम्भीर आंशका उत्पन्न भएको निष्कर्ष निकाल्यो। भट्टराई पक्षले संस्थापन पक्षसँग संविधान लेखनको कुनै कार्ययोजना नभएकाले संविधान लेखनबाट भाग्न खोजेको आरोप लगाएको छ।
संविधान लेखनबाट अध्यक्ष दाहाल भाग्न खोजिरहेको भट्टराईले पटक–पटक औंल्याए पनि दाहालनिकट नेता भने त्यसलाई स्वीकार गर्दैनन्। 'पार्टीभित्र अनैतिक र अवैधानिक गतिविधि गर्दै हिँडेपछि त्यसबाट बच्न र 'इस्यु' लाई 'डाइर्भट' गर्न यस्तो आरोप लगाएर बाहिरी जनमत लिन खोजेको जस्तो देखिन्छ,' दाहालनिकट नेता हरिबोल गजुरेलले नागरिकसँग भने, 'हिजोका दिनमा सेना समायोजन गर्न तयार हुने बाबुरामजीले आफू प्रधानमन्त्री हुँदा किन संविधान बनाउनुभएन? अहिले चाहिँ म गम्भीर छु, अरू छैनन् भन्नुभयो। खासमा अरू मुद्दा नभएपछि अध्यक्ष संविधान लेखनप्रति उदासीन नभएको तथा भाग्न खोजेको आरोप लगाउनुभएको हो।' पार्टीको नीति र विधिभन्दा बाहिर गएका भट्टराई पछिल्लो समय कांग्रेस र एमालेको एजेन्डामा आधारित संविधान बनाउन लागिपरेको गजुरेलको आरोप छ। 
दाहालपक्षीय अर्का नेता जनार्दन शर्माले वैद्य नेतृत्वको माओवादीसहितलाई संविधान लेखनमा समावेश गराउन प्रयास गरिरहेका अध्यक्ष दाहालमाथि भट्टराईले आरोप लगाउनु 'मिडिया स्टन्ट' भन्दा बढी केही नभएको टिप्पणी गरे। 'संविधान लेखेर मात्रै होइन, कार्यान्वयन पनि महत्वपूर्ण पाटो हुने भएकाले अध्यक्ष त्यसका लागि प्रयास गरिरहनुभएको छ,' शर्माले नागरिकसँग भने, 'सबैका लागि सहमति हुने संविधान बनाउन पहल गरिरहनुभएका अध्यक्षमाथि बाबुरामजीले लगाएको आरोप आकाश थुकी मुखमा छिट्टा जस्तै हो।' पछिल्लो समय 'नयाँ शक्ति' को बहस गराइरहेका भट्टराईले आफूप्रति बाहिरी सहानुभूति जुटाउन र पार्टीका नीति र विधि उल्लंघन गरेको विषयलाई ढाकछोप गर्न मात्रै यस्तो आरोप लगाएको शर्माको भनाइ छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस