काठमाडौं- सभासदको एक दिनको पारिश्रमिक पहिरोपीडितको लागि केन्द्रीय दैविक प्रकोप उद्दार समितिको कोषमा जम्मा गरिने भएको छ। यसमा सभासद् रहेका १२ जना मन्त्रीहरुको भने रकम जोडिएको छैन।
१२ जना मन्त्री बाहेक ५ सय ६३ सभासद्को एक दिनको ८ लाख ९ हजार ९ सय ८३ रुपैयाँ पारिश्रमिक पहिरोपीडितका लागि दिने भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको सभासद् प्रेमबहादुर सिंहले जानकारी दिए।
त्यस्तै, संसदीय समितिका सभापतिको निर्वाचन भदौं ४ गते गरिने निर्णय समेत परामर्श समितिले गरेको छ। सभासद् सिंहले दिएको जानकारीअनुसार सभापतिको निर्वाचन कार्यक्रम भने यही साउन ३० सार्वजनिक गरिने भएको छ।