काठमाडौं- संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख तीन दलका शीर्ष नेताबीच माघ ८ भित्रै संविधान जारी गर्न 'संविधान निर्माण कार्यतालिका' ननाघ्ने सहमति जुटेको छ। संविधानका अन्तरवस्तु र थाती प्रमुख विवादमा सहमति जुटाउन तत्काल छलफल अघि बढाउन समयसीमामै काम सक्न उनीहरु राजी भएका हुन्। उनीहरुले बुधबारबाटै अनौपचारिक छलफल थालेका छन्।संविधानसभा कार्यतालिकामा भदौ तेस्रो साताभित्र सबै विवादमा सहमति जुटाइसक्नुपर्ने समयसीमा छ।
संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले थालेको 'ट्र्याक टु' वार्ताका क्रममा बुधबार प्रमुख दलका शीर्ष नेताबीच विवादित विषय टुंगोमा पुर्याकउने विधि र प्रक्रियामा छलफल भएको छ।
प्रमुख विवादित विषय राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतमा पार्टीमा आन्तरिक सहमति गरेर भदौ २ गते फेरि छलफल गर्ने दलहरुको तयारी छ।
सभापति भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतालाई समितिको कार्यालय सिंहदरबारमा बोलाई संविधानका अन्तरवस्तुमा गरिने सहमतिको विधि र प्रक्रियाबारे धारणा माग गरेका थिए। एमाले केन्द्रीय कमिटी बैठकका कारण बुधबारको अनौपचारिक छलफल लामो समय भने चलेन।
कार्यतालिकामा संविधानसभाभित्र र बाहिरका राजनीतिक दलबीच मतभिन्नता रहेका संविधानका अन्तरवस्तुमा राजनीतिक दलसँग छलफल, अन्तरक्रिया गर्ने, बाहिर रहेका दलसँग सहमति कायम गर्ने, राजनीतिक दलबीच मतभिन्नता रहेका विषयमा सहमति कायम गर्ने, छलफलमा उठेका नयाँ विषयमा पनि सहमति गराई समावेश गर्ने समय भदौको तेस्रो सातासम्म तोकिएको छ।
समितिले अहिलेसम्म अघिल्लो संविधानसभाका काम स्वामित्व लिनेबाहेक कुनै पनि विषयमा सहमति कायम हुन सकेको छैन। संवाद समितिले पूर्वको इलाम र जनकपुरमा विभिन्न सशस्त्र तथा राजनीतिक समूहसँग वार्ता गरे पनि दलहरुबीच देखिएको संविधानका अन्तरवस्तुमा भने सहमति कायम हुन सकेको छैन।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बुधबारको अनौपचारिक छलफलमा माघ ८ भित्र संविधान जारी गर्न विवादित विषय टुंगो लगाउने विधि र प्रक्रियामा छलफल भएको जानकारी दिए। उनले नागरिकसँग भने, 'निर्धारित समयभित्र संविधान ल्याउन कुन विधि र प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भयो। सबैले खुला रुपले सोचौं। तोकिएको समयमा संविधान दिनुको विकल्प हामीसँग छैन। कुन आधार र मान्यतामा रहेर राज्यको पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीको टुंगो लगाउने विषयमा छलफल भयो। अब २ गते बसेर टुंगो लगाउँछौं।' छलफल औपचारिक चरणमा प्रवेश नगरेको पौडेलले जनाए।
एमाले नेता माधवकुमार नेपालले पनि भदौ तेस्रो साताभित्र संविधानका अन्तरवस्तुमा तोकिएको समयभित्रै सहमति कायम गर्ने आधार र विधिबारे छलफल भएको जानकारी दिए।
'संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा केन्द्रित छलफल गर्ने कुरा भएको छ,' उनले भने, 'भदौ १५ भित्र हामी सबै विषय सक्छौं। सबैको सल्लाहमा आधार तय गर्ने हो।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि तोकिएको समयमा संविधान जारी गर्ने विषयमा कसैको विमति नरहे पनि ठोस विषयवस्तुमा प्रवेश गरेर छलफल थाल्ने बताए। 'संविधान निर्माणकै विषयमा छलफल भएको हो,' दाहालले भने, 'तीनवटै पार्टीका प्रमुख नेताको बैठक भयो। संविधान समयमै बनाउन जुनजुन विषयमा सहमति भएको छैन, त्यसबारे सकारात्मक छलफल भयो। संविधान समयमै बनाउनुपर्छ भन्नेमा कुनै विमति देखिँदैन। तर विषयवस्तुमा प्रवेश गर्ने र छलफल गर्ने कुरा भएको छ।'