मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश
२४ असोज २०७८
•
१ मिनेट पाठ
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव पेश गरेकी छन्।  




आइतबार बसेको बागमती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकी हुन्। प्रस्ताव पेश गर्दै उनले आफुले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेको उल्लेख गरिन्।  

उनले भनिन्, ‘माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतीले नेपालको संविधानको धारा ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने यस दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासका मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेको छ। 

निर्वाचन आयोगको मिति २०७८/०५/२५ को निर्णयले मैले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) बागमती प्रदेश सभामा केही सदस्यले नेकपा(एकीकृत समाजवादी) रोजेको भन्ने निर्णय भई मिति २०७८/०५/२७ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दल गठन भई दल विभाजन भएको परिप्रेक्षमा  नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली ७४ को नियम १४३, उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सम्मानीत सभा समक्ष यो प्रस्ताव पेश गर्दछु।’

प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश भएपनि त्यस उपर सभाको सो बैठकमा कुनै छलफल भने भएन। बागमती प्रदेश सभाको अर्को बैठक कार्तिक ४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 
अर्को समाचार
विश्वासको मतमा मतदान नगरी ११ दिन स्थगित
२५ असोज २०७८
•
१ मिनेट पाठ
विश्वासको मतमा मतदान नगरी ११ दिन स्थगित
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको आइतवारको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छिन्।




‘संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ भन्ने संवैधानिक व्यवस्था छ,’ उनले भनिन्, ‘निर्वाचन आयोगको भदौ २५ गतेको निर्णयले मैले प्रतिनिधित्व गरेको दल नेकपा एमाले बागमती प्रदेशसभाका केही सदस्यले नेकपा एकीकृत समाजवादी रोजेको भन्ने निर्णय भई भदौ २७ मा एकीकृत समाजवादी संसदीय दल गठन भई दल विभाजन भएको परिपेक्ष्यमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सम्मानित सभासमक्ष यो प्रस्ताव पेश गर्दछु।’

भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्यले विश्वासको मत पेश गरेपनि नतिजा आउँन ११ दिन लाग्ने भएको छ। सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कात्तिक ४ गते बोलाएका कारण विश्वासको मतको छिनोफानो हुन ढिलाई हुने भएको हो।  

बैठकमा विश्वास प्रस्तावमाथि छलफल गरी मुख्यमन्त्रीले जवाफ दिएपछि विश्वास छ कि छैन भनेर बैठकले निर्णय गर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ। बागमती प्रदेशसभामा सभामुखसहित १ सय ९ सांसद छन्। एमाले सरकार टिकाउन ५५ सांसद आवश्यक पर्छ। ४३ सांसद मात्र रहेको सत्तारुढ एमालेलाई सत्ता टिकाउन १२ सांसद आवश्यक पर्छ। तर विपक्षी गठबन्धनबाहेक ७ सांसद मात्र रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउन कठिन छ। विपक्षी गठबन्धनसँग स्पष्ट बहुमतसहित ५९ सांसद संख्या रहेको छ।
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस