राजदूत नियुक्ति सुल्झाउन परराष्ट्रमन्त्रीको आग्रह
२८ साउन २०७१
•
७ मिनेट पाठ
राजदूत नियुक्ति सुल्झाउन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं- परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिमा प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरी सहमति जुटाउन आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।एमालेका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष ओलीलाई राजदूत नियुक्तिको समाधान खोज्न आग्रह गरेका हुन्। 
अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल तथा आमन्त्रित सदस्यसमेत गरी १८ जना उपस्थित रहेको बैठकमा पाण्डेले कांग्रेसका कारण परराष्ट्रका सहसचिव (करिअर डिप्लोमेट्स) लाई समेत राजदूत नियुक्त गरेर पठाउन नसकिएको गुनासो गरेका थिए। उनले हाल राजदूत रिक्त रहेका १६ दूतावासमध्ये छवटामा परराष्ट्रका कर्मचारीलाई पठाउने आफ्नो प्रयास कांग्रेसका कारण रोकिएको बताए। 
'वरिष्ठता र कार्यक्षमताका आधारमा निर्माण गरिएको मापदण्डअनुसार मैले परराष्ट्रका छजना सहसचिवको नाम मन्त्रिपरिषदमा लगेको थिएँ। तर, कांग्रेसले मापदण्डका आधारमा छनोट गरिएको करिअर डिप्लोमेट्सको नाममा समेत किचलो झिक्यो र नियुक्ति प्रक्रिया रोकियो,' बैठकमा परराष्ट्रमन्त्री पाण्डेको भनाइ उद्वृत गर्दै एमालेका एक पदाधिकारीले नागरिकसँग भने, 'राजनीतिक नियुक्ति त परको कुरा, परराष्ट्रका कर्मचारीलाई समेत राजदूत नियुक्त गर्न सकिएन। अब अध्यक्ष (ओली) ज्यूले प्रधानमन्त्रीसँग छलफल गरी सहमति जुटाउनुपर्यो ।' 
विगतमा राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत र राजनीतिक भागबन्डामा ५० प्रतिशत समेट्ने सहमति भएको थियो। हाल ३२ वटा देशमा नेपालको दूतावास तथा नियोग रहेकोमा १० ठाउँमा राजदूतका रूपमा करिअर डिप्लोमेट्स कार्यरत छन्। अब १० राजनीतिक र ६ करिअर डिप्लोमेट्सलाई राजदूत नियुक्त गर्न लागिएको हो। राजनीतिक कोटामा आउने नाममा दलहरूबीच सहमति जुटाउन लामो समय लाग्ने भएपछि मन्त्री पाण्डेले परराष्ट्रका छ सहसचिवलाई मात्रै भए पनि राजदूत नियुक्त गरी पठाउने प्रक्रिया अघि बढाएका थिए। 
वरिष्ठता र कार्यक्षमताका आधारमा मन्त्री पाण्डेले परराष्ट्रका सहसचिवहरू दीपक धिताल, अर्जुनकान्त मैनाली, कालीप्रसाद पोखरेल, अम्बिका लुइँटेल, खगनाथ अधिकारी र अमृत राई छनोट गरेका थिए। 'कांग्रेसले करिअर डिप्लोमेट्सको नाम पठाउँदा जुनियरलाई पनि समावेश गर्नुपर्छ भनेर अड्को थापेपछि राजदूत नियुक्ति प्रक्रिया रोकिएको हो,' मन्त्री पाण्डेले एमाले पदाधीकारी बैठकमा भने। 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतका अनुसार मन्त्री पाण्डेले छनोट गरेकामध्ये धेरै एमालेनिकट रहेकाले कांग्रेसनिकट सहसचिवलाई समेट्न कांग्रेस मन्त्रीहरूले दबाब दिँदै आएका छन्। कांग्रेसले सिफारिस गरेको नाम मन्त्री पाण्डेले सूचीमा राख्न अस्वीकार गरेपछि मन्त्रिपरिषद बैठकमा पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको स्रोत बताउँछ। 'मन्त्रिपरिषद बैठकमा परराष्ट्रका सहसचिवलाई राजदूत नियुक्ति गर्ने विषयमा पटक–पटक छलफल भएको छ। वरिष्ठ र कनिष्ठ, एमाले र कांग्रेसनिकटजस्ता कुराले सहमति जुट्न सकेको छैन,' स्रोतले भन्यो। 
अहिले भारत, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, थाइल्यान्ड, जेनेभा (स्विट्जरल्यान्ड), क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलस्थित नेपाली दूतावास राजदूतविहीन छन्। फ्रान्सका लगि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको कार्यावधि सकिएपछि अहिले दुई महिनाका लागि समय थप गरिएको छ। बहराइन र ओमानस्थित दूतावासको समेत स्तरोन्नोति गर्नुपर्ने भएकाले सरकारले अहिले एकसाथ १६ स्थानमा राजदूत नियुक्ति गर्नुपर्छ। भारतस्थित नेपाली दूतावास राजदूतविहीन बनेको तीन वर्ष पुग्न लागेको छ। 
बुधबारको एमाले पदाधिकारी बैठकमा मन्त्री पाण्डे आमन्त्रित सदस्यका रूपमा सहभागी थिए। बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राजेन्द्र पाण्डे पनि आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए। राजदूत नियुक्ति नहुँदा कुटनीतिक समुदायमा नेपालको उपस्थिति कमजोर बन्दै गएको मन्त्री पाण्डेको भनाइ थियो। 
प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने प्रधानमन्त्रीका कारण राजदूत नियुक्ति प्रक्रिया नरोकिएको बताए। 'प्रधानमन्त्रीका कारण राजदूत नियुक्ति हुन नसकेको भन्ने भनाइ गलत हो। राजदूत नियुक्तिको ग्राभिटीप्रति प्रधानमन्त्री सचेत हुनुहुन्छ,' उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस