केन्द्रीय समिति विघटन गर्न भट्टराईको माग
२५ साउन २०७१
•
६ मिनेट पाठ
केन्द्रीय समिति विघटन गर्न भट्टराईको माग
काठमाडौं-एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले केन्द्रीय समिति विघटन गरी अविलम्ब विशेष महाधिवेशन गर्न माग गरेका छन्।

आन्तरिक विवाद पार्टी विभाजनको दिशातर्फ बढ्दै गएपछि त्यसको समाधान खोज्न सानेपास्थित भट्टराई निवास पुगेका अध्यक्ष पुष्पकमल दाहालसँग भट्टराईले विशेष महाधिवेशनको माग गरेका हुन्।

'अहिलेको केन्द्रीय समिति विघटन गरी आयोजक समितिमा रूपान्तरण गर्ने र सोही आयोजक समितिले विशेष महाधिवेशन आयोजना गर्ने माग पेस भएको छ,' भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले नागरिकसँग भने, 'विशेष महाधिवेशनबाट नयाँ विचार र नयाँ कमिटी बनाउनुपर्छ भनेर कुरा राखेका छांै, त्यसलाई कसरी लिने उहाँहरू (संस्थापन पक्ष) को विषय हो।'

उनका अनुसार विशेष महाधिवेशनबारे भदौ १० गते अघि नै कुनै न कुनै निर्णय आउनुपर्ने माग भट्टराई पक्षको छ।

बिराटनगर सम्मेलनदेखि नै 'अलग' हुँदै आएको भट्टराई पक्षले विघटन गर्न माग गरेको केन्द्रीय समितिमा दाहाल पक्ष हाबी छ। पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तीन तहको समितिमा बस्न अस्वीकार गरेको भट्टराई पक्ष केन्द्रीय समितिमा भने रहँदै आएको छ। भट्टराई पक्षले हालको केन्द्रीय समितिलाई पछिल्लो समयमा 'अवैध' भन्दै आएको छ। समितिको कुनै वैधानिक हैसियत नभएको उनीहरूको जिकिर छ।

संस्थापन पक्षले भने भट्टराई पक्षको मागका विषयमा औपचारिक रूपमा कुनै जवाफ दिइसकेको छैन। 'यो उहाँहरूको पुरानो माग हो। यो मागका विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,' दाहालनिकट एक नेताले नागरिकसँग भने, 'केन्द्रीय समितिमा कुरा राखिए मुद्दा टुंग्याउन संस्थापन पक्ष तयार छ।' भट्टराईले केन्द्रीय समितिमा नै उपस्थित भएर आफ्नो मागबारे कुरा राख्नुपर्ने दाहालनिकट नेताहरूको भनाइ छ।

सानेपास्थित भट्टराई निवासमा भएको छलफलले औपचारिक रूपमा निष्कर्ष ननिकाले पनि आगामी केन्द्रीय समिति बैठकअघि दुवै पक्षले तत्काल कुनै पनि कार्यक्रम नगर्ने 'भद्र सहमति' जुटाएको छ। 'भदौ १० गतेसम्म कम्तीमा पनि दुवै पक्षले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, प्रशिक्षण तथा कमिटी निर्माण हाललाई स्थगित गरी छलफल गर्दै अघि जाने भन्ने कुरा भएको छ,' बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार समानान्तर समिति विघटन गर्ने तथा भट्टराई पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार मार्क्सवाद र नयाँ विचार विकास नगरी पार्टी नयाँ शक्तिका रूपमा विकास हुन नसक्ने निष्कर्ष निकाल्दै विवाद समाधान गर्न शीर्ष नेता सहमत देखिएका छन्। 'मुख्यतः मार्क्सवाद र विचारको विकासका सन्दर्भमा शीर्ष नेता चिन्तित छन्। त्यसैले मार्क्सवाद र विचार विकास गरेर जानुपर्छ भन्नेमा सबै एकमत देखिएका छन्,' श्रेष्ठले नागरिकसँग भने, 'छलफल यसैमा केन्द्रित छ, तर पनि निष्कर्ष भने निस्किहालेको छैन, निकाल्ने प्रयत्न जारी छ।'

मुख्यतः अध्यक्ष दाहाल र भट्टराईसहित अन्य नेताबीचमा विश्वास कम तथा आंशका बढी भएकाले समस्या देखा परेको श्रेष्ठको भनाइ छ। दाहाल–भट्टराई पक्षवीचको विवाद हल गर्न उपाध्यक्ष श्रेष्ठ पछिल्लो समय सक्रिय छन्।

मार्क्सवाद र विचारको विकास, नेतृत्वको चरित्रमा व्यावहारिक रूपान्तरण, समानान्तर समिति विघटन, भट्टराई पक्षीय नेतामाथि भएका कारबाही फुकुवा, विवाद समाधान कार्यदललाई तत्काल भूगोलमा पठाउने र संविधान निर्माणको कार्ययोजनाबारे आइतबार शीर्ष नेताबीचमा छलफल भएको थियो। छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि मंगलबार पुनः अर्को बैठक बोलाइएको छ जसमा स्थायी समितिभन्दा माथि रहेका वरिष्ठ नेता सहभागी हुनेछन्। सोही बैठकमा सदस्यहरूले दिएको धारणा र रायअनुसार निष्कर्षमा पुग्ने अपेक्षा दाहाल–भट्टराई दुवैले गरेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस