काठमाडौं- आज बस्ने केन्द्रीय कमिटीको बैठकबारे परामर्श गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वरस्थित नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्।
महाधिवेशन पछाडी पार्टीको पोलिटब्यूरो र स्थायी कमिटी व्यवस्थित गर्ने गरी बस्न लागेको दोस्रो बैठक बारे दुई नेताबीचको छलफल चलिरहेको माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। ओली र नेपालपक्षबीच स्थायी समिति, पोलिटब्यूरोमा कसलाई लैजाने भन्ने विषयमा विवाद देखिएको छ।
एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार पदाधिकारी, स्थायी समिति सदस्य तथा पोलिटब्यूरो सदस्य हुनका लागि एक कार्यकाल पूर्ण सदस्य भइसकेको हुनुपर्नेछ। यस बिषयमा ओलीपक्ष असहमत देखिन्छ भने नेपालपक्षले विधानअनुसार नै पोलिटब्यूरो सदस्यको छनोट हुनुपर्ने बताउँदै आएको छ। यो समस्यालाई टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको थियो। तर, यस विषयमा छलफल गर्न महासचिवले अहिलेसम्म बैठक बोलाउन सकेका छैनन्।
केन्द्रीय समितिको दोस्रो बैठक आज (मंगलबार) बिहान ११ बजे बस्ने कार्यक्रम रहेको एमाले सचिव योगेश भट्टराईले बताए। तर, मतभेद रहेका विषयमा दुई पक्षबीच छलफल नै नभएकाले बैठक औपचारिकतामा मात्र सिमित हुनसक्ने उनले जानकारी दिए। महाधिवेशनले पास गरेका नीति र कार्यदिशाअनुसार पार्टीका तल्लो निकाय सञ्चालित हुने भएकाले बैठक मार्फत ती दस्तावेजलाई अन्तिम रूपमा दिन बाँकी छ। बैठक सञ्चालनसम्बन्धी कार्यविधि, आचारसंहिता सचिवालय गठन, स्थायी समिति चयनलगायत विषयमा दोस्रो बैठकले छलफल गर्नुपर्ने भट्टराईले बताए।