शिखर सम्मेलनको तयारी तीव्र गतिमा, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन
३१ साउन २०७१
•
९ मिनेट पाठ
शिखर सम्मेलनको तयारी तीव्र गतिमा, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन
काठमाडौँ - सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने अठारौँ शिखर सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाएको छ।

साथै प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सम्मेलन तयारी एवम् व्यवस्थापनका लागि नौ सदस्यीय राष्ट्रिय मूल समिति गठन गरिएको छ। यसका अतिरिक्त सरकारले विषयगत समिति, अन्य उपसमितिका साथै सल्लाहकार समिति पनि गठन गरेको छ।

राष्ट्रिय मूल समितिले शिखर सम्मेलनसम्बन्धी नीतिनिर्माण गरी सोहीअनुसार विषयगत समिति तथा उपसमितिलाई निर्देशन दिन तथा तिनको समयबद्ध कार्ययोजना तर्जुमा गराई कार्यान्वयन गर्न र तिनले सम्पादन गरेका कार्यप्रगतिको सुपरीवेक्षण एवम् समीक्षा गरी आवश्यक निर्देशन दिनेछ।

राष्ट्रिय मूल समितिका सदस्यमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, सहरी विकासमन्त्री डा नारायण खड्का, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुख्यसचिव लीलामणि पौड्याल छन्। समितिको सदस्यसचिवमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी छन्।

त्यसैगरी सरकारले परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव,  प्रधानसेनापति, सशस्त्र प्रहरी र नेपाल प्रहरीका महानिरीक्षकसहितको २७ सदस्यीय सम्मेलन तयारी तथा समन्वय समिति, उपप्रधान एवम् गृहमन्त्रीको संयोजकत्वमा १० सदस्यीय सुरक्षा परिवहन तथा यातायात व्यवस्था समित गठन गरेको छ।

सरकारले सुरक्षा परिवहन तथा यातायात व्यवस्था समितिलाई शिखर सम्मेलनमा भाग लिन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत सबै सहभागीको सुरक्षाका विषयमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने तथा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत सबै सहभागीको आगमन, प्रस्थान, आवास, दृश्यावलोकन, सम्मेलनस्थलमा सुरक्षा प्रदानजस्ता सुरक्षासम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिएको छ।

उक्त समितिले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत विदेशमन्त्रीलाई उपलब्ध गराउने सवारीसाधनबाहेक अन्य सहभागीलाई सवारीसाधनको प्रबन्ध गर्नुका साथै अति विशिष्ट अतिथिका साथ आउने सामानको सुरक्षा तथा दाखिलासम्बन्धी व्यवस्था मिलाउनुपर्नेछ।

त्यस्तै शिखर सम्मेलनको समयमा सञ्चार व्यवस्थापन तथा सञ्चारसम्बन्धी सुविधाको प्रबन्ध गर्न सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा १० सदस्यीय सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समिति गठन भएको छ। समितिका सदस्यमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारी, सूचना विभागका महानिर्देशक, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशक, गोरखापत्र संस्थानका अध्यक्ष, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घका सभापति रहेका छन्।
सरकारले उक्त समितिलाई शिखर सम्मेलनमा आउने प्रेस प्रतिनिधिको रेखदेख एवम् निजलाई आवश्यक सहयोग, प्रेसपास, प्रेस बुलेटिन, प्रेस सम्मेलन तथा प्रचारप्रसारसम्बन्धी प्रबन्ध मिलानउनका साथै भूउपग्रहबाट प्रसारणको व्यवस्था गर्ने कार्यभार तोकेको छ।

काठमाडौँ उपत्यकाका सडक निर्माण र मर्मतसम्भारसम्बन्धी काम, खानेपानी, ढलनिकास, बिजुली तथा टेलिफोनको अवस्था दुरुस्त राख्ने, सम्मेलनको समयमा अतिथिको आवागमन हुनसक्ने सम्भावितस्थल, विदेशी राजदूतको निवास र राजदूतावास रहेका स्थानसम्म पुग्ने सडक मर्मतसम्भार, सम्मेलनस्थल राष्ट्रिय सभागृह भवनको मर्मतसम्भार एवम् आवश्यक उपकरण जडान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा १४ सदस्यीय भौतिक पूर्वाधार व्यवस्था समिति गठन भएको छ।

राजधानीको सरसफाइ एवम् सजावट,  महानगर क्षेत्रमा जथाभावी पोस्टर, पम्प्लेट टाँस्न, पेन्टिङ गर्न, पसल तथा टहरा राख्न नदिने र सडकमा अशोभनीयरूपमा रहेका घरपर्खाल दुरुस्त राख्न तथा सरकारी एवम् गैरसरकारी घरमा आवश्यकतानुसार रङरोगन गर्न उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा १७ सदस्यीय सरसफाइ तथा नगर सजावट समिति गठन भएको छ।
उक्त समितिमा काठमाडौँ उपत्यकाका सबै स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य महासङ्घ, होटल सङ्घ नेपाललगायत सदस्य छन्।

त्यसैगरी सारभूत विषय, समारोह, शिष्टाचार तथा साधन व्यवस्था उपसमिति, पर्यटन, हवाई उड्डयन व्यवस्थापन तथा संस्कृति,स्वास्थ्य 'साइड इभेन्टस्' आयोजक उपसमिति पनि गठन भएका छन्। सबै उपसमितिका संयोजकमा सम्बन्धित मन्त्रालयका सचिवलाई तोकिएको छ भने 'साइड इभेन्टस्' आयोजक उपसमिति संयोजनको जिम्मेवारी राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई दिइएको छ।

पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाको संयोजकत्वमा गठित सल्लाहकार समितिले शिखर सम्मेलनको शीर्ष विषयवस्तु, घोषणापत्रमा समावेश गर्नुपर्ने सारभूत सामग्री तयार पारिसकेको बताइएको छ।
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव वैरागीले सम्मेलनको सम्पूर्ण तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको तर नगरको सौन्दर्य कायम गर्ने तथा सडक निर्माण एवम् मर्मतसम्भारको काम दुरुस्त पार्नु चुनौतीपूर्ण रहेको बताए।

राज्यका सम्पूर्ण संयन्त्र अहोरात्र खटिएकाले समयमा सबै काम पूरा हुनेमा विश्वस्त हुँदै उनले राष्ट्रको गरिमा र प्रतिष्ठासँग गाँसिएको शिखर सम्मेलनको सफलताका निम्ति सञ्चार क्षेत्रबाट सधैँ झै रचनात्मक सहयोगको अपेक्षा आफूले गरेको बताए।
“सम्मेलनको शीर्ष विषयवस्तु निर्धारण, काठमाडौँ घोषणापत्रलगायत अन्य दस्तावेज लेखनको धेरै काम सकिए पनि अन्य व्यवस्थापकीय धेरै काम बाँकी छन”– थाती रहेका काम तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने। रासस
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस