धुलिखेल-स्वास्थ्य सेवामा नाफाखोर प्रवृत्ति बढेको जनाउँदै मुख्यसचिव लीलामणि पौडेलले काठमाडौं विश्वविद्यालयलाई यस्तो ‘चलखेल' बाट टाढै रहन सुझाव दिएका छन्।काठमाडौं विश्वविद्यालय (केयु) ले दुई मेडिकल कलेजलाई सम्बन्धन दिएर गुणस्तरमा ‘सम्झौता गर्न लागेको' प्रति दुखेसो गर्दै धुलिखेलस्थित धुलिखेल अस्पतालमा सोमबार आयोजित कार्यक्रममा मुख्यसचिव पौडेलले यसबाट आफूलाई ‘रोलमोडल' विश्वविद्यालय धराशायी हुने चिन्ता लागेको बताए।
‘केयुले दुई कलेजलाई सम्बन्धन दिएको समाचार पढ्दा मलाई निकै डर लाग्यो,' पौडेलले भने, ‘यो विकृतिको खेलमा केयु र तपाईंहरू पनि लाग्नुभएको हो कि भनेर चिन्ता लागेको छ।' ‘चाँडै कमाउने दौड' बाट पृथक् रहनसमेत उनले केयु र अस्पताल व्यवस्थापनसँग आग्रह गरे।
केयुले २०६६ देखि रोकिएको सम्बन्धन खोल्दै साउन पहिलो साता विराटनगरको विराट मेडिकल कलेज र भैरहवाको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।
आफूले धुलिखेल अस्पताललाई गुणस्तरीय सेवा खरिदयोग्य मूल्यमा दिने संस्थाका रूपमा बुझिरहेको उनले बताए। पछिल्ला दिनमा धेरै उपकरण र औषधि पहिले नेपालका गरिबमाथि परीक्षण गर्ने प्रवृत्ति हाबी भएको औंल्याउँदै मुख्यसचिव पौडेलले यस्ता चलखेलप्रति सचेत रहन पनि अस्पताललाई आग्रह गरे।
स्वास्थ्य सेवालाई माफियामुक्त गर्ने अभियानका नेतृत्वकर्ता डा. गोविन्द केसीको अनशनपछि गठित समितिले मेडिकल कलेज नभएका ठाउँमा मात्रै नयाँ खोल्न दिन सुझाएको थियो। केयुले यो सुझावविपरीत निर्णय गरेकाले ‘आर्थिक चलखेल र राजनीतिक दबाब' का आधारमा भएको आशंका गरिएकै बेला मुख्यसचिवको चिन्ता सार्वजनिक भएको हो।
धुलिखेल अस्पतालमा अत्याधुनिक प्रयोगशाला उद्घाटनपछि बोल्दै मुख्यसचिव पौडेलले स्वास्थ्यमा आधुनिक प्रविधिसँगै तीव्र व्यापारीकरण बढेको र त्यसबाट नाफाखोर प्रवृत्ति हाबी भएको टिप्पणी गरेका थिए।
‘अवैध र नाजायज रुपमा कमाएको सम्पत्ति खन्याएर रातारात नाजायज फाइदा लिन पेसालाई नै बद्नाम गर्ने काम भएको छ,' पौडेलले भने, ‘यो प्रवृत्तिले पेसा बद्नाम भएको छ, शिक्षाको गुणस्तर खस्किएको छ'
सरकारी अस्पतालको गुणस्तर खस्किएको उनले बताए। ‘गुणस्तरीय र अफोटेवल अस्पताल भएनन्,' उनले भने, ‘वीर अफोटेवल छ, तर गुणस्तर खस्किँदै गयो, त्रिवि शिक्षण अस्पतालमा गुणस्तर छ तर सामान्य जनताको पहुँचबाहिर हुँदै गएको छ।'
उनले वीर अस्पतालका चिकित्सकले १५ दिनसम्म बिरामी जाँच्दिनौं भनेर सेवा बन्द गरेकोमा समेत आश्चर्य व्यक्त गरे। बिरामी छुन्नँ भन्ने व्यक्ति डाक्टर हुनै नसक्ने भन्दै उनले टिप्पणी गरे, ‘डाक्टरले चर्च, गुम्बा मन्दिर कहीँ जानुपर्दैन, उसले प्रत्येक दिन जीवनदान गरिरहेको हुन्छ।' आफू डाक्टर हुन नसकेकै कारण दिन मिल्ने जति सबै अंग दान गरेको उनले जानकारी दिए। ‘आँखा, छाला, मिर्गौला मरणोपरान्त दान गरेको छु, मिल्छ भनेर अरू अंग पनि दान गर्छु,' उनले भने, ‘डाक्टरले त सधैं जीवन नै दान गर्छ।
डाक्टरले बिरामी जाँच्दिनँ भन्नु गलत भएको जनाउँदै उनले यसमा खेद व्यक्त गर्ने कुनै शब्द नरहेको बताए।
स्वास्थ्यमा गाउँ र सहरमा निकै ठूलो ‘ग्याप' रहेको भन्दै उनले त्यसलाई घटाउन सके मात्र विकासमा ठूलो फड्को मार्न सकिने बताए। ‘डोल्पामा एउटा बच्चाको हात भाँच्चिएको उपचार गर्न उसको बाउले जीवनभरको कमाइ खर्चनुपर्छ, काठमाडौंमा केही हजारमा हुन्छ,' उनले भने, ‘यो ग्याप कहिले घट्ने?'
अस्पतालका निर्देशक डा. राजेन्द्र कोजुले केयुले यसअघि दिएका सम्बन्धनका मोडलभन्दा फरक किसिमले सम्बन्धको ढोका खोलेको स्पष्टीकरण दिए। उनले दुवै कलेजको परीक्षा, सिट, शुल्क र प्रवेश परीक्षासमेत केयुले नै नियन्त्रण गरेर केयुजस्तो मोडलका संस्था बनाउन सम्बन्धन दिएको पनि प्रस्ट पारे।