काठमाडौं-नेकपा (एमाले) को विधान संशोधन विवादबारे नवनिर्वाचत केन्द्रीय कमिटीले छलफल सुरु गरेको छ। पोलिटब्युरो छनोटका लागि मापदण्ड निर्धारणमा तीन प्रकारको धारणा देखिएको छ।
पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल पूर्ण केन्द्रीय सदस्य हुनुपर्ने, केन्द्रीय सदस्यको एक कार्यकालमा वैकल्पिक केन्द्रीय सदस्य रहेकाले पनि पाउनुपर्ने वा पूर्ण केन्द्रीय सदस्य भएका सबैलाई खुला गर्ने विषयमा फरक–फरक धारणा देखिएको छ।
नवौं महाधिवेशनमा आएका सुझावअनुसार विधान तयार पार्न महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले त्यस विषयमा सहमति जुट्न नसकेपछि एक कार्यकाल केन्द्रीय सदस्य भएको वा पूर्ण केन्द्रीय सदस्य हुनुपर्नेछ भन्ने वाक्याशंसहितको प्रस्ताव मंगलबार केन्द्रीय कमिटीको दोस्रो बैठकमा पेस गरेको छ।
सचिव योगेश भट्टराई पूर्ण केन्द्रीय हुनुपर्ने व्यवस्था महाधिवेशनबाट पारित भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीले संशोधन गर्न नसक्ने जिकिर गर्छन्। ‘केन्द्रीय कमिटीभन्दा माथि सर्वोच्च निकाय महाधिवेशन हो। त्यसले गरेको निर्णय केन्द्रीय कमिटीले उल्ट्याउन सक्दैन,' सचिव भट्टराईले नागरिकसँग भने।
करिब दुईतिहाइ केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुन योग्यता पुग्दैन। एक कार्यकाल पूर्णको व्यवस्था लागू गरिए पदाधिकारीबाहेक ४० जना केन्द्रीय सदस्य मात्रै यो मापदण्डभित्र पर्ने छन्।
१ सय ६१ सदस्यीय केन्द्रीय कमिटीमा एकतिहाइ अर्थात ५४ सदस्यीय पोलिटब्युरो गठन हुनेछ। यसअनुसार ३९ पूर्ण र १५ वैकिल्पक पोलिटब्युरो सदस्य हुने छन्।
केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पार्टीको पार्टीले एक कार्यकालको व्यवस्था गलत भएको बताए।
आठौं महाधिवेशनको विधानमा पूर्ण केन्द्रीय सदस्य भएका सबैका लागि पोलिटब्युरो सदस्यको प्रतिस्पर्धा गर्न खुला गरिएको थियो। केन्द्रीय सदस्य रामनाथ ढकाल ‘चुन्ने व्यक्तिले चुनिन' समेत पाउनुपर्ने बताउँछन्।
यसैबीच केन्द्रीय कमिटीको दोस्रो बैठकले बराबरी मत ल्याउने चारै जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। खुलातर्फ पूर्ण केन्द्रीय सदस्यका लागि नागेन्द्र चौधरी तथा खिमलाल भट्टराई र मुस्लिमतर्फ मोहम्मद महफुज अन्सारी र सिराज अहमत फरुकीले बराबरी मत प्राप्त गरेका थिए। चारमा नेपाल पक्षका दुई र ओली पक्षका दुई नेता रहेका छन्।
बैठकमा अध्यक्ष ओलीले कुन केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्थामा दुई घटाउने गरी सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव राखेका थिए।