सप्तरी - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माघ ८ भित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन्। राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दलहरुको बीचमा संविधानका अन्तरवस्तुहरुको विषयमा गम्भीर रुपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङ्घीयतासहितको संविधान पाउने उल्लेख गरे।
उनले भने, “संविधान निर्माणका आधारहरु तयार भइसकेको छ, दलहरुबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्छ।” सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्ने उनको कथन थियो।
संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको निर्वाचन हुनुपर्ने बताउनुहुँदै उहाँले संविधान निर्माणमा दलहरु प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा राखे।
मधेसप्रति आफ्नो पार्टीको सधैँ सकारात्मक दृष्टिकोण रहँदै आएको बताउँदै उनले मधेस र एमालेको नङ र मासुको सम्बन्ध रहेकाले मधेसको विषयमा आफ्नो पार्टी चिन्तित रहेको बताए।
एक अर्काे प्रसङ्गमा वरिष्ठ नेता नेपालले मुलुकको विभिन्न भागमा गएको बाढी पहिरोका कारण व्यापक रुपमा क्षति भएकाले उद्धार र राहत वितरणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुहुँदै बाढी पहिरोका कारण अवरुद्ध भएको बाटोहरु खुलाउने काम भइरहेको बताए।
सो पत्रकार सम्मेलनमा सिँचाइ मन्त्री एनपी साउदले सिँचाइ प्रणालीलाई व्यवस्थित र पुननिर्माणका लागि सरकारले यस वर्ष बढी बजेट विनियोजन गरेको बताए।
विगत वर्षहरुमा सिँचाइका लागि रु आठ करोडमात्र बजेट छुट्याउँदै आएकामा यस वर्ष रु ४० करोड बजेट छुट्याएको उल्लेख गर्नुहुँदै उनले तत्काल कोसी पम्प नहर, चन्द्र नहर, कमला सिँचाइ योजना र गण्डक पश्चिम सिँचाइ योजनाहरुको पुनःस्थापना कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संविधानसभाअन्तर्गतको विवाद समाधान उपसमितिका संयोजक तथा काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले तराईमा सशस्त्र सङ्घर्षरत विभिन्न पाँचवटा सशस्त्र समूहसँग पहिलो चरणको वार्ता सम्पन्न भइसकेको जानकारी दिँदै जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा, ज्वालासिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चालगायतका समुहहरुसँग वार्ताका लागि सम्पर्क भइरहेको बताए।