अर्थमन्त्री महतको चीन भ्रमणमा के के भयो ?
२४ साउन २०७१
•
६ मिनेट पाठ
अर्थमन्त्री महतको चीन भ्रमणमा के के भयो ?
काठमाडौं- नेपाल र चीनबीच प्रभावकारी संयन्त्रको रुपमा रहेको सचिवस्तरीय समितिलाई सक्रिय गराई दुई मुलुकबीचको व्यापारिक समस्या समाधान गर्ने सहमति भएको छ।सो अवसरमा बैठक नियमितरुपमा गर्ने सहमति पनि भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री रामशरण महत र चीनका वाणिज्यमन्त्री गाओ होचेङबीच बेइजिङमा भएको छलफलपछि उक्त सहमति भएको हो। समितिको बैठक बिनाकारण बिगत ७ बर्षदेखि बस्न सकेको छैन।

यसले गर्दा नेपालको चीनसँगको व्यापार तथा कारोबारमा बेलाबेलामा बिभिन्न समस्या आउने गरेका छन। यिनै समस्याका कारण पनि चीनसँगको नेपालको व्यापार बढ्न नसकेको व्यवसायीहरुको गुनासो रहँदै आएको थियो। अहिले चीनसँग नेपालको व्यापारघाटा करिब ६५ अर्ब पुगिसकेको छ।

चीनतर्फ निर्यात ३ प्रतिशत र आयात ११ प्रतिशतले बढिरहेको छ। अर्थमन्त्री महतले सचिवस्तरीय बैठक निरन्तर आयोजना गरी दुई देशबीचको व्यापार सहजीकरण गर्न अनुरोध गरेपछि चीनका वाणिज्यमन्त्री होचेङले समितिको बैठकलाई नियमित गर्ने बचन दिएका हुन। वाणिज्यमन्त्री होचेङले भने, 'बिना कारण लामो समयदेखि रोकिएको सचिवस्तरीय समितिको बैठकलाई नियमितरुपमा आयोजना गरिनेछ। उक्त बैठकका लागि प्रस्तावित एजेण्ड र बिस्तृत कार्यक्रमहरु चाँडै नै उपलब्ध गराइनेछ।'

चीनका वाणिज्यमन्त्री होचेङले सिन्धुपाल्चोकको मांखामा गएको ठूलो बाढी पहिरोबाट बिस्थापितहरुका लागि सहयोग गर्ने बचन पनि दिए। सो अवसरमा उनले भने, 'छिमेकी मित्रराष्ट्रमा भएको ठूलो दुर्घटनाले हामीलाई दुखित तुल्याएको छ।' वाणिज्यमन्त्री होचेङले उक्त घटनाबाट प्रभावितहरुलाई के कस्तो सहयोग होस भन्ने नेपालले चाहेको छ, त्यसको खाका दिएमा सहयोग गर्न सजिलो हुने जानकारी पनि दिए। उनले बाढी पहिरोबाट प्रभावितहरुका लागि आवश्यक सहयोग गर्न एक चिनियाँ टोली चाँडै नै त्यसतर्फ जाने जानकारी पनि दिए।

चीनका अर्थमन्त्रीपछि महतले वाणिज्य मन्त्रालय सम्हालिरहेका मन्त्री होचेङसँग भेटघाट गरेको छन्। वाणिज्यमन्त्री होचेङले पनि नेपालको विकासमा चीनले गर्दै आएको सहयोग जारी रहने प्रतिवद्धता जनाए। महतले नेपाल सन २०२२ सम्ममा विकासशील मुलुकको रुपमा स्थापित हुन चाहेकोले आवश्यक पर्ने ठूलो स्तरको स्रोत परिचालनको लागि सहयोग गर्न आग्रह गरे। विशेषगरी दुई देशबीचको व्यापारिक सम्वन्धलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपालका अर्थमन्त्रीको यो भ्रमण आयोजना भएको हो। सो अवसरमा अर्थमन्त्री महतले भने, 'नेपाल र चीनबीच सदिऔंदेखिको प्रगाढ सम्वन्ध रहेको छ। तर नेपालमा काम गरिरहेका चिनियाँ केही ठेकेदारहरुले राम्रो काम नगरिदिँदा चीनप्रति नेपाली जनताको बुझाई अपेक्षितरुपमा सकारात्मक बन्न नसकेकोले ती कम्पनीहरुलाई आफ्नो मुलुकको प्रतिष्ठासमेत अभिबृद्धि हुने ढंगले काम गर्न निर्देशन गर्नुपर्ने खाँचो महसूस गराइएको छ,।'

उनले कतिपय परियोजनाहरुमा चिनियाँ कम्पनीहरुले राम्रो काम गरिरहेको पनि स्पष्ट पारे। भेटघाटका अवसरमा अर्थमन्त्री महतले पश्चिम सेती जलबिद्युत आयोजनामा भएको सुस्त कार्यप्रगति, मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकले नेपाली बैंकलाई भुक्तानी नदिएको जस्ता पक्षमा कुटनीतिक हस्तक्षेप गरी समस्या समाधान गरिदिन आग्रह गरे।

साथै उनले चीनको लगानीमा वा नेपालसँगको संयुक्त लगानीमा नेपालमा बैंक स्थापना गर्न सकेमा दुई मुलुकबीचको व्यापारलाई सहजीकरण गर्न ठोस सहयोग पुग्ने भएकोले यसतर्फ पनि बिचार गर्न चिनियाँ वाणिज्यमन्त्री समक्ष आग्रह गरे। नेपाल र चीनबीच करिब ६५ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा रहेको छ। यस्तो व्यापारघाटा चुनौतीपूर्ण रुपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले नेपाली बस्तुहरुको सहुलियतपूर्ण र सहजतापूर्ण पहुँचको लागि पनि चीनका वाणिज्यमन्त्रीसँग आग्रह गरे। सो अवसरमा अर्थमन्त्री महतले चीनका वाणिज्यमन्त्री होचेङलाई अनुकूल समयमा नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस