जनकपुर— भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई जनकपुरको नगर स्तरीय राजनीतिक संयन्त्रमा आवद्ध प्रतिनिधिहरुले कालो झण्डा देखाएर विरोध गरेका छन्। विपि स्मृतिको शतवार्षिकी अवसरमा धनुषा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबार यहाँ आएका उनको विरोधमा संयन्त्रमा आवद्ध विभिन्न पार्टीका कार्यकर्ताहरुले कडा विरोध गरेका हुन्।दिउँसो करिब दुई बजे जनकपुर विमानस्थलमा आइपुगेका मन्त्री निधीको विरोध गर्न विभिन्न पार्टीका कार्यकर्ताहरु बिहान दश बजेदेखि नै कालो झण्डा बोकेर विमानस्थल प्रवेश द्वारमा उभिएका थिए। 'विकास विरोधी मन्त्री विमलेन्द्र निधी फिर्ता जा' लेखिएको कालो ब्यानर नगरको प्रत्येक चोक र सडक छेउमा झुन्ड्याइएको छ।
निधीकै नाकारात्मक अडानको कारण जनकपुरको विकास योजना प्रभावित बनेको आरोप लगाउँदै उनीहरुले साउन १९ गतेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिने चेतावनी दिएका थिए। शनिबार निधी विमानस्थलबाट बाहिरिँदा करिब एक सय भन्दा बढीको संख्यामा कालो झण्डा फहराउँदै उभिरहेका प्रदर्शनकारीले 'विकास विरोधी निधि मुर्दावाद' र 'निधिलाई जनकपुर प्रवेशमा निषेध गर' जस्ता नारा लगाएका थिए।
यता, आफुलाई जनकपुर प्रवेशमा अवरोध गर्ने पूर्व सूचना पाएका निध तथा उनका समर्थकले शनिबार बिहानैदेखि उनको पक्षमा माहोल बनाउन शक्ति प्रर्दशनमा जुटेका थिए। करिब एक हजार भन्दा बढी संख्यामा तयार गरिएको मोटरसाइकलमा काँग्रेसको झण्डा राखेर निधी आउनु भन्दा एक घण्टा अगाडिदेखि विमानस्थल क्षेत्रमा तैनाथ थिए।
प्रहरीले पनि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन सिङ्गो नगर तथा जिल्लाको ग्रामीण क्षेत्रबाट पनि थप संख्यामा प्रहरी परिचालन गरेको थियो।