विराटनगर - भारतबाट फर्किएलगत्तै पक्राउ परेका जननायक विशेश्वरप्रसाद कोइरालालाई अड्डासार गरिँदै लगिएको पहाडी बाटोमा नेपाली काँग्रेसले आइतवारदेखि ‘बीपी विचार यात्रा’को थालनी गरेको छ। यात्राको पार्टीका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले विराटनगरबाट शुभारम्भ गरेका हुन्।
बीपीको विचारलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले जनशताव्धि अवसर पारेर विराटनगरको आर्दश स्कूलबाट यात्रा प्रारम्भ भएको हो। विचार यात्रा उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रलाई संस्थागत गर्दै निर्धारित समयमा संविधान निर्माण गर्न बीपीको विचार यात्राले सहयोग पुग्ने बताए। ‘बीपीको विचार र सिद्धान्त आज पनि उत्तिकै सार्न्दभिक रहेकाले उहाँको मार्गलाई आत्मसाथ गर्दै दलहरु अघि बढ्नुपर्छ,’ देउवाले भने।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकको राष्ट्रिय एकतालाई अक्षुग्ण राख्दै संविधान निर्माणका लागी जनमत तयार गर्न यात्रा प्रारम्भ गरिएको दाबी गरे। ‘दलहरुले राजनितिक मूल्य–मान्यतालाई विर्सदै गएकाले यात्राले सवै दललाई एकताबद्ध बनाउनेछ,’ उनले भने। कांग्रेस माहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रलाई सम्वृद्धि एंव सवल बनाउन बीपीको विचारलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए।
वनमन्त्री एवं काँग्रेसका नेता महेश आर्चायले बीपी यात्राले शान्ति र संविधान निर्माणमा सहयोग पुग्ने बताए। यात्रा प्रारम्भ सभामा काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, मोहमद आफताव आलम, ज्ञानेन्द्र कार्की तथा डिला संग्रौलाले विचार राखेका थिए।
विराटनगरबाट सुरू भएको यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रमेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै भदौ २४ गते काठमाडौंको सुन्दरीजलमा पुगेर टुंगिने छ।