काठमाण्डौं -प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारीलाई उप-प्रधानमन्त्री, मन्त्री वा दलका नेताको प्रभावमा नपर्ने निर्देशन दिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको १२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री कोइरालाले राष्ट्र सेवक कर्मचारीहरुले राष्ट्रको हित हेर्नुपर्ने र अरुको दवावको पछि नलागिकन आफ्नो विवेकमा अड्न सक्नु पर्ने आवश्यकता औल्याए। 'देशको विकासको लागि छुट्टयाएको अर्बौ अर्ब रकम कतिको सदुपयोग भएको छ? सतर्कता केन्द्रले छानविन गरोस्,' प्रधानमन्त्री कोइरालाले भने, 'हामी पछि हाम्रा सन्तति पनि छन। हामीले तिनको निम्ति सोच्नु पर्दछ।'
प्रधानमन्त्री कोइरालाले मुलुकलाई सहि मार्गमा लैजाने उपयुक्त समय आएको बताउँदै भने, 'यो भन्दा राम्रो अवसर अरु आउदैन। भ्रष्टाचार रोकौं। मन्त्री हुन कि को हुन कसैलाई छोड्दिन्।'
प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सतर्कता केन्द्रका उच्च पदस्थ कर्मचारीहरुलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिँदै भने, 'पार्टीका नेता, मन्त्री, उपप्रधानमन्त्री जसले जे भन्यो त्यही नगर्नुस्। नियम कानून अनुसार देश र जनताको हितमा काम गर्नुस। अब सचेत होऔ। नेपाललाई बचाऔ। म तपाइहरुको पक्षमा उभिन्छु। सबैले आ–आफ्नो स्थानबाट सहयोग गरौं।'
मुलुकमा प्रजातन्त्र,शान्ति र स्थायित्व नभएर ६० वर्षसम्म संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'पद्धति बसोस् भन्नकालागि नै हामीले संघर्ष गरेका हौं। कर्मचारीहरुमा व्यवसायिकता विकसित गर्नु परेको छ। परिवर्तन हाम्रो हातबाट नगुमोस्। जिम्मेवार भएर काम गरे मुलुक बन्छ। आउने पुस्ताले सुख पाउँछ।'
प्रधानमन्त्री कोइरालालाई केन्द्रका प्रमुख पूर्णभक्त तण्डुकारले १२ औं वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।