समय आएपछि मात्र निर्वाचन : अध्यक्ष दाहाल
२३ असोज २०७८
•
२ मिनेट पाठ
समय आएपछि मात्र निर्वाचन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन्। उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताएका हन्।




“सरकारले हिजो मात्रै पूर्णता पाएको छ। सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो। हिजोदेखि दुर्घटना टर्‍यो,” पूर्वप्रधानमन्त्री दाहालले भने, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु। सबै मिलेर काममा लाग्ने समय आएको छ। शङ्का हटाएर काममा जुटौँ।”

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उनले जोड दिए, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ। राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ।”

अध्यक्ष दाहालले भने, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ। यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो।” निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीव्र आर्थिक विकास गर्नुपर्ने भन्दै उनले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए।

कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो।  

उनले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि पाँच करोड रूपैयाँ बजेट उपलब्ध गराउन  सुनिश्चित गरेर आफू यहाँ आएको बताए।  

उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराएका थिए भने प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गरेका थिए।

सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ।
अर्को समाचार
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
१० भदौ २०८१
•
२ मिनेट पाठ
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।




नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापन कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले माओवादीको प्राथमिकता नभए पनि सरकारले नै माओवादी खोज्दै आउने परिस्थिति बन्न सक्ने बताएका हुन्।  

केहिदिन अघि मात्र २०८४ सालअघि सरकारमा नजाने घोषणा गरेका उनी पछिल्लो क्रममा यूटर्न हुँदै सरकारमा जान सकिने बताउँदै आएका छन्। सोमबार पनि त्यही बोलीलाई निरन्तरता दिने क्रममा उनले भने, ‘हामी सरकारको जोड घटाउमा लाग्दैनौँ। अहिले हाम्रो प्राथमिकता सरकार होइन। तर सरकारले हामीलाई खोज्दै आउने परिस्थिति बन्न सक्छ।’  

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले परिवर्तनको रक्षा गर्न नसक्ने बताए। वर्तमान गठबन्धन परिवर्तनबाट प्राप्त उपलब्धि उल्टाउन र भ्रष्टाचार छोप्न बनेको आरोप लगाउँदै उनले भने,‘हाम्रो सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ र कारबाही गर्न थालेपछि उनीहरु आत्तिएर नयाँ गठबन्धन बनाउन पुगेका हुन्।  

यिनीहरूबाट जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता र समावेशी, समानुपातिक प्रणालीलगायतका उपलब्धिको रक्षा हुन सक्दैन। उनले कुनैपनि बेला उपलब्धि उल्टाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे। ‘आवश्यक परे सङ्घर्षमा उत्रिएर पनि उपलब्धि जोगाउनुपर्छ,’ उनले भने। उनले अहिले पनि माओवादी देशको महत्त्वपूर्ण शक्ति रहेको र माओवादीलाई बाइपास गरेर जान सक्ने स्थिति नरहेको दाबीसमेत गरे।  

अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको वस्तुगत आधार तयार भएको बताए। समाजवादी क्रान्तिका लागि तयारीमा जुट्न आग्रह गर्दै उनले भने, ‘तपाईँहरू समाजवादी क्रान्तिको तयारीमा जुट्नुस्। यसका लागि वस्तुगत आधार तयार भएको छ। तर यो कार्यभार पूरा गर्नका लागि पार्टी भित्र एकता आवश्यक छ।’ उनले जनतामा गएर माओवादी नेतृत्वको सरकारले गरेका सुशासन र विकासका लागि गरेको कामको प्रचार गर्दै संगठन निर्माण गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारीले जानकारी दिए।

परामर्श बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका पदाधिकारीले बोलेका थिए। सो क्रममा उनीहरुले समाजवादी क्रान्तिका लागि प्रचण्डको विकल्प नभएकोमा जोड दिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजीप्रसाद बरालले जानकारी दिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस