काठमाडौँ - संविधान निर्माणका अन्तरवस्तु र विवादित विषयमा सहमति खोज्न सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)बीच आज छलफल भएको छ।काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधानका अन्तरवस्तु र विवादित विषयलाई एकपक्षीय र बहुपक्षीय छलफलद्वारा किनारा लगाउने सहमति भएको छ।
छलफलमा निर्धारित समयभित्रै संविधान निर्माणका लागि गृहकार्यलाई अघि बढाउने दुवै पार्टीबीच सहमति भएको छलफलमा सहभागी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए।
“सबै सहमतिका आधारमा अघि बढौं, अहिलेसम्म कार्यतालिकाका आधारमा अघि बढिएको छ, अबको मुख्य काम विवादित विषयमा सहमति खोज्नु हो। संविधानसभा बाहिरका वैद्यजी (नेकपा–माओवादी)लाई पनि सहभागी गराउनुपर्यो भनेर हामीले आग्रह गर्यौँ। अर्कोतर्फ संविधान निर्माणका सन्दर्भमा लोकतन्त्रका आधारभूत पक्षमा अडिक रहेर विदेशी असल कुरा ल्याइएपनि मूलतः नेपालकै ढाँचामा संविधान बनाउ भन्नेबारे पनि कुराकानी भएको छ”, नेता श्रेष्ठले भने।
संविधानका विवादित सङ्घीय संरचना, शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीसँग सम्बन्धित प्रस्तावित विषय तथा समावेशीताका मुद्दालाई छलफल गरेर सहमति गर्ने मोटामोटी कुराकानी भएको उनले उल्लेख गरे।
छलफलमा काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, वन तथा भू–संरक्षणमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य महेश आचार्य र एमाओवादीको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए।
संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न तीन ठुला दलले नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्या भण्डारी तथा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरालाई जिम्मेवारी दिएको छ।