पोखरा- उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्ने र त्यो सम्भव नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार पत्रकार नारायण कार्कीलाई आज यहाँ वितरण गर्दै उनले कार्यतालिकाअनुसार नै संविधान निर्माणको काम अघि बढिरहेको बताए।
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण होस् भन्ने पोखरेलीहरुको तीव्र अभिलाषा रहेको आफूले पाएको बताउँदै उनले सबै विधि र प्रक्रिया पुर्याएर चाँडो विमानस्थल निर्माण कार्य थालिने जानकारी दिए।
प्रजातन्त्रका सेनानी स्व दयाशङ्कर पालिखेको स्मृतिमा उनको परिवारद्वारा स्थापित राष्ट्रियस्तरको उक्त पुरस्कारको राशि रु ३३ हजार ३३३ र सम्मानपत्र रहेको छ।
पुरस्कृत व्यक्तित्व कार्की पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक तथा बिबिसी नेपाली सेवाको पोखरास्थित संवाददाता हुन्।
महासङ्घका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिखे परिवारका तर्फबाट सोनिमा पालिखे, पुरस्कृत व्यक्तित्व कार्की, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए।