काठमाडौँ- नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटीको बैठक प्रारम्भ हुने दिनसम्म पनि नवौँ महाधिवेशनमा बराबरी मत ल्याएका चार उम्मेदवारको परिणाम घोषण हुन सकेको छैन।
बराबर मत ल्याउने ती उम्मेदवारलाई गोलाप्रथामा सहभागी गराउने केन्द्रीय निर्वाचन आयोगको पटकपटकको प्रयास बिफल भएपछि निकासका लागि केन्द्रीय कमिटीले नै राजनीतिक निर्णय गर्ने देखिएको छ।
महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा खिमलाल भट्टराई र नागेन्द्र चौधरीले ९८६ र मुस्लिमतर्फको सदस्यमा मोहम्मद महफुज अन्सारी र सिराज अहमद फारुकीले ९६४ मत ल्याएका थिए। निर्वाचन प्रक्रियाअनुसार सम्बन्धित उम्मेदवारलाई उपस्थित गराएर गोलाप्रथा गर्नुपर्ने हुन्छ।
आजको बैठक अगाडि गोलाप्रथाबाट निर्णय गर्ने प्रयासमा आयोगको बैठक बसे पनि अब केन्द्रीय कमिटीमा छलफल भएपछि मात्र टुङ्गोमा पुग्न सहज हुने निष्कर्ष निकालेको आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए।
गोलाप्रथाबाट पराजित हुनेलाई केन्द्रीय कमिटीमा मनोनित गरिने निश्चित भएपछि मात्रै त्यस प्रक्रियामा भाग लिन चाहने ती उम्मेदवारको चाहना देखिएकाले निर्णयमा पुग्न कठिन भएको हो।