काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पछिल्लो समय असन्तुष्टि बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सरकार गठनका क्रममा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुन नसकेको र एमालेका मन्त्रीहरुलाई काम गर्न नदिएको भन्दै असन्तुष्टि जनाउन थालेका छन्।साझेदार दलका नेताले सरकारकै आलोचना गर्न थालेपछि कांग्रेसका नेता पनि एमाले नेताप्रति असन्तुष्ट छन्। दुई दलका नेता एकापसमा जुहारीमै उत्रिएका छन्।
कांग्रेसले आफूहरुलाई सत्तासाझेदार दलभन्दा पनि सहयोगीका रुपमा मात्रै व्यवहार गरेको एमाले नेताको गुनासो छ। 'सत्तासाझेदारीमा नेपाली कांग्रेसले एमालेलाई राजनीतिक साझेदारभन्दा पनि सहयोगीजस्तो व्यवहार गर्न खोजेको छ,' एमाले महासचिव ईश्वर पोखरेलले नागरिकसँग भने, 'कांग्रेसले आफूसँग रहेका मन्त्रालयका निर्णयमा आफूले चाहेको जस्तो गर्ने, तर एमाले नेतृत्वका मन्त्रालयमा हस्तक्षेप गरेर काम अड्काउने गरेको छ।'
एमालेका मन्त्रीहरुले सार्वजनिक तथा पार्टीका बैठकहरुमा प्रधानमन्त्री र नेपाली कांग्रेसका मन्त्रीबाट आफ्नो काममा व्यवधान गरेको गुनासो गरेपछि पार्टी नेतृत्वले नै कांग्रेस नेतृत्वप्रति असहमति प्रकट गर्न थालेको हो। नेपाली कांग्रेससँग सम्बन्ध चिसिँदै गएको अवस्थामा एमाले अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका मन्त्रीहरुलाई बोलाएर सरकारको भूमिका र मन्त्रीहरुलाई परेको अप्ठ्यारोबारे छलफल गरे।
ओली निवास बालकोटमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित पार्टीबाट मन्त्री रहेका छ नेता उपस्थित थिए। भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्यमन्त्री खगराज अधिकारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उद्योगमन्त्री कर्णबहादुर थापा ओली निवास पुगेका थिए।
उनीहरुले आफूहरुले गर्न लागेको काममा कांग्रेस मन्त्रीहरुबाट असहयोग गर्ने र व्यवधान खडा गर्ने काम भएको गुनासो पार्टी अध्यक्ष ओलीसँग गरेका थिए। छलफलमा मन्त्रीहरुले सत्ता साझेदार दल र प्रधानमन्त्री दुवै सहयोगी नभएको भन्दै त्यस विषयमा कांग्रेससँग छलफल गर्न आग्रह गरेका थिए।
'सामान्य प्रशासन मन्त्रालयको विधेयक कांग्रेसकै सहयोग नभएका कारण अडि्कएको छ,' पण्डितले नागरिकसँग भने, 'सरकार सञ्चालन गर्न कांग्रेस सहयोगी भएको देखिएन भन्ने निष्कर्ष रह्यो।'
पदाधिकारीहरुसहित मन्त्रीहरुसँग सरकारका समीक्षा बैठक शुक्रबार गर्ने भने पनि मन्त्रीहरु उपत्यकाबाहिर भएकाले हुन सकेको थिएन। ओली अध्यक्ष भएपछि पहिलोपटक बालकोट पुगेर मन्त्रीहरुले ब्रिफिङ गरेका हुन्। 'अध्यक्षलाई ब्रिफिङ गर्ने नियमित प्रक्रिया हो। ओली अध्यक्षमा निर्वाचित भएको पछिको पहिलो ब्रिफिङ हो। अध्यक्ष र मन्त्रीहरुबीच करिब तीन घन्टा छलफल भयो,' सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकसँग भने, 'समस्याबारे अध्यक्षसँग कुरा भएको छ। समस्या समाधानका लागि अध्यक्षले पनि पहल गर्ने बताउनुभएको छ।'
संसदमा दोहोरो नागरिकता लिने व्यक्तिले निजामतिमा अवकास पाउने व्यवस्थासहितका निजामति सेवा ऐनको चौथो संशोधन संसदमा अडि्कएको छ। त्यसमा केही व्यवस्थाप्रति कांग्रेसका नेताहरुको असहमति रहेको छ। तर पण्डितलेे संविधान निर्माण नहुन्जेल अहिलेको सरकार निरन्तर रुपमा रहने बताए। पण्डितले बैठकमा राजनीतिक नियुक्ति, राजदूत, २६ सभासदको मनोनयनसहितका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल भएको जानकारी दिए। कांग्रेसकै कारण यी विषयको निर्णयमा ढिलाइ भएको निष्कर्ष पनि एमाले बैठकको थियो।
त्यस्तै, संविधान निर्माणको उद्देश्य लिएर छ महिनाअघि सातबुँदे सहमति गरेर संयुक्त सरकार गठन भए पनि त्यसको कार्यान्वयनका लागि कांग्रेस तयार नभएको विषयमा पनि बैठकमा छलफल भएको स्रोतले बताएको छ। कांग्रेस–एमालेबीच पछिल्लो समयमा त्यही सम्झौतालाई लिएर अविश्वास बढेको स्रोत बताउँछ।
पछिल्लो समयमा सरकार गठन हुँदाको समयमा भएको सातबुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग एमालेले गर्दै आएको छ। कांग्रेसले भने त्यो सहमतिको कार्यान्वयन भइसकेको दाबी गर्दै आएको छ।
कांग्रेस र एमालेबीच सरकार गठन गर्ने क्रममा 'संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने र त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने' सहमति भएको थियो जसलाई एमालेले कार्यान्वयन हुनुपर्ने बताएको छ। तर, यस विषयमा कांग्रेस मौन भएपछि एमाले नेताहरु आक्रोशित भएका हुन्। एमालेले यो सहमति कार्यान्वयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिइसकेको छ।
त्यस्तै, एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीको निर्वाचन गर्ने सहमति पनि कांग्रेस–एमालेबीच भएको थियो। यो विषयमा पनि कांग्रेस र एमालेबीच पछिल्लो समय विवाद देखिएको छ। संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा एमाले उपाध्यक्ष गौतमले यो बुँदा कार्यान्वयन हुनुपर्ने माग गरेपछि कांग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसैको परिणाम समितिमा यो विषयमा सहमति जुटेको छैन।
उतिबेला गरिएको सातबुँदे सहमतिको कतिपय बुँदा भने कार्यान्वयन भइसकेको छ। सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने, संविधानसभा अध्यक्ष पदमा नेपाली कांग्रेसले एमालेलाई समर्थन गर्ने र एमालेले कांग्रेसको नेतृत्वमा गठित सुशील कोइरालाको सरकारलाई समर्थन गर्नेलगायत बुँदा भने कार्यान्वयन भइसकेको छ।
'सातबुँदे सहमति कार्यान्वयन गरेर अविश्वासको वातावरण हटाउँदै माघ ८ गते संविधान जारी गर्ने अवस्था सिर्जना गर्नुपर्छ,' एमाले सचिव योगेश भट्टराईले नागरिकसँग भने, 'सरकारको नेतृत्व हिसाबले नेपाली कांग्रेसले यसका लागि सकारात्मक पहल खेल्नुपर्छ।'