काठमाडौं-सरकारले इराकमा नेपाली महिला कामदार बेचिने गरेको घटनाप्रति त्यहाँको सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनालीले सोमबार इराकको कुर्दिस्तान प्रान्तका विदेश मामिला हेर्ने मन्त्री फला मुस्तफा बकिरसँग भेटेर ध्यानाकर्षण गराएका हुन्।भारतको दिल्लीबाट दुबई हुँदै कुर्दिस्तानको अर्बिल पुग्ने नेपाली महिलालाई दलालहरूले ८ हजार अमेरिकी डलर (करिब ८ लाख रुपैयाँ) मा इराकका विभिन्न सहरमा बेच्ने गरेका छन्।
‘अर्बिलबाट बग्दादलगायतका सहरमा नेपाली महिला बेचिने गरेको जानकारी हामीले गरायौं। त्यसलाई रोक्न हामीले आग्रह गरेका छौं,' इराकका लागि विशेष दूत मैनालीले सोमबार अर्बिलबाट टेलिफोनमा नागरिकसँग भने, ‘कुर्दिस्तानका विदेश मामिला हेर्ने मन्त्रीले यस्ता कार्य रोक्न के गर्नुपर्छ हामी गर्छौं भन्नुभएको छ।'
इराकका सुन्नी विद्रोही समूह र सरकारी सेनाबीच द्वन्द्व बढेपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न सरकारले केही साताअघि मैनालीलाई इराकका लागि विशेष प्रतिनिधि नियुक्त गरेको थियो। त्यसलगत्तै मैनाली कुवेत हँदै इराक पुगेका थिए। मैनालीका साथमा अहिले पाकिस्तानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तीर्थ अर्याल पनि इराकमा छन्।
नेपालीको उद्धारमा दुई सदस्यीय नेपाली विशेष टोली इराक पुगेपछि त्यहाँका विभिन्न सहरमा नेपाली महिला बेचिने गरेको खुलेको थियो। घरेलु कामदारका रूपमा त्यहाँ रहेका कैयन् नेपाली महिलाले नेपाली टोलीलाई टेलिफोन सम्पर्क गरी आफूहरू तीन पटकसम्म बेचिएको जानकारी गराउँदै तत्काल नेपाल फर्काउनका लागि पहिल गरिदिन भनेका थिए।
‘नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट दुबई हुँदै इराकको अर्बिल सहर पुर्याएर त्यहाँका विभिन्न सहरमा ७ देखि ८ हजार अमेरिकी डलरमा बेच्ने गरेको पाइयो,' इराकका लागि विशेष दूत मैनालीले भने, ‘दलालले साहुलाई, साहुले फेरि अर्को साहुलाई नेपाली महिलालाई घरेलु कामदारका रूपमा बेच्ने रहेछन्। यस्ता घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिलाको संख्या कति छ अन्दाज गर्न सकिँदैन।'
इराक प्रवेश गर्नेबित्तिकै सबैभन्दा पहिला अर्बिलमा नेपाली महिला बेचिने गर्छन्। खरिद गरेपछि घर मालिकले उनीहरूको राहदानी लिन्छन् र गाडीभित्र राखेर घरमा पुर्याइन्छ। नेपाली महिलालाई एकपटक पनि घर बाहिर निस्कन दिइँदैन। उनीहरूलाई कुन ठाउँ लगिँदैछ, कुन ठाउँमा राखिएको छ कमै मात्र बताइन्छ। प्रायलाई आफू बस्ने घर कुन सहरमा छ भन्ने पत्तो हुँदैन। करार सकिएपछि दलालले फेरि अर्कोलाई बेच्ने गर्छ। त्यसैले यस्ता महिला कामदारको उद्धार गर्न सहज नहुने मैनाली बताउँछन्।
विशेष प्रतिनिधि मैनाली इराकमा कार्यरत नेपाली महिला र अन्य पुरुष कामदारको समस्यालाई तीन समूहमा राखेर हेर्नुपर्ने बताउँछन्। पहिलो समूहमा सुन्नी विद्रोहीले नियन्त्रणमा लिएको इराकको उत्तरी भूभागमा रहेका नेपाली पर्छन्। मैनालीका अनुसार हालसम्म यी क्षेत्रबाट उद्धार गरी अर्बिल ल्याएर दुईपटकमा १४ जनालाई नेपाल पठाइएको छ। अब अर्बिलमा पाँच जना नेपाली छन्। उनीहरूलाई पनि केही दिनभित्रै कागजात मिलाएर नेपाल पठाइने उनले जनाए।
दोस्रो समूहमा कुर्दिस्तान प्रान्तमा कार्यरत नेपाली पर्छन्। अहिलेसम्म यो क्षेत्रमा कुनै डर छैन र इराकको अहिले सबैभन्दा सुरक्षित ठाउँ पनि यही हो। यहाँ रहेका नेपालीलाई उद्धारको आवश्यकता छैन। तेस्रो समूहमा राजधानी बग्दाद र दक्षिणी सहरमा कार्यरत नेपाली पर्छन् जहाँ धेरै नेपाली महिला घरेलु कामदारका रूपमा कार्यरत छन्। बग्दादको पनि ग्रिन जोनभित्र कार्य गर्ने नेपालीको सुरक्षा व्यवस्था राम्रो छ भने ग्रिन जोन बाहिरको अवस्था त्यति सहज छैन। ‘बग्दादमा कार्यरतहरू हामीकहाँ आउन सक्दैनन्, हामी पनि जान सक्दैनौं। यहाँ कन्सुलर सेवा चाहिएको छ,' उनले भने।
मैनालीका अनुसार कुर्दिस्तानमा ५ हजार, बग्दादको ग्रिन जोनमा १ हजार, ग्रिन जोन बाहिर १ हजार २ सय, दक्षिणी सहर बास्रामा ५ सय गरी इराकमा बढीमा ८ हजारदेखि १० हजार नेपाली छन्। विशेष टोलीको सम्पर्कमा आएका कामदारको आधारमा यो संख्या निकालिएको हो। यसअघि इराकमा रहेका नेपाली कामदारको संख्या यकिन थिएन। वैदेशिक रोजगारमा जान रोक लगाइएको इराकमा नेपाली कामदार अवैध तरिकाले पुगेकाले सरकारसँग उनीहरूको वास्तविक तथ्यांक नभएको हो।
‘इराकमा महिला कामदार कति छन् पत्तो छैन। यहाँका मान्छेका अनुसार अझै पनि नेपाली महिला इराक आइरहेका छन्। यो आश्चर्यलाग्दो कुरा हो,' इराकका लागि विशेष प्रतिनिधि मैनालीले भने, ‘बग्दाद छिरेपछि उनीहरूलाई बाहिर निस्कन मुस्किल छ।'
अहिले अमेरिकाले सुन्नी विद्रोहीमाथि हवाई आक्रमण सुरु गरेकाले विद्रोही केही पछि हटेका छन्। अमेरिकी हवाई आक्रमणका कारण अर्बिलमा रहेको विमानस्थल बिहान केही समय मात्र खुला हुन्छ, अन्य बेला अर्बिलबाट कुनै उडान हुँदैन। मैनाली मंगलबार इराकबाट नेपाल फर्कंदै छन्। अर्बिलमा रहेका पाँचजनालाई नेपालतर्फ पठाएपछि अर्याल पनि पाकिस्तानस्थित नेपाली दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न फर्किनेछन्। मैनालीले प्रतिवेदन बुझाएपछि सरकारले इराकमा रहेका नेपाली कामदारको विषयमा निर्णय लिनेछ।

१० हजार नेपाली रहेको अनुमान